English

सन्तानको उचित पालनपोषण कसरी गर्ने ? यी हुन् अभिभावकलाई १० टिप्स



बच्चाहरूको सही पालन-पोषणको निम्ति परिस्थिति अनुसारको सोचाइ-बुझाइ हुन आवश्यक छ । निश्चय नै सबै बच्चाहरूमा एउटै नियम लागू हुन सक्दैन । चाहे बच्चाहरूको ख्याल राख्ने कुरा होस्, माया जताउने कुरा होस् वा कडा रूपमा प्रस्तुत हुने कुरा होस्— हरेक बच्चासँग भिन्न-भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । मानौँ कि म नरिवलको रूखमुनि उभिएको छु अनि तपाई मसँग सोध्नुहुन्छ, “एउटा रूखमा कति पानी हाल्नुपर्छ ?” मेरो जवाफ हुनेछ, “एउटा बोटमा कम्तीमा पनि पचास लिटर पानी चाहिन्छ ।” अब, यदि तपाईंले घर पुगेर गुलाफको बोटमा पनि पचास लिटर पानी हाल्नुभयो भने, त्यो अवश्य मर्नेछ । तपाईंले यो हेर्नुपर्छ कि तपाईंको घरमा केको बोट छ अनि उसलाई के आवश्यक छ ।

१. बच्चा तपाईंको निम्ति सौभाग्य हो

यो तपाईंको सौभाग्य हो कि खुसीको बहारको रूपमा बच्चा तपाईंमार्फत त्यस घरमा आएको छ । बच्चाहरू तपाईंको सम्पत्ति होइनन्; उनीहरूमाथि अधिकार जमाउन नखोज्नुहोस् । उनीहरूलाई सहारा दिँदै हुर्काउनुहोस् अनि उनीहरूको साथको आनन्द लिनुहोस् । तपाईं आफ्ना बच्चाहरूलाई भविष्यको लागि गरिने लगानी नबनाउनुहोस् ।

२. उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनुहोस्

उनीहरूलाई जे बन्नु छ, त्यही बन्न दिनुहोस् । तपाईंले जीवनलाई जुन रूपमा बुझ्नुभएको छ, त्यसलाई आफ्ना बच्चाहरूमाथि थोपर्ने प्रयास नगर्नुहोस् । तपाईंले आफ्नो जीवनमा जे-जति गर्नुभयो, तपाईंको बच्चाले पनि त्यही गर्न आवश्यक छैन । तपाईका बच्चाहरूले केही यस्तो चीज गर्नुपर्छ, जसको बारेमा तपाईंले आफ्नो जीवनमा कल्पना गर्ने हिम्मत समेत गर्नुभएन । तबमात्र, यो संसार अगाडि बढ्नेछ ।

३. साँचो माया दिनुहोस, जे चीज माग्यो त्यही होइन

मानिसहरूमा यो गलत बुझाइ रहेको छ कि बच्चाहरूलाई माया गर्नु भनेको उनीहरूको हरेक इच्छा पूरा गर्नु हो । उनीहरूले जे-जे माग्छन्, तपाईं सबैथोक दिँदै जान थाल्नुभयो भने, यो ठूलो मूर्खता हो । होइन र ? जब तपाईं स्नेह र प्रेमले भरिनुहुन्छ, तपाईं त्यही मात्र गर्न सक्नुहुन्छ जे आवश्यक छ । जब तपाईं कसैलाई साँच्चिकै माया गर्नुहुन्छ, तपाईं उसको नजरमा अप्रिय हुन तयार रहनुहुन्छ । साथै, तपाईं त्यही गर्नुहुन्छ, जे उसको लागि उत्तम हो ।

४. बच्चाहरूलाई ठूलो बनाउन हतार नगर्नुहोस्

यो एकदमै महत्त्वपूर्ण छ कि एउटा बच्चालाई बच्चा नै हुन दिनुपर्छ; बच्चालाई एकैचोटि जवान बनाउने हतार नगर्नुहोस्, किनकि पछि त्यसलाई उल्ट्याउन सकिँदैन । ऊ बच्चा छँदा, बच्चाको जस्तो व्यवहार गर्छ भने, यो राम्रो कुरा हो । तर, जवान भइसकेपछि पनि बच्चाको जस्तो व्यबाहर गर्न थाल्यो भने, त्यो उचित होइन । बच्चालाई आरामले हुर्किन दिनुहोस; बच्चा हतार-हतारमा जवान हुनुपर्ने कुनै आवश्यकता छैन ।

५. यो सिक्ने बेला हो, न कि सिकाउने

आफ्ना बच्चाहरूलाई सिकाउनको लागि तपाईंले जीवनको बारेमा के नै जान्नुभएको छ र ? तपाईंले जीविको-पार्जनका केही तरिकाहरू मात्र सिकाउन सक्नुहुन्छ । कृपया आफूलाई आफ्ना बच्चाहरूसँग दाँज्नुहोस् अनि हेर्नुहोस्— को चाहिँ बढी आनन्दित छ ? तपाईंको बच्चा, होइन त ? यदि तपाईंभन्दा तपाईंको बच्चा बढी आनन्दित रहन सक्छ भने, जीवनको बारेमा सल्लाह दिनका लागि को बढी सक्षम छ— तपाई वा तपाईंको बच्चा ?

जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, यो केही सिक्ने समय हो, न कि सिकाउने । जब घरमा बच्चा आउँछ, नजानिकनै तपाईं हाँस्नुहुन्छ, खेल्नुहुन्छ, गाउनुहुन्छ, उसको लागि खाटमुनि पनि घिस्रिनु हुन्छ । तपाईं ती सबै चीजहरू गर्नुहुन्छ, जुन तपाईंले बिर्सिनु भइसकेको थियो । त्यसैले, यो जीवनको बारेमा सिक्ने समय हो ।

६. बच्चाहरू स्वाभाविक रूपमा आध्यात्मिक हुन्छन्

यदि बच्चाहरूलाई जथाभावी नसिकाइने हो भने, उनीहरू आध्यात्मिक सम्भावनाप्रति एकदमै नजिक हुन्छन् । सामान्यतया, कि त आमाबुबा, शिक्षकहरू, समाज वा टेलिभिजन अथवा कसै न कसैले उनीहरूमा केही न केही थोपरिरहेका हुन्छन् । यस्तो परिवेश सृजना गर्नुहोस्, जहाँ यस्तो बाहिरी हस्तक्षेप निकै कम हुन्छ— जहाँ, बच्चालाई कुनै धर्मसँग पहिचान स्थापित गर्नको लागि नभई आफ्नो प्रज्ञा वा बुद्धिमतामा बढ्न प्रोत्साहन गरिन्छ । त्यसबेला, अध्यात्म शब्द नजानिकनै बच्चा स्वतः आध्यात्मिक बन्दछ ।

७. प्रेम र सहाराले भरिएको वातावरण बनाउनुहोस्

यदि तपाईं आफैँ डर, निराशा, रिस, जलन वा चिन्ताको उदाहरण बन्नुहुन्छ भने, तपाईं कसरी आफ्नो बच्चाबाट खुसी र आनन्द अपेक्षा गर्न सक्नुहुन्छ ? उनीहरूले पनि त्यही सिक्ने छन् । तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको माया, प्रेम, स्नेह, हाँसो र खुसीको माहोल सृजना गर्नु हो ।

८. बच्चालाई आफ्नो साथी बनाउनुहोस्

बच्चाहरूमाथि आफ्नो कुरा थोपर्ने काम बन्द गर्नुहोस् । साथै, उनीहरूको अगाडि हाकिम जस्तो व्यवहार गर्नुको सट्टा आफ्नो नजिकको साथी बन्नुहोस् । आफूलाई बच्चाभन्दा माथि राखेर उनीहरूमाथि शासन नगर्नुहोस् । बरु, आफूलाई उनीहरूभन्दा मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईंसँग सहज भई कुरा गर्न सकून् ।

९. मान-प्रतिष्ठा नखोज्नुहोस्

तपाईं आफ्नो बच्चाहरूबाट माया र प्रेम चाहनुहुन्छ, होइन र ? तर, थुप्रै आमाबुबाहरू यो भन्नुहुन्छ कि, “मेरो इज्जत गर्न सिक्नू ।” तपाईं यो संसारमा केही समय अगाडि आउनुभयो, शारीरिक रूपमा तपाईं बच्चाभन्दा ठुलो हुनुहुन्छ, अनि तपाईंले जीवन निर्वाह गर्ने केही तरिकाहरू जान्नुभएको छ— योबाहेक अरू के कुरामा तपाईं आफ्ना बच्चाहरूभन्दा उत्तम जीवन हुनुहुन्छ, हँ ?

१०. बच्चाको आकर्षणको केन्द्र बन्नुहोस्

बच्चालाई थुप्रै कुराहरूले प्रभावित गरिरहेका हुन्छन्— परिवार, टेलिभिजन, छरछिमेक, शिक्षकहरू, विद्यालय अनि अरू लाखौँ चीजहरूले । बच्चालाई सबैभन्दा बढी जे आकर्षक लाग्छ, उसले त्यही पछ्याउँछ । अभिभावकको रूपमा तपाईंले आफूलाई यस्तो बनाउनुपर्छ कि उसलाई आफ्ना आमाबुबासँग समय बिताउने कुराले सबैभन्दा बढी आकर्षित गरोस् । यदि तपाईं आनन्दित, बुद्धिमानी र अद्‌भुत मानिस हुनुहुन्छ भने, उसले बाहिर अरूको साथ खोज्दैन । हरेक कुराको लागि, उसले तपाईंलाई नै सोध्ने छ ।

यदि तपाईं साँच्चिकै आफ्ना बच्चाहरूको निम्ति राम्रो हेरचाह र पालन-पोषण सुनिश्चित गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफूलाई एक शान्त, स्नेही र आनन्दित मनुष्यमा रूपान्तरण गर्नु अपरिहार्य छ ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।