English

कोरोनापछिको पहिलो ‘लाइभ म्युजिक फेसन शो’ (फोटोफिचर)



कोरोना महामारीले थला नपारेको क्षेत्र कुन होला र ! केही क्षेत्र यसरी थला परेकी जो भर्खरै छिटपुट चल्न सुरु भएका छन् । त्यसैमध्येको एक हो– नेपाली फेसन बजार । सामान्य अवस्थामा महिनामै दर्जन बढी फेसन डिजाइनरले आफ्नो कला बजारमा ल्याउँथे । यद्यपि, २ वर्षदेखि यो क्षेत्र सुनसान प्राय रह्यो ।

पछिल्लो समय भने फेसन बजार केही खुल्न थालेको छ । कोरोनाले रोकेको नेपाली फेसन बजारलाई चलायमान बनाउने उद्धेश्यले गत शुक्रबार राति होटल र्याडिसनमा फेसन सो भयो । अझ भनौं सांगीतिक फेसन सो । कार्यक्रममा गायक धिरज राई र गायिका मनिषा पोखरेलले सांगीतिक प्रस्तुति दिएका थिए ।

फेसन दुनियाँमा नाम कहलिएकी डिजाइनर तृष्णा गुरुङले सञ्चालन गर्दै आएको मृगतृष्णा फेसन हाउसको आयोजनामा सम्पन्न भएको उक्त सोमा विभिन्न पहिरनको प्रस्तुत गरिएको थियो ।

जसमा महिलाको सारी, लेहेंगा, वनपिस र पुरुषका लागि फर्मल र क्याजुअल पहिरनको शो भएको थियो । विगत २ वर्षयता सुस्ताएको फेसन बजारलाई उठाउन यो शोले धेरै मद्धत गर्ने डिजाइनर गुरुङ बताउँछिन् । उनले ‘सोलो सिल्हौटे’ नाम दिएको उक्त शोमा एरा मिडिया ग्रुप नेपालले सहकार्य गरेको थियो ।

गुरुङ विगत १२ वर्षदेखि यस क्षेत्रमा सक्रिय छिन् । त्यसो त लाइभ साँगीतिक माहोलमा र्याम्प वाक फेसन शो नेपालमै पहिलोपटक भएको उनको दाबी छ । ‘कोरोनापछिको पहिलो फेसन शो नै होला’ उनले अगाडी थप्छिन्, ‘लाइभ म्युजिक फेसन शो त नेपाल मै पहिलो हो ।’

फेसन शो मा उठेको रकमबाट १० देखि २० प्रतिशत दिन दुखीलाई सहयोग गर्दै आएको संघसस्थाका लागि छ्ट्याउने गरेकी छन् । ‘यो फेसन शो पनि मानसिक रोगी सुधारको कार्य गर्ने संस्था स्नेही काखलाई सहयोगको लागि गरिएको हो,’ उनी भन्छिन् ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०