English

अभिनेत्री लक्ष्मी बर्देवाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



थिएटरबाट अभिनय यात्रा सुरु गरेकी लक्ष्मी बर्देवा व्यस्त अभिनेत्रीमा गनिन्छिन् । पछिल्लो समय म्युजिक भिडियोहरुमा निकै व्यस्त रहेकी बर्देवाले घामपानी, जालो, बुलबुल लगायतका चलचित्रमा अभिनय गरेकी छन् । अभिनयका साथै, पुस्तक पढ्न पनि यी अभिनेत्री निकै रुचाउँछिन् ।फुर्सद निस्कियो कि उनको हातमा कुनै न कुनै पुस्तक हुन्छ । तिनै मध्ये उनको नजरमा परेका ३ पुस्तकबारे यहाँ चर्चा गरिएको छ ।

सेतो धर्ती

मैले पढेको पुस्तकमध्ये अमर न्यौपानेद्वारा लिखित सेतो धर्ती एकदमै मन परेको पुस्तक हो । जीवनको उत्तारचढावको बारेमा यो पुस्तकमा राम्रोसँग लेखिएको छ । विगतको समयमा भएका कुरीतिहरुलाई यसमा समेटिएको छ । एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ । उसले कति दुःख कष्ट सहनुपर्छ भन्ने लगायतका कुराहरु यस पुस्तकमा समेटिएको छ । पुस्तकको पात्र पनि मलाई असाध्यै प्रिय लागेकी थिइन् ।

राधा

कृष्ण धरावासीद्वारा लिखित चर्चित उपन्यास राधा पनि मलाई मर्ने पुस्तक मध्येमा पर्छ । यो पुस्तकमा प्रस्तुत गरिएको महिला पात्र मलाई एकदमै मन पर्छ । हामीले राधा कृष्णको बारेमा त धेरै सुनेका छौं । राधालाई कृष्णको प्रेमीकाको रुपमा चिनेका छौं । तर, राधाको नजरबाट हामीले कहिल्यै हेरेनौं । तर, यो पुस्तक राधाको नजरबाट लेखिएको छ । यसमा समावेस भएको माया र भावनाका कुरा पनि विशेष लाग्छ ।

दमिनी भीर

दमिनी भीर राजन मुकारुङद्वारा लेखिएको पुस्तक हो । यो पुस्तक पनि मलाई असाध्यै मनपर्छ । यस उपन्यासमा संक्रमणकालीन नेपाली समाजको वस्तुगत अवस्था, मनोविज्ञानबारे गहिरो चित्रण गरिएको छ । नेपाली समाजको संस्कृति संरचना र सभ्यतालाई मुख्य रुपमा समेटिएको छ । आदिकालदेखिको मानिसको आस्था र शिष्टतालाई यस उपन्यास भित्रका पात्रले बोल्छन् । यहाँभित्रका प्रसङ्ग, पात्र र तीनको मनोविज्ञान हामी नेपाली समाजमा जस्ताको तस्तै भेट्न सक्छौं ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested