English

आज हरिबोधिनी एकादशी- तुलसीकाे विवाह गरी व्रत उपासना गरिँदै



आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले उठाउनु भन्ने अर्थ हुन्छ । त्यसैलै भगवान् हरिलाई उठाउने तिथि भएकालाई यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । 

कात्तिक शुक्ल एकादशीमा पर्ने यस हरिबोधिनी एकादशीमा व्रत र भगवान् विष्णुको उपासना गर्नाले एक हजार अश्वमेध यज्ञ गरे बराबरको फल पाइने कुरा पद्म पुराणको उत्तरखण्डमा बताइएको छ । गरुड पुराणअनुसार यस महिनामा एउटा मात्र तुलसी पत्र भगवान् विष्णुलाई चढाउँदा पनि १० हजार गाई दान गरे बराबरको फल मिल्नेछ ।

आज उपत्यकाका चार नारायण भनिने भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडाैंकाे शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्छ । साथै काठमाडौंमा रहेको बूढानीलकण्ठको मन्दिरमा पनि विशेष मेला लाग्छ ।

हरिशयनी एकादशीको दिन घरघरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी विवाह गरिदिने परंपरा छ । आजको दिन घरघरमा तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेतो, रातो, पहेँलो वस्त्र तथा फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीकको रूपमा निगालो गाडी तुलसीको विवाह गरिन्छ । 

भगवान् विष्णु प्रशन्न हुने विश्वासका साथ आज फलाहार मात्र लिई र राती जाग्राम बसेर हरि नाम संकीर्तन गर्ने प्रचलन रहेको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजा गरेर हवन गरी चतुर्मासभर भगवान् विष्णुको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

हरिशयनी एकादशीदेखि आज अर्थात् हरिबोधिनी एकादशीसम्मको चार महिनासम्म तुलसीको व्रत गरी विशेष पूजा हुन्छ । साथै, यो समयमा विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यसमेत गरिँदैन । विवाह, व्रतबन्ध जस्ता माङ्गलिक कार्यहरू पनि आजदेखि खुला हुने गर्छन् अर्थात् ज्योतिषीय रूपमा त्यस्ता कार्यका लागि मुहूर्त निस्किन्छन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।