English

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध



अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणकाे कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । 

नयाँ नियमअनुसार योग्य भिसाधारीलाइ अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

सोमबारको घोषणालाई प्रधानमन्त्री स्कट मोरिसनले ‘महत्त्वपूर्ण’ कदम भनेका छन् । पछिल्लो कदम अस्ट्रेलियालाई महामारीपूर्वको अवस्थामा फर्काउन कोशेढुंगा साबित हुने प्रधानमन्त्रीको विश्वास छ ।

सन् २०१९ मा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रमले अस्ट्रेलियाको अर्थतन्त्रमा ३७ अर्ब डलर योगदान दिएको थियो ।

प्रतिबन्धको समयमा विशेष कारण दर्शाएर क्वारेन्टिनको नियम पालना गरेपछि मात्र अस्ट्रेलिया प्रवेशको अनुमति दिइँदै आएको छ । 

अस्ट्रेलियाका १६ वर्षमाथिका ८५ प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाएका छन् । 



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested