English

सम्पादकीय : एनआरएनएमाथि बुल्डोजर चलाउन बन्द गर सरकार



आखिर जे डर थियो, त्यही भयो । जे नहुनु पर्थ्यो, उही भयो । फगत एक ब्यक्तिको जित–हारसँग जोडेर सरकारले जुन निर्णय लियो, त्यसले धेरैको मन भाँच्चियो । गैर–आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन रोक्न परराष्ट्र मन्त्रालयले चालेको कदम अवैधानिकमात्र छैन, लज्जाजनक पनि छ । तोकिएको महाधिवेशन नगर्न संघको कार्यसमितिलाई परराष्ट्र मन्त्रालयले गरेको हस्तक्षेप जति निन्दनिय छ, उत्तिनै गैर–लोकतान्त्रिक छ । मन्त्रालयले फरमान जारी गर्दै संघको कार्य समितिलाई महाधिवेशन गर्नबाट बन्चित गरिएको छ ।

देशमा बसेका लाखौँ नेपालीहरुको पसिनाबाट निर्माण भएको संघ नेपाल र नेपालीले नेपालमा देखेको विकासको आधार स्तम्भ पनि हो । विदेशमा रहेका धेरै नेपालीको साथ, सहयोग र सक्रियताको आधारमा यो संस्था निर्माण भएको हो । यो संस्था कुनै राजनीतिक दलको भातृसंस्था होइन ।

निर्वाचन गर्ने घोषणा भइसकेको स्थितीमा संघमाथि सरकारले बुल्डोजर चलाएर यो संस्थालाई लथालिङ्ग र भताभुङ्ग पार्न तम्सिएको छ । यसअघि पनि परराष्ट्र मन्त्रालयले आफ्नो एक ‘पत्र बम’ मार्फत यसअघि काठमाडौंमा गर्ने भनिएको संघको महाधिवेशन बिथोलिसकेको छ । संघको कार्यसमितिले नभई यसको संरक्षक परिषद्ले महाधिवेशन गराउन मन्त्रालयले आदेश दिएको छ । आफैं नेतृत्वविहिन रहेको संरक्षक परिषद्ले कहिले र कुन नैतिक आधारमा महाधिवेशन गराउँछ, कुनै टुङ्गो छैन । यस्तो स्थितीमा ‘हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र महाधिवेशन गराउन संरक्षक परिषद्लाई निर्देशन दिएको’ भनिएको पत्रको औचित्य नै के हुन्छ ।

विदेशमा बसेका लाखौँ नेपालीहरुको पसिनाबाट निर्माण भएको संघ नेपाल र नेपालीले नेपालमा देखेको विकासको आधार स्तम्भ पनि हो । विदेशमा रहेका धेरै नेपालीको साथ, सहयोग र सक्रियताको आधारमा यो संस्था निर्माण भएको हो । यो संस्था कुनै राजनीतिक दलको भातृसंस्था होइन । कुनै राजनीतिक दलका नेता विशेषको बगलीमा अटाउने संस्था पनि होइन यो । हाम्रो सरकार र राजनीतिक दलका नेताहरुले बुझुन्, संघ एक स्वतन्त्र निकाय हो । मन्त्रालयको शाखा कार्यालय जस्तो ब्यवहार संघमाथि नगरियोस । आफ्नो सानो स्वार्थ पुरा नहुने देखेर सरकारले पत्र आतंक मच्चाएर मजबुत जगमा खडा भएको संघमाथि बुल्डोजर चलाएर भत्काउने कुत्सित प्रयास गर्नु आफैंमा खेदजनक कुरा हो ।

सरकारलाई प्रश्न ? आफूले रोजेको ब्यक्ति संघको नेतृत्वमा आउने सम्भावना नदेखेपछि सरकारले अस्वाभाविक सक्रियता देखायो । तर, यही एक कारणले गैर–आवासिय नेपालीले निर्माण गरेको संस्थामाथि हमला गर्न मिल्छ ?

परराष्ट्रमन्त्री नारायण खड्काको उर्दी र ठाडो हस्तक्षेपले संघ कुनै पनि बेला विभाजित हुने खतराको घण्टी बजिसकेको छ । संघका अध्यक्षले सरकारको पछिल्लो निर्णयविरुद्घ कानूनी लडाई लड्ने बताएका छन् । सरकार र संघको संस्थापक पक्ष एउटा किनारमा र संघभित्रको अर्को पक्ष अर्को किनारमा पुगेको छ । संघभित्र प्रष्ट रुपमा कित्ताकाट देखिएको छ । सरकारको यो निर्णयले संघभित्रको विवाद झनै जटिल मोडमा पुग्ने नीश्चित छ ।

‘आफ्नो मान्छे’ लाई नेतृत्वमा पुर्याउने चाहना पुरा नहुने स्थितीमा सरकारले संघभित्र गरेको हस्तक्षेपले गैर–आवासिय नेपालीमाझ कस्तो सन्देश गएको होला ? हामी सबैले अनुमान गर्न सक्छौँ । सरकारलाई प्रश्न ? आफूले रोजेको ब्यक्ति संघको नेतृत्वमा आउने सम्भावना नदेखेपछि सरकारले अस्वाभाविक सक्रियता देखायो । तर, यही एक कारणले गैर–आवासिय नेपालीले निर्माण गरेको संस्थामाथि हमला गर्न मिल्छ ? सरकारले आफू अभिभावक हुँ भन्ने कुरा जतिबेला बिर्सन्छ, उसले यस्तै बेतुकको निर्णय गर्छ । अहिले भएको पनि यही हो ।

यो पनि पढ्नुहोस् :

सम्पादकीय : हामी कस्तो न्यायालय चाहन्छौं ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।