पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर (फोटो फिचर)
भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् ।

शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई नि:शुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो ।





