फ्याँकिएका मास्क : आउने पुस्ताका लागि अभिसाप
अनिल कुमार बराल
विश्वमा कोरोना कहरले पिरोलेको दुई वर्ष बित्न लाग्यो । अझै पनि यसले विश्व आक्रान्त छ । खोपको आबिष्कार भएपनि सबै नागरिकले खोप पाइसकेको अवस्था छैन । त्यसो त सामाजिक दुरी र मास्कको पहिरननै कोरोनाबाट बच्ने अचुक उपाय बनेको छ ।
यद्यपि, मास्कको उपयोगिता र यसले वातावरणमा पार्ने दुरगामी प्रभावबारे भने हामी अनभिज्ञ छौँ । कोरोनाको उत्पत्ति प्रकृतिसँगको छेडछाडले होस् या अरु जुनसुकै कारण । यसले पारेको मानसिक बिछिप्तताका बारे कोरोनाबाट आफन्त गुमाएकालाई सोध्नुपर्छ । पीडा के हो ? अझै राम्रोसँग तग्रिँन नसकेकालाई सोध्नुपर्छ, दुखाई के हो ? अनिमात्र अनुभूति गर्न सकिन्छ । प्रकृतिसँगको अप्राकृतिक तालमेल मानव जगत्लाई बारम्बार यस्ता संकटको भुमरीमा पारिरहन्छ ।
युनिभर्सिटी अफ साउथर्न,डेनमार्कको एउटा आलेखअनुसार कोरोनाको प्रकोपपश्चात हरेक एक मिनेटमा विश्वमा करिब ३० लाख थान मास्क फालिन्छन् । जसको हिसाबमा प्रतिघन्टा १८ करोड मास्कले वातावरणलाई प्रदुषित बनाइरहेका छन् । यसले आगामी दिनमा वातावरणमा ठूलो चुनौति दिन्छ ।
त्यही कोरोनाको भुमरीले आज विश्वमा मास्क अनिवार्य पहिरन बनेको छ । कोरोनाबाट बच्न यसलाई हामीले प्रयोग गर्छौँ । तर, यसको उचित व्यवस्थापनमा ध्यान नदिँदा वातावरण, जल तथा भूमिमा प्रत्यक्ष ठूलो हानी हुने लगभग पक्का छ । त्यसैले यसभन्दा अघि हामीले मास्क के बाट बन्छ भन्ने कुरा बुझ्न जरुरी छ । प्राय : सबै प्रकारका डिस्पोजेवल मास्क पोलिप्रोपेलिन प्लास्टिकबाट बन्छ । रिसर्च फर ओसियन्स, एशियाका निर्देशक टेले फेल्प्स बोन्डरफका अनुसार जब यस प्रकारका प्लास्टिकहरु साना टुक्रामा विभाजन हुन्छन्, यिनीहरुलाई पृथ्वीमा बिलय हुन कम्तीमा पनि ४ सय ५० वर्ष समय लाग्छ । यो अवधिमा यसको नकारात्मक प्रभाव वातावरणमा धेरै पर्ने उनले चिन्ता व्यक्त गरेका छन् ।
युनिभर्सिटी अफ साउथर्न,डेनमार्कको एउटा आलेखअनुसार कोरोनाको प्रकोपपश्चात हरेक एक मिनेटमा विश्वमा करिब ३० लाख थान मास्क फालिन्छन् । जसको हिसाबमा प्रतिघन्टा १८ करोड मास्कले वातावरणलाई प्रदुषित बनाइरहेका छन् । यसले आगामी दिनमा वातावरणमा ठूलो चुनौति दिन्छ । मास्क माटोमा बिलय नहुने भएकाले ठूला मात्रामा जमिनको उर्बरतामा ह्रास आउने निश्चित छ । जमिनको मात्र नभई जलका जीव पनि यसबाट निकै प्रभावित हुन्छन् । खोला–नाला,ताल–तलैयामा हुने मास्क बिसर्जनबाट पानी नै विषाक्त भई अर्को महामारी नआउला भन्न सकिन्न ।
यसैपनि मास्कको उचित बिसर्जन नभए सात दिनसम्म कोरोनाका भाइरस रहने तथ्य हामीले सुन्दै आएका छौं । तसर्थ,यसरी हरेक दृष्टिबाट असहज परिस्थिति सिर्जना हुने आँकलन सजिलै गर्न सकिन्छ । अनुसन्धानकर्ताहरुले scientific journal Frontiers of Environmental Science & Engineering मार्फत सबैलाई सचेत गराइरहेका छन् । यदि उचित व्यवस्थापनको आधारशिला र वातावरणीय प्रभावबारे सही मार्ग समातिएन भने ठूलो दुर्घटना हुन सक्छ ।
युनिभर्सिटी अफ साउथर्न,डेनमार्कका अनुसन्धानकर्ताहरु वातावरणीय Toxicologist Elvis Genbo Xu tyf Princeton University sf Civil and Environmentalका प्राध्यापक Zhiyong Jason Ren मास्क, प्लास्टिक झोलाभन्दा बढी संवेदनशिल अवस्थामा रहेको तथ्य बताउँछन् । किनभने मास्क आफैमा एउटा सुक्ष्म स्वरुपको प्लास्टिक फाइबर (माइक्रो साइज्ड प्लास्टिक )बाट बनेको हुन्छ । जसको थिक्नेस १ देखि १० माइक्रोमिटर हुन्छ । जब वातावरणमा यो फालिन्छ त्यसपछि यो अझै सानो रुपमा विभाजित हुन्छ । हरेक मिनेट ३० लाख मास्क वातावरणमा फ्याकिँरहेको अवस्थामा यसको असर कति होला आफैं अनुमान लगाउन सकिन्छ ।
त्यसैले भोलिका दिनमा मास्कका प्लास्टिक कति माटोमा रहन्छन् वा के हुन्छ, त्यो भविष्यले नै बताउला । तर, अरु प्लास्टिकका टुक्रा जस्तै यो डिस्पोजेबल मास्कले पनि बिस्फिनोल ए, हेबी मेटल्स अनि प्याथोजेनिक माइक्रो अर्गानिज्महरु सञ्चय गरी खतरनाक रसायन तथा बाइलोजिकल पदार्थ रिलिज गर्छन् । यसको नकारात्मक प्रभाव बोटबिरुवा, जनावर, मानिस लगायतका पर्यावरणिय चक्रमा पर्ने पक्का छ ।
नेपाल जस्तो देशमा चेतनाको स्तर बाटोमा फालिएको फोहोरबाटै आँकलन गरिन्छ । त्यसैले फोहोर व्यवस्थापनका लागि राज्यबाटै प्राथमिकतामा नराखिएको जस्तो लाग्ने तर,करौडौं रुपियाँ खर्च हुने देशमा हामी पनि पर्छौँ । जस्तोसुकै स्तर वा अवस्था भएपनि प्लास्टिकका मास्कलाई जथाभावी फालेर भोलिका पुस्तालाई अभिसाप सिर्जना गर्नु पनि उचित हुँदैन । तसर्थ केहि गर्न सकिने उपाय रोज्नु अनिवार्य हुन्छ ।
उपाय के त ?
जहाँ चुनौति त्यहाँ समाधानका उपाय पनि सँगसँगै आउँछन् । त्यसैले डिस्पोजेवल मास्कले वातावरणीय प्रणालीमा पार्ने नकारात्मक असरका बारेमा मानवजाती समयमै सजग बने भने भोलिका दिनमा यसबाट हुनसक्ने नकारात्मक असरबाट बच्न/बचाउन सकिन्छ । त्यसैले यहाँ तिनै उपायहरुलाई प्रस्तुत गरिएको छ :
१. सकेसम्म पुनः प्रयोग गर्न मिल्ने कपडा को मास्कको प्रयोग गर्ने ।
२. डिस्पोजेवल मास्कलाई सकेसम्म छुट्टै बिनमा जम्मा गर्ने ।
३. राज्यले धेरै भन्दा धेरै मास्क कलेक्सन बिन को व्यवस्थापन गर्ने ।
४. कानूनी कडाई तथा सचेतनाको कार्य गर्ने ।
५. प्लाष्टिक नष्ट गर्ने उपाय भनेको विश्वले रोजेको Plasma pyrolysis प्रविधिलाई राज्यले तुरुन्त गर्ने ।
६. स्कुल, कलेजमा अनिवार्य मास्क कलेक्सन बिन अनि मास्क इन्सिनेटर को प्रयोग गर्ने ।
(इको विजनेश हाउसका प्रबन्ध निर्देशक बराल फोहोरमैला विषयका खोजकर्ता हुन् ।)