English

युवा नेता प्रदिप पौडेलको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेल निकै व्यस्त हुन्छन् । तर, केही समय फूर्सद मिल्ने बित्तिकै उनी पुस्तक पढ्न थालिहाल्छन् । उनले अहिलेसम्म थुप्रै पुस्तक अध्ययन गरिसके । तिनै मध्ये उनलाई एकदमै मन परेको ३ पुस्तक यस्ता छन् :

सेतोबाघ

डायमनशम्शेर राणाद्वारा लेखिएको यस पुस्तक मैले पढेको पुस्तकहरु मध्ये उत्कृष्ट भित्र पर्छ । इतिहासलाई उपन्यास बनाएको सेतो बाघको शैली मलाई एकदमै मन पर्छ । वास्तविक इतिहासलाई उपन्यास बनाइएको कारण इतिहास पढ्न चाहनेहरुको लागि यो पुस्तक एकदमै राम्रो हुन्छ । यस्ता खालका रचनाहरु अरु पनि आउनुपर्छ जस्तो मलाई लाग्छ ।

मोदीआइन

मैले पढेका पुस्तकहरु मध्ये अर्को मन परेको पुस्तक विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास मोदीआइन हो । कोइरालाद्वारा लिखित प्राय सबै पुस्तकहरु उत्कृष्ट नै हुन्छन् । तर, यो अलि विशेष छ । पहिलेदेखि जुन लेखन शैली चल्दै आइरहेको त्यसलाई तोडेर अलि फरक शैलीमा यो लेखिएको छ । महाभारतमा हामीले कौरव र पान्डवहरुको लडाईको बारेमा मात्र पढेका छौँ । उनीहरुको राजनीतिक चलखेलको बारेमा पढेका छौँ तर मोदीआइन यस्तो पुस्तक हो जसमा कुरुक्षेत्रमा लडाईं गर्ने सीपाईहरुको श्रीमतीहरुको नजरबाट यो पुस्तक तयार पारिएको छ ।

ह्वाई नेसन फेल

मैले पढेका पुस्तकहरु मध्ये मन परेको अर्को पुस्तक ह्वाई नेसन फेल पनि हो । डारोन एसेमोग्लु र जेम्स रोबियन्सद्वारा लिखित यस पुस्तकमा देश कसरी बर्बादीको दिशातिर जान्छ ? देश बर्बाद हुँदै जानुको कारणहरु के–के हुन् ? जस्ता कुराहरुलाई पुस्तकले समेटेको छ । देश कस्तो हुनुपर्छ भन्ने कुरा पनि यस्मा समेटिएको छ ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested