English

विश्व इतिहासमा आज

युरोप र एशियालाई जोड्ने नहर निर्माणदेखि ग्रीसको क्याम्पसमा सेनाले हस्तक्षेप गरेको त्यो दिन



आज १७ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण सम्पन्नदेखि चर्चित वाटरगेट कान्डमा रिचार्ड निक्सनले आज आफूलाई निर्दोष साबित गर्न खोजेका थिए ।  प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः

१९८९ को भेलभेट क्रान्ति

वर्लिनको पर्खाल ढलेको एक सातापछि चेक गणतन्त्रको राजधानी सहरमा विद्यार्थीहरुले विशाल प्रदर्शन गरेका थिए । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको स्मरणमा गरिएको प्रदर्शनलाई प्रहरीले दमन गरेको थियो ।  दमनको विरोधमा भएको देशव्यापी हामहड्तालपछि पूर्वचेकोस्लाभियामा कम्युनिस्ट शासन ढलेको थियो र ४१ वर्षपछि देशमा पहिलो प्रजातान्त्रिक निर्वाचनका लागि ढोका खोलेको थियो ।

एथेन्सको विद्यार्थीको क्रान्ति

सन् १९७३ मा ग्रीसमा भएको एथेन्स पोलिटेक्निक क्रान्ति पनि विश्व इतिहासमा स्मरण लायक घटना हो । एथेन्समा तत्कालिन सैन्य सरकारविरुद्ध सन् १९७३ को १४ नोभेम्बरमा पोलिटेक्निक क्याम्पसका विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । १७ नोभेम्बरमा ट्यांकसहित क्याम्पस पुगेको सेनाले अन्धाधुन्दा गोली प्रहार गरेको थियो । सो क्रान्तिको स्मरणमा अहिले पनि हरेक नोभेम्बर १७ मा ग्रीसका सम्पूर्ण विद्यालय र क्याम्पस बन्द हुन्छन् ।

सुज नहर निर्माण सम्पन्न

युरोप र एशियालाई जोड्ने स्युज नहरको निर्माण कार्य सन् १८६९ मा सम्पन्न भएको थियो । रेड सी र भूमध्य सागरलाई जोड्ने सो नहर निर्माण गर्न १० वर्ष लागेको थियो ।


रिचार्ड निक्सनको दाबी

चर्चित वाटरगेट कान्डबारे तत्कालिन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सले सन् १९७३ को १७ नोभेम्बरमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । निक्सनले आफू निर्दोष भएको दाबी गरेका थिए । ९ अगस्ट १९७४ मा, महाअभियोग लाग्ने निश्चित भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । पदबाट राजीनामा दिने उनी पहिले अमेरिकी राष्ट्रपति हुन् ।  । निक्सनका उत्तराधिकारी जेराल्ड फोल्डले निक्सनलाई माफी दिएका थिए ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।