English

मेरो लाइफस्टाइलको प्रधान सम्पादकमा सन्तोष आचार्य



राइज मिडिया नेटवर्कद्वारा प्रकाशित मेरोलाइफस्टाइल डटकमको प्रधान सम्पादकमा सन्तोष आचार्य नियुक्त भएका छन् । नेटवर्कको कार्यालयमा शुक्रबार एक कार्यक्रमका बीच बोर्ड सदस्य एवं कुटनीतिक मामिला सल्लाहकार मोहनकृष्ण श्रेष्ठले आचार्यलाई स्वागत गरेका हुन् ।

आचार्यसँग पत्रकारितामा करिव २८ वर्षको अनुभव छ । उनले यसअघि कान्तिपुर पब्लिकेशनद्वारा प्रकाशित कान्तिपुर दैनिक, साप्ताहिक, नारी, नेपाल लगायतमा कार्यरत रही अनुभव हासिल गरेका छन् । आचार्यले २०५० सालदेखि ‘जनस्वतन्त्रता साप्ताहिक’बाट पत्रकारितामा कलम चलाउन सुरु गरेका थिए ।

पदभार ग्रहण गरेसँगै आचार्यले अहिलेसम्म नलेखिएका, नभनिएका र नदेखाइएका कुराहरु मेरो लाइफस्टाइलको प्राथमिकतामा पर्ने बताए । ‘नेपाली पत्रकारिताले उठाउनुपर्ने मुद्धाहरु धेरै छन् जो जीवनशैलीसँग सम्बन्धित छन्,’ उनले भने, ‘त्यसैले आमनेपालीको लाइफस्टाइललाई उठाउन मद्धत गर्ने मुद्धाहरुमा हामी केन्द्रीत हुनेछौं ।’

कार्यक्रममा सदस्य श्रेष्ठले २८ वर्षे लामो अनुभव हासिल गरेको व्यक्तिलाई राइज मिडियाले प्रधान सम्पादकको रुपमा पाएकोमा खुशी व्यक्त गरे । ‘उहाँको अनुभव र मेहनतले राइज मिडियाको उचाई चुलिनेमा विश्वास लिएको छु,’ उनले भने ।

आचार्यलाई नेटवर्कका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत(सिईओ) निर्मल श्रेष्ठ, निर्देशक सुनिता दुलाल, बोर्ड सदस्य फूर्वा तेन्जिङ शेर्पा, प्रमोटर अनिज कुमार परियार, प्रशासकीय अधिकृत अशोक गुरुङ, प्रमुख संवाददाता महेश तिमल्सिना लगायतले स्वागत गरेका थिए ।

सम्पादकीय टीमलाई हौसला बढाउन व्यवस्थापकीय पक्षबाट कुनै कसुर नरहने सिईओ श्रेष्ठले बताए । ‘उहाँको पत्रकारितामा लामो अनुभवले मेरो लाइफस्टाइलको गरिमालाई बढाउनेमा विश्वस्त छु,’ उनले भने, ‘सम्पादकीय टीमलाई हौसला बढाउन व्यवस्थापकीय पक्षबाट कुनै पनि कसुर बाँकी रहन्न ।’ साथै, समाचार कक्षले नयाँ नेतृत्व पाएसँगै व्यावसायिक पत्रकारिता र आमनागरिकको जीवनसँग सम्बद्ध विषयवस्तु खोतल्न ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरी, बोर्ड सदस्य एवं निर्देशक दुलालले पत्रकारिता क्षेत्रमा गहिरो अध्ययनशील, अनुभवी र सक्रिय आचार्यलाई प्रधान सम्पादकमा पाएकोमा खुसी व्यक्त गरिन् । ‘अब मेरो लाइफस्टाइलले जन–जनको आवाज मुखरित गर्नेछ,’ उनले भनिन् ।

यसैगरी, बोर्ड सदस्य शेर्पाले आचार्यलाई स्वागत गर्दै सम्पादकीय टीमलाई जुनसुकै अवस्थामा जस्तोसुकै सहयोग गर्न आफू तत्पर रहेको बताए ।बोर्ड सदस्य समेत रहेका निवर्तमान प्रधानसम्पादक अनुप कुमार बरालले नयाँ जिम्मेवारीका लागि आचार्यलाई सफल कार्यकालको शुभकामना दिए । बरालले हालसम्म मेरोलाइफस्टाइललाई दिनुभएको योगदानका लागि व्यवस्थापनका तर्फबाट सिईओ श्रेष्ठले धन्यवाद व्यक्त गरे ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।