English

गंगामा पखालेको पाप कहाँ जान्छ



एक पटक एक ऋषिले सोचे, श्रद्धालुहरू गंगामा पाप धुन जान्छन् । यसले सबै पाप गंगामा समाहित हुन्छ र गंगा पनि पापी हुन्छिन् । त्यसपछि उनले गंगामा पखालेको पाप कहाँ जान्छ भनेर तपस्या गरे । तपस्याको फलस्वरूप देवता प्रकट भए । त्यसपछि ऋषिले सोधे, ‘भगवान् गंगामा पखालेको पाप कहाँ जान्छ ?’
भगवान्ले भने, ‘जाऔं, गंगासँगै गएर सोधौँ ।’ त्यहाँ गएर गंगासँग सोधे, ‘सबै मानिस यहाँ आएर पाप पखाल्छन्, यसको मतलव तपाई पनि पापी हुनुभयो ।’

जस्तो तरिकाले कमाएको पैसाले अन्न फलाइएको छ । र, जुन मानसिक अवस्थामा खाइएको छ, त्यस्तै विचार मानिसको बन्छ ।

गंगाले भनिन्, ‘म कसरी पापी भएँ । म त सबै पापलाई लगेर समुन्द्रमा अर्पित गर्दछु ।’ त्यसपछि उनीहरू समुन्द्रमा गएरे त्यही प्रश्न सोधे । समुन्द्रले भने, ‘म सबै पापलाई बादल बनाइदिन्छु, त्यसैले म पापी होइन ।’ त्यसपछि उनीहरूले बादलसँग पनि त्यही प्रश्न गरे ।

त्यसपछि बादलले भन्यो, ‘म सबै पापलाई पानी बनाएर धर्तीमै पठाइदिन्छु । जसले अन्न उब्जिन्छ । र, त्यो नै मानिसले खान्छन् । त्यो अन्नमा जुन अन्न, मानसिक स्थितिबाट उब्जाइन्छ । र, जुन वृत्तिबाट प्राप्त गरिन्छ । जुन मानसिक अवस्थामा यो खाइन्छ, त्यो अनुसार नै मानवको मानसिकता बन्छ ।’

त्यसैले भनिन्छ, जस्तो तरिकाले कमाएको पैसाले अन्न फलाइएको छ । र, जुन मानसिक अवस्थामा खाइएको छ, त्यस्तै विचार मानिसको बन्छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार