English

जितबहादुरलाई टर्रो लाग्यो अकबरे



सेतै फुलेका कपाल, चाउरी पर्न सुरसार गरिसकेका गाला । कपाल सेतै फुले पनि गालामा मुजा पर्न थालिसके पनि उनकाे शरीरले भने आराम पाएका छैनन् । उनी अर्थात गाेरखा गाउँपालिका-४ फुजेलका ५४ वर्षीय जितबहादुर भट्ट । 

उनी अचेल बिहान उज्यालाे भएदेखि साँझैसम्म खुर्सानी बारी मै हुन्छन् । व्यवसायीक रुपमा खुर्सानी खेती गरेका उनले सोचेजति आम्दानी गर्न नसकेपछि निराश बनेका छन् । तर पनि लगानी निकै भइसकेकाले उनी विकल्प बारे साेच्न पनि सक्दैनन् ।  भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनको बसोबास गोरखा नगरपालिका- १३ देउराली रामशाह टोलमा भयो । 

सेनाबाट निवृत्त भएपछि उनलाई सामाजिक काममा लाग्न मन लाग्यो । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए । गोरखाकै मझुवामा रहेको गोरखकाली रबर उद्योग बचाउ समितिमा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे । रिर्टायर जीवनपछि सामाजिक काममा सक्रिय रहेका भट्टले व्यपार पनि सँगसँगै गर्दै थिए । ‘डेरीको व्यबसाय थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यपार खस्कियो । केही लगानी डुब्यो’, उनी भन्छन् । 

बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’ 

भूकम्प र नाकाबन्दीले व्यापारबाट पनि घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए । अनि २०७४ सालमा पैतृक थलो फुजेल फर्किए । व्यापारबाट असफल भएका भट्टले सुरुमा बाख्रा पाले । ‘म गाउँ फर्किएपछि कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म  किनेँ । त्यो पहिले व्यवस्थित रुपमा चल्न सकेको थिएन’, उनले भने । 

बाख्रापालनमा पनि करिब १४ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ वटा बाख्राबाट व्यवसाय थालेका उनको व्यवसाय फस्टाउँदै थियो । तर, एकै पटक ५३ वटा बाख्रा मर्याे ।  ‘बाख्रा पाल्न थालेको बर्षदिन नहुँदै एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्याे, ’ उनी सुनाउँछन् । 

बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’ 

पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्राे स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् । 

अनि, जीतबहादुरले अकबरे खुर्सानीबाट टर्राे स्वाद पाए . . .

व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती सुरु गर्ने बेला सोच्थे, खुर्सानीको बजार राम्रो छ । व्यवसायीक खुर्सानी खेती गरेपछि पहिले व्यहोरेको घाटाको ऋण तिरौँला । 

पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्राे स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् । 

भट्ट आफू ऋणमा डुबे पनि उनले अहिले दैनिक १० जनासम्मलाई रोजगारी दिएका छन् । उनकोमा काम गर्न स्थानीय महिलाहरू दैनिक आउने गर्छन् । उनीहरूले दैनिक ६ सय रुपैयाँ पाउने भट्टले बताए । तर, सोचे जस्तो उत्पादन लिन नसक्दा ५१ लाख रुपैँया ऋण लागेकाे उनले बताए ।  

भन्छन्- सरकारको साथ पाए हरेश खान्नँ 

एक पटक रोपेको खुुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ । एक बर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ । अहिलेसम्म उनले पाँच क्विटल मात्र खुर्सानी बिक्री गरेका छन् । बजारको भने समस्या छैन् । अहिले दुई सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । ‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सधैँ यस्तै हुन्छ कि भन्ने डर भने लाग्छ,’ उनले भने । 

उनको मनमा लगानी डुब्ने थाेरै डर भए पनि सँगसँगै अहिलेसम्म डुबेका सबै लगानी उठाउने आशा पनि छ । उनले यस क्षेत्रलाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाइरहेका छन् । भन्छन्, ‘अहिलेसम्म मैले कही कतैबाट अनुदान, सहयोग लिएको छैन् । अब सरकारबाट केही सहयोग पाएँ भने यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु ।’ 

खुर्सानी खेतीमा अनुदान पाउने आशामा वडा, पालिका, प्रदेश सरकार, ज्ञान केन्द्र, संघीय सरकारसम्म पुगिसके । तर, बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले दिएको ८५ हजार बाहेक कुनै अनुदान पाएका छैनन् । सबै ऋण लिएर काम गरेपछि सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन् । सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने, पुरस्कार दिने गर्छ । तर, सरकारले दिने गरेको सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने उनको गूनासो छ । ‘अहिले व्यवसाय सुरू गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन् । वडादेखि केन्द्र सरकारसम्म धाउँदा धाउँदा थाकिसकेँ । तर, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ,’ उनी भन्छन् । 

अत्याधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ ।  त्यसैले सरकारी निकायबाट सहयोग पाए यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ । भन्छन्, ‘सरकारी निकायबाट पनि साथ सहयोग मिल्यो भने हरेस खान्नँ । खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु ।’ 

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।