English

यी पाँच खेलाडी जसले अष्ट्रेलियालाई टी–२० विश्व च्याम्पियन बनाए



यूएईमा सम्पन्न आईसीसी टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पार्‍यो । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै उसले उपाधि जितेको हो। अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो। यसअघि सन् २०१० मा टी–२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात पार्न चुकेको थियो।

तर, यसपटक भने उसले ऐतिहासिक जितसँगै उपाधि जित्न सफल भयो। र, पहिलो पटक टी–२० विश्वकपको उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। अस्ट्रेलियालाई पहिलो पटक टी–२० विश्व च्याम्पियन बनाउन यी पाँच खेलाडीको महत्वपूर्ण भूमिका छ।

डेभिड वार्नर

डेभिड वार्नरले न्युजिल्याण्डविरुद्धको फाइनलमा उत्कृष्ट ५३ रन बनाएका थिए। उनलाई ट्रेन्ट बोल्टले बोल्ड गरेका थिए। वार्नरले ३८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए। उनले प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड पनि पाए।

मिचेल मार्स

कप्तान आरोन फिन्च मात्र पाँच रनमा आउट भएपछि ब्याटिङमा आएका मिचेल मार्सले डेभिड वार्नरसँग मिलेर अस्ट्रेलियाको इनिङ्स सम्हालेका थिए। उनले ५० बलमा छ चौका र चार छक्का प्रहार गर्दै ७७ रनको अविजित इनिङ्स खेले। र, कंगारू टोलीलाई टी–२० विश्वकपको पहिलो जित दिलाएका थिए। वार्नर आउट भएपछि पनि उनले अग्रता कायम राखे।

ग्लेन म्याक्सवेल

डेभिड वार्नरलाई आउट गरेपछि न्युजिल्यान्डको आशा फेरि बलियो भयो। तर, ग्लेन म्याक्सवेलले मिचेल मार्ससँगको उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए। मार्स र म्याक्सवेल अन्तिमसम्म विकेटमा रहे र टोलीलाई उपाधि दिलाए। म्याक्सवेलले १८ बलमा चार चौका र एक छक्का प्रहार गर्दै २८ रनको उत्कृष्ट पारी खेले।

जोस हेजलवुड

जोस हेजलवुडले यो खेलमा उत्कृष्ट बलिङ गरे। उनले चार ओभरमा १६ रन दिएर तीन विकेट लिए। उनले ड्यारेल मिचेल, केन विलियम्सन र ग्लेन फिलिप्सलाई प्याभिलियनको बाटो देखाएका थिए। हेजलउडले विलियम्सनको क्याच छोडेका थिए। तर, पछि भने कीवी कप्तानलाई प्याभिलियन पठाए।

एडम जाम्पा

एडम जाम्पाले किवी टोलीका ब्याट्सम्यानलाई हात खोल्ने मौका दिएनन्। उनले चार ओभरमा २६ रन दिएर एक विकेट लिए। जाम्पाले मार्टिन गुप्टिललाई आउट गरे । गुप्टिलको यो विकेट अष्ट्रेलियाका लागि निकै महत्वपूर्ण थियो। किनकि यदि गुप्टिलले लय समातेको भए अष्ट्रेलियाले कठिनाइको सामना गर्नु पर्ने थियो।

यो पनि पढ्नुहोस्
लिग खेल्ने निर्णय लिएको छैन :किरण चेम्जोङ
ओलम्पिकमा नेपालको ५७ वर्ष : खेलाडीलाई न प्राथमिकता, न पर्याप्त तालिम
विराट कोहली: खेलाडी महान्, कप्तानी भने ‘फ्लप’
कोभिड खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध
ओलम्पिकमा नेपालको ५७ वर्ष : खेलाडीलाई न प्राथमिकता, न पर्याप्त तालिम
खेलको महाकुम्भ : भिड्दै ५ नेपाली खेलाडी



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन