English

स्वप्न सुमनका फ्यान: स्कुटरमा गिफ्ट छोड्नेदेखि स्टेजमा गुलाफ फ्याँक्नेसम्म



युवा पुस्तामाझ निकै लोकप्रिय गायक हुन्– स्वप्न सुमन । कभर गीत गाएरै चर्चामा आएका सुमन यतिबेला सांगीतिक कार्यक्रममा व्यस्त छन् । ‘उकाली चढौँला ओराली झरौँला, ‘सुन भन न’ र ‘मोहनीलाग्ला है’ जस्ता पुराना गीतलाई कभर गीतको रुपमा गाएर जीवन्त पारिदिए । उस्तै मीठो स्वर र सुन्दरताका कारण युवा पुस्ताले रुचाएका सुमनको फ्यान फलोइङ असाध्यै राम्रो छ । फेसबुक पेजमा उनलाई दुई लाख बढीले फलो गरेका छन् । धेरै फ्यान मध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् :

स्कुटरमा गिफ्ट छोडेर जाने फ्यान

लगभग ३/४ वर्ष अघि सानो कामका लागि म बाहिर निस्किएको थिएँ । मेरो स्कुटरलाई पार्किङ एरियामा छोडेर म कामको लागि निस्कीएँ । १५ मिनेटपछि काम सिध्याएर फर्कँदा स्कुटरमा गिफ्टको बट्टा, फुल र चक्लेट राखिएको थियो । त्यहाँ वरपर हेरे कोही पनि थिएन । कसले गिफ्ट छोडेर गयो होला भनेर म अचम्ममा परेको थिए । बट्टाको साइडमा म तपाईको ठुलो फ्यान हुँ भनेर मात्र लेखिएको थियो ।

स्टेजमा गुलाफको फूल फ्याक्ने फ्यान

काठमाडौंकै एउटा कार्यक्रममा सहभागी भएको थिएँ । कार्यक्रममा धेरै दर्शक स्रोताहरुको उपस्थिति थियो । म स्टेज पुग्दा धेरैजनाले हुटिङ गर्दै हुनुहुन्थ्यो । त्यहिक्रममा स्टेजमा केही कुरा उडेर आयो । सुरुमा त कसले बोतल फ्याँक्यो भनेर आत्तिएँ । एकजना महिला फ्यानको गुलाफको फूल पो फ्याँक्नु भएको रहेछ । त्यसपछि धेरै फ्यानले स्टेजमा फूल फ्याँक्नुभयो ।

मेरो नामको ट्याटु बनाउने फ्यान

एकजना महिला फ्यान हुनुहुन्छ । उहाँ पनि मलाई अनौठो लाग्छ । उहाँले मेरो नामको ट्याटु आफ्नो हातमा बनाउनु भएको छ रे । जुन कुरा मेरो साथीले भनेको हो । तर, मैले उहाँसँग प्रत्यक्ष भेटघाट गर्न पाएको त छैन । कुनै दिन मौका मिल्यो भने अवस्य भेट्नेछु ।

५ वर्षदेखि हरेकदिन गुड मर्निङ भन्ने फ्यान

एक जना फ्यान पनि अनौठो नै हुनुहुन्छ । लगभग ५ वर्ष भयो सधैँ बिहान गुड मर्निङ भनेर म्यासेज गर्नु हुन्छ । एक दिन पनि उहाँले म्यासेज गर्न छुटाउनु भएको छैन । मलाई नै कहिले कहीँ त म्यासेज पढ्न अल्छि लाग्छ । तर, उहाँलाई अल्छी नलागेको देख्दा अचम्म लाग्छ ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।