English

३ फिट ७ इन्चका २८ वर्षीय सागर भन्छन्, ‘रामदुङ चढें सगरमाथा चढ्दैछु’ (भिडियो सहित)



हिमाल कसले चढ्छ ? यसको जवाफ खोज्दै जाँदा एउटा विम्ब आउँछ– हिम्मतिलो, साहसिक, शारीरिक रुपमा शसक्त । अझ भनौँ शेर्पा समुदायका मानिस । कास्कीका सागर सुनार (विश्वकर्मा) ले हिमाल कसले चढ्छ भन्ने प्रश्नको जुन सनातनी जवाफ आउँछ, त्यो परम्परावादी मान्यता भत्काएका छन् । मनमा आँट र आफैभित्र आत्मविश्वास भयो भने जोकसैले पनि हिमाल चढ्न सक्दो रहेछ ।

सागरको सन्दर्भ किन ? उमेर २८ बर्ष । शारीरिक उचाई ३ फिट ७ इन्च । उनको उमेर र शारीरिक उचाईमा तालमेल नमिलेर के भो ! शारीरिक रुपमा फरक क्षमता बोके पनि सागरले आरोहण आँटे । सगर चढ्ने सपना पूरा गरि छाडे । उनले कात्तिक १३ गते बिहान ८ बजे दोलखाको रोल्वालिङ उपत्यकाको ५ हजार ९ सय २५ मिटर अग्लो रामदुङ हिमालको सफल आरोहण गरे ।

२८ वर्षीय सागरले कहिल्यै हिमाल चढौंला र विश्व कीर्तिमानीको सपना देखौंला भन्ने सोचेका थिएनन् । यद्यपि, समय र परिस्थितिले कैयौं कठिन परिस्थितीको सामना गरेर एउटा सुनौलो सपनाको सत्मार्गमा पुर्याउँछ । सागरलाई पनि त्यस्तै भयो ।

सागर अब सगरमाथाको चुचुरो चुमेर हिमाल आरोहण गर्ने पहिलो होचा व्यक्तिको कीर्तिमान बनाउने ध्याउन्नमा छन् । यसैको तयारीमा जुटेका सागर आउँदो वसन्त ऋतुमा सगरमाथाको शिरमा पुग्ने तरखर गर्दैछन् । सागर सपना पुरा भएपछि होचा पुड्काको सेवामा होमिने उनको उत्कट चाहना छ । ‘म जस्ता होचा पुड्काले केही गर्न सक्दैनन् भन्ने सोचाई हाम्रो नेपाली समाजमा छ, हामीलाई हेयको दृष्ट्रिले हेरिन्छ,’ उनी गम्भिर सुनिए्, ‘तमाम होचा पुड्का साथीहरुमा हौसला र आत्मविश्वास बढाउन मैले हिमाल चढ्ने साहस गरेको हुँ ।’

दिदीको प्रेरणा, पेम्बा दोर्जेको साथ

२८ वर्षीय सागरले कहिल्यै हिमाल चढौंला र विश्व कीर्तिमानीको सपना देखौंला भन्ने सोचेका थिएनन् । यद्यपि, समय र परिस्थितिले कैयौं कठिन परिस्थितीको सामना गरेर एउटा सुनौलो सपनाको सत्मार्गमा पुर्याउँछ । सागरलाई पनि त्यस्तै भयो । उनकी दिदी उर्मिला सुनार र पर्वतारोही कान्छीमाया तामाङ घनिष्ठ मित्र हुन् । एकदिन कान्छीमायाले उर्मिलासँग शारीरिक रुपमा फरक क्षमता भएका मानिसहरुले पनि हिमाल आरोहण गरिरहेको कुरा सुनाइन् ।

त्यसपछि उर्मिलाले सागरलाई हिमाल चढ्न उत्प्रेरणा भरिन् । दिदीबाट हिमाल चढ्ने सुझाव आएसँगै सागर झस्किए । ‘तर के म जस्तो मान्छेले हिमाल चढ्न सकुँला ?’ सागरले आफैले आफैलाई गरेको प्रश्न थियो । धेरै सोचे अनि होचा पुड्कालाई समाजले हेर्ने नजर सम्झिए । आफूजस्ता अशक्त मानिसलाई यो समाजले हेर्ने नजरमा परिवर्तन ल्याउनु थियो, उनलाई । उनीहरुमा आत्मविश्वास भर्नु थियो । यी सबै कुराले उनलाई हिमाल चढ्ने निर्णयमा पुग्न बल पुर्यायो । यसपछि त के थियो र उनले आफैले आफैलाई जवाफ दिए, ‘हो, म सक्छु ।’

सपना त बुने । तर हिमाल कसरी चढ्ने हँ ? आफैलाई एकपटक सोधी हेरे । उनलाई हिमाल आरोहणको सामान्य ज्ञान पनि थिएन । यी सबै अन्योललाई चिर्न उनले कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पासँग भेटे । पेम्बा २१ पटक सगरमाथाको सफल आरोहण गरिसकेका र हिमाल आरोहणमा ९ वटा विश्व कीर्तिमान राखिसकेका व्यक्ति हुन् ।

सबै कुरा ठीक थियो, तर शरीर अशक्त हुँदा साह्रै गाह्रो हुँदो रहेछ,’ उनले आरोहणको सास्ती सुनाए, ‘हिउँमा हिँड्दा खुट्टाको सन्तुलन नमिल्दा निकै पीडा भयो त्यसैले,अरुले नदेख्ने गरी धेरै रोएँ,जब रामदुङको चुचुरो पुगेँ ती सबै पीडा भुलेँ ।’

पेम्बासँगको भेटमा सागरले आफ्ना जिज्ञासा राखे । पेम्बाको जवाफले उनीभित्र आत्मविश्वास बढाउन ठूलो भूमिका खेल्यो । पेम्बाले उनीभन्दा पनि अशक्त मानिसले हिमाल आरोहण गरिसकेको र अरु पनि जाने तयारीमा रहेको कुरा सुनाए । साथै, सागरलाई पनि पूर्ण सहयोग गर्नेे आश्वासन दिए । पेम्बासँगको भेटपछि सागरलाई कहिले रामदुङको चुचुरो पुगौँ–पुगौँ भयो । काउकुती लागिरह्यो ।

हिउँमा चुहिएका आँसु…

रामदुङ आरोहणको अनुभव सुनाउन केही दिन अघि राइज मिडियाको कार्यालय गोंगबु आइपुगेका सागरको पटक–पटक गला अवरुद्ध बने । कहिले दुःखमा त कहिले खुसीमा । रामदुङ चढ्दा भोगेको शारीरिक पीडा र त्यहाँ चुहिएका आँसुले सागर भक्कानिए पनि । जब रामदुङ चुचुरो चुमेको क्षण सम्झिए उनी फुरुङ्ग देखिए । सायद रामदुङको चुचुरोले उनको पीडालाई मल्हम लगाइदियो ।

दिदी (उर्मिला) पनि साथै भएकाले केही समस्या पर्यो भने दिदी छिन् भन्ने सागरलाई ढाडस मिल्थ्यो । साथै, अनुभवी आरोही पेम्बा पनि सँगै भएकाले ढुक्क थिए । ‘सबै कुरा ठीक थियो, तर शरीर अशक्त हुँदा साह्रै गाह्रो हुँदो रहेछ,’ उनले आरोहणको सास्ती सुनाए, ‘हिउँमा हिँड्दा खुट्टाको सन्तुलन नमिल्दा निकै पीडा भयो त्यसैले,अरुले नदेख्ने गरी धेरै रोएँ,जब रामदुङको चुचुरो पुगेँ ती सबै पीडा भुलेँ ।’

सागरको जीवनमा ८ वर्ष अघि ठूलै बज्रपात पर्यो । उनी त्यतिबेला सुन पसलमा काम गर्थे । एक्कासी घाँटीको मूख्य नसा च्यापियो । पूर्ण शरीर नै नचल्ने अवस्थामा पुग्यो । परिवारका सदस्यले समयमै अन्नपूर्ण न्युरो अस्पताल पुर्याए । बरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको टीमले उनको सफल शल्यक्रिया गर्यो । त्यसैले उनी डा. पन्तलाई आफ्नो पुर्नजन्मदाताको रुपमा लिन्छन् ।

रामदुङ चढ्न ६ लाख, सगरमाथा चढ्न स्रोत खोज्दै

सागर रामदुङ चढ्दा करिव ६ लाख रुपैयाँ खर्च भएको सुनाउँछन् । यसका लागि उनलाई परिवार र साथीभाईहरुको ठूलो साथ रह्यो । ‘मलाई परिवारको राम्रो साथ थियो,’ उनी उत्साही सुनिए, ‘मैले हिमाल चढ्ने आँट गरेको देखेर चिनेजानेकाहरुले आर्थिक सहयोग पनि गरे ।’ अनि अब सगरमाथा कसरी चढ्ने त ? किनकी सगरमाथा आरोहण झन् खर्चिलो छ । भन्ने कुराले उनलाई झस्काइरहन्छ । ‘रामदुङ त जसोतसो चढें, अब सगरमाथा चढ्न पुग्ने धनराशी मसँग छैन,’ सागर अलिक निराश सुनिए, ‘आर्थिक अभावमै कतै सगरमाथाको यात्रामा पूर्णविराम लाग्ने त होइन ?’

८ वर्ष अघिको त्यो अप्रेशन…

सागरको जीवनमा ८ वर्ष अघि ठूलै बज्रपात पर्यो । उनी त्यतिबेला सुन पसलमा काम गर्थे । एक्कासी घाँटीको मूख्य नसा च्यापियो । पूर्ण शरीर नै नचल्ने अवस्थामा पुग्यो । परिवारका सदस्यले समयमै अन्नपूर्ण न्युरो अस्पताल पुर्याए । बरिष्ठ न्युरो सर्जन डा. वसन्त पन्तको टीमले उनको सफल शल्यक्रिया गर्यो । त्यसैले उनी डा. पन्तलाई आफ्नो पुर्नजन्मदाताको रुपमा लिन्छन् । ‘उहाँको टीमले मलाई दोस्रो जीवन दिएकाले नै मैले हिमाल आरोहणको सपना देखेँ,’ उनी भन्छन्, ‘उहाँहरु मेरो पुर्नजन्मदाता हो ।’

शारीरिक रुपमा फरक क्षमता त छँदैछ, त्यहाँ माथि पनि नसाको अप्रेशन गरेको व्यक्ति हिमालको चुचुरोमा पुग्नु चानचुने कुरा होइन । त्यसमाथि सगरमाथा पनि चढ्ने तयारीमा रहेका सागर साहसलाई मान्नैपर्छ ।

यो पनि पढ्नुहोस् :
बाजेको सम्झनामा सगरमाथा चढ्दै तेन्जिङ
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
२५ घन्टा ५० मिनेटमै सगरमाथा चढेर हङकङकी साङले बनाइन् विश्व कीर्तिमान
राइज मिडियाकर्मी निमा ल्हामु शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
के चाहिन्छ ! सगरमाथा चढ्न ?

भिडियो :



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।