English

विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास



आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

थाइल्यान्डमा कु

थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ ।  सन् १९७१ मा त्यहाँका फिल्ड मार्शल थानोम किट्टीकाचोर्नले आफ्नै सरकारविरुद्ध कु गरेका थिए । कम्युनिस्टहरुको प्रभाव बढेको कारण दर्शाउँदै किट्टीकाचोर्नले कु गरेका थिए । 

हिटलरको हत्या प्रयास

सन् १९३९ मा जर्मनीका सिकर्मी जोहान जर्ज इल्सरले एडोफ हिट्लर र नाजी पार्टीका अन्य उच्च पदस्थ अधिकारीहरुलाई हत्या प्रयास गरेका थिए ।  एउटा कार्यक्रममा हिटलरसहित सबै जना सहभागी भएका बेला इल्सरले एउटा शक्तिशाली टाइम बम बिस्फोट गराएका थिए । बिस्फोटमा हिटलर बाँच्न सफल भएका थिए । उनलाई पाँच वर्ष जेल सजाय तोकिएको थियो।

एक्सरे पत्ता लगाउने पहिलो व्यक्ति

जर्मनीका भौतिक शास्त्री विलहेल्म कोनराड रोयन्टजेनले अकस्मात एक्सरे पत्ता लगाएका थिए । सोही आबिश्कारका लागि उनलाई सन् १९०१ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

हिटलरको असफल सत्तापलट प्रयास

सन् १९२३ मा आजकै दिन बर्लिनतर्फ विशाल हलीसहित मार्च गरेका एडोल्फ हिटलर र नाजी पार्टीका अन्य सदस्यहरुले सरकार ढाल्ने असफल प्रयास गरेका थिए । उनीहरुले म्युनिखस्थित बीं केलरबाट मार्च सुरु गरेका थिए । कू प्रयास असफलपछि हिटलरलाई पक्राउ गरी केही बर्ष कैद गरिएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।