English

यस्ता छन् गायक महेश काफ्लेका ५ अनौठा फ्यान



बाल्यकालदेखि नै सांगीतिक यात्रा सुरु गरेका गायक महेश काफ्ले अहिले चल्तीका गायक हुन् । उनले १० वर्षकै उमेरमा गाएको पहिलो गीत ‘सानिमा मार्देउ बरु बगाइदेउ पानीमा’ बोलको गीत अहिले पनि चर्चामा छ । यो सँगै ‘नाच फिरिरी’, ‘माया बिरानी’ र ‘लज्जावती झार’ बोलका गीत पनि हिटको सूचिमा छन् । एकपछि अर्को हिट गीत दिएका काफ्लोको फ्यान फलोइङ पनि राम्रो छ । तिनै फ्यानका बारे उनी यसरी खुले :

माया गर्ने ती बहिनी

हेटौँडाकी एक जना बहिनी हुनुहुन्छ । उहाँले मलाई मात्र होइन मेरो परिवारलाई पनि माया गर्नु हुन्छ । धेरै फ्यानहरुले मेरो फोटो आफ्नो सोसल मिडियामा सेयर गर्नु हुन्छ तर, ती बहीनीले भने मेरो परिवारको समेत फोटोहरु सेयर गरिरहनु हुन्छ । उहाँलाई मेरो हरेक कुरा याद हुन्छ । मेरो नयाँ गीत आउने बित्तिकै सबैभन्दा पहिले प्रतिक्रिया पनि दिनु हुन्छ । त्यसैले ती बहिनीलाई म सधैँ सम्झन्छु ।

तपाई मेरो क्रस हो भन्ने फ्यान

झापाको एकजना फ्यान हुनुहुन्छ । उहाँ चाहीँ म बाल कलाकार हुँदा देखिको फ्यान हो । मलाई तपाईको पहिलो गीत नै एकदमै मन परेको थियो, त्यो बेला देखिकै फ्यान हुँ भनेर भन्नुहुन्छ । अहिले पछिल्लो समयका मेरा सबै गीतहरु पनि उहाँलाई एकदमै मन पर्छ रे । म तपाईको एकदमै ठुलो फ्यान हुँ त्यसको साथै तपाई मेरो क्रस पनि हो भनेर बेला–बेलामा फोन र म्यासेज गरिरहनुहुन्छ ।

मेरो फ्यान ग्रुप नै बनाइदिने फ्यान

काभ्रे पाँचखालको एउटा कार्यक्रममा जाँदा एकजना फ्यानसँग मेरो भेट भएको थियो । उहाँले मलाई भेटेर एकदमै खुशी हुनु भएको थियो । उहाँले मसँग भेटिसकेपछि महेश काफ्ले फ्यान गु्रप बनाउनु भएछ । मेरो हरेक कुरा जस्तै जन्मदिन र नयाँ गीत रिलिज लगायतका कुराहरु त्यस ग्रुपमा सेयर गरिरहनु हुन्छ । मेरो गीतहरुले कति भ्युज पायो, कति लाइक पायो जस्ता कुराहरु पनि उहाँलाई याद हुन्छ । उहाँ पनि मलाई अनौठो लाग्छ ।

सिक्किम देखि मलाई माया गर्ने फ्यान

भारतको दार्जिलिङ, सिक्किम जस्ता ठाउँहरुबाट गीत मन पराएर मलाई म्यासेज गर्ने फ्यानहरु त थुप्रै हुनुहुन्छ । एकजना महिला फ्यानले पनि धेरै पटक मलाई म्यासेज गर्नु भएको रहेछ । एकदिन ‘म तपाईको ठूलो फ्यान हुँ’, ‘तपाईं एकदमै मन पर्छ’ भन्दै लेख्नुभएको रहेछ । भारतमा बस्ने नेपालीहरुले पनि नेपाली कलाकारलाई नेपाली गीत संगीतलाई माया गरेको देखेर खुशी लाग्छ ।

मेरो गीत सुनेरै सांगीतिकक्षेत्रमा लागेका ती भाई

करिव दुई वर्ष अगाडिको कुरा हो । साथीहरुसँग धुलिखेल गएको थिएँ । रमाइलो गरिरहेका थियौँ । एकजना वेटरले हाम्रो लागि खानेकुरा ल्याइरहेका थिए । हरेक पटक खाना लिएर उनी नै आइरहेका थिए । बेलुका तिर फेरि खाना लिएर आउने क्रममा ति भाई मेरो नजिक आएर दाई मैले तपाईलाई अघि देखि याद गरिरहेको थिएँ । म तपाईको ठूलो फ्यान हुँ भने । मलाई पनि उसको बोली व्यवहारहरु राम्रो लाग्यो । उसलाई हामीसँगै बस भन्यौ उसले मेरो सबै गीत गायो । स्वर पनि एकदमै राम्रो थियो । मैले उसलाई संगीत तिर लाग्दा राम्रो हुन्छ भनेँ । अहिले उसले एउटा गीत रेकडिर्ङ गरेको रहेछ । निकै खुशी लाग्यो ।

यो पनि पढ्नुहोस् :
स्वप्न सुमनका फ्यान: स्कुटरमा गिफ्ट छोड्नेदेखि स्टेजमा गुलाफ फ्याँक्नेसम्म
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म

विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested