मदन पुरस्कारबाट इङ्नाम र जगदम्बा श्रीबाट थापा सम्मानित हुँदाका झलक (फोटो फिचर)
लेखक भगिराज इङ्नाम र नृत्यकार भैरब बहादुर थापा पुरस्कृत भएका छन् । मदन पुरस्कारबाट इङ्गनाम र जगदम्बा श्री पुरस्कारबाट थापा सम्मानित भएका हुन् ।

गत बुधबार पाटन ढोकामा मदन पुरस्कार गुठीद्वारा आयोजित एक समारोहमा इङ्गनामको पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह १७१९–२०२०’ र थापालाई नेपाली नृत्य क्षेत्रमा करिव ६ दशकको योगदानका लागि सम्मानित गरिएको हो ।
समारोहमा अमेरिकाबाट इतिहासकार गौतम बज्राचार्यले ऋतु संस्कृतिबाट भर्चुअल रुपमा प्रवचन समेत दिएका थिए । साथै, कार्यक्रममा विभिन्न क्षेत्रका चिनिएका अनुहारको उपस्थिति थियो । तिनै अनुहारलाई फोटोपत्रकार विकास रौनियारले क्यामरामा यसरी कैद गरे :











यो पनि पढ्नुहोस् :
