English

सरकारी जागिरसँगै तरकारी खेतीबाट मनग्य कमाउँछन् हिमबहादुर



तेह्रथुम लालिगुराँस नगरपालिका–७ का हिमबहादुर थापा कृषि प्राविधिक हुन । छथर गाउँपालिकाको कृषि शाखाका कृषि प्रावधिक थापाले गाउँगाउँमा किसानहरूलाई कृषिसम्बन्धी सल्लाह र परामर्श दिने गरेका छन् ।

०६१ देखि विभिन्न संघसंस्थामा रहेर कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका थापा आफैंले अर्गानिक रूपमा तरकारी खेती गर्दै आएका छन् । ६ वर्षदेखि नेपाल सरकारको करारको रूपमा जागिर गर्दै आएका उनी यतिबेला तरकारी खेतीमा सक्रिय छन् । बिदाको समयमा थापा आफ्नै तरकारी खेतीमा व्यस्त हुन्छन् ।

लसुने बजार नजिकै पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आएका थापाले अर्गानिक तरकारी उत्पादनलाई जोड दिँदै आएका छन । समुद्री सतहदेखि करिब २३ सय मिटर उचाइमा उनले नेचुरल हाइटेक निर्माण गरी अर्गानिक तरकारी खेती सुरु गरेका हुन् ।

धनकुटामार्फत सहकारीको समन्वयमा पन्ध्र प्रतिशत आफ्नो लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गर्दै आएका छन ।

कृषि प्राविधिकको रूपमा लामो समय काम गर्दै आएका थापाले आफूसँग भएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोगमा ल्याएको बताए । ‘मसँग भएको दक्षता र क्षमतालाई प्रयोग गरी अर्गानिक रूपमा तरकारी खेती गर्दै आएको छु । मानव स्वास्थ्यका लागि स्वास्थकर हुनुको साथै बजारमा पनि राम्रो मूल्य पाउने भएकाले अर्गानिक तरकारी खेती गर्दै आएको छु,’ उनले भने ।

फिर्के साना किसान उघुउद्यम कृषि सरकारी संस्थामा आबद्ध थापाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत सहकारीको समन्वयमा पन्ध्र प्रतिशत आफ्नो लागनीमा दुई लाख १६ हजार लागनीमा हाइटेक निर्माण गरी खेतीलाई अझ विस्तार गर्दै आएका छन ।

उनले हाइटेकमा गोलभेडा, रायो, अकबरे, सयपत्री फूल, लसुनलगायतका तरकारी लगाएका छन्। हाइटेकमा बेमौसमी गोलभेंडा फलाउँदै आएका छन् । यस वर्ष एक सय ३० रुपैयाँ प्रतिकिलोसम्म गोलभेंडा बिक्री भएको थापाले बताए ।

उनकी श्रीमती सम्झनाले घरमै अनिस कृषि भण्डार सञ्चालन गर्दै आएकी छन् । घरमै रहेको कृषि भण्डारसँगै तरकारी खेतीमा पनि उनी सक्रिय छिन् । सम्झना भन्छिन्, ‘घरमै कृषि भण्डार सञ्चालन गर्दै आएकी छु । यो सँगै तरकारी खेती हाम्रो मुख्य आम्दानीको स्रोत हो । बजारमा घर भए पनि हामीले व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छौं । तरकारी खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी लिँदै आएका छौं ।’ तेह्रथुममा पछिल्लो समय अन्नबालीभन्दा पनि नगदेबालीलाई किसानहरूले जोड दिँदै आएका छन् ।

यो पनि पढ्नुहोस्
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि
बैंकबाट कर्जा लिएर घर बनाउने सोचमा हुनुहुन्छ ? यस्तो छ प्रक्रिया
विषादीयुक्त खाद्यवस्तुले स्वास्थ्यमा देखिन्छन् यस्ता समस्या, कसरी जोगिने ?
कोरोना संक्रमित आमाले सुरक्षित स्तनपान कसरी गराउने ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।