English

घरपालुवा जनावरको स्याहार



डा.शरदसिंह यादव

हामी मध्ये धेरैले घरमा कुकुर, खरायो, सुगा लगायत घरपालुवा जनावर पालेका हुन्छौं । घरपालुवा जनावरहरू मध्ये धेरै रुचाइने र बफादार जनावर कुकुर हो । घरपालुवा जनावरहरू धेरै भएतापनि प्रायः मानिसहरूको रोजाइमा भने कुकुर नै पर्छ ।

कुकुरलाई दिनहुँ घरबाहिर डुलाउन लैजानुपर्छ र ऊसँग खेल्नुपर्छ । कुकुरलाई पनि व्यायमको आवश्यकता हुन्छ ।

घरपालुवा जनावर पाल्नु भन्दा अघि पशु चिकित्सकसँग सल्लाह गर्नुपर्छ । घरपालुवा जनावर पाल्दा १० देखि १५ वर्षको लागि पालिन्छ । त्यसैले, जनावरहरूसंग एक किसिमको भावनात्मक सम्बन्ध पनि बन्छ । घरपालुवा जनावर पाल्दा ती सँग सम्बन्धित केही जानकारी नभई अरुको लहलहैमा लागेर पाल्दा विभिन्न समस्याहरू देखापर्न सक्छ । त्यसैले, जनावर प्रेमी मानिसले घरपालुवा जनावरको विशेष हेरचाह गर्नुपर्छ । कुनै घरपालुवा जनावर वा कुकुर पाल्दा र हेरचाह गर्दा यी पक्षमा ध्यान दिन जरुरी हुन्छ ।

– घरमा कुकुर पाल्दा ठाउँ अनुसारको कुकुर छनोट गर्नुपर्छ । ठाउँ सानो छ भने सानो जातको कुकुर र ठूलो ठाउँ छ भने ठूलो कुकुर पाल्दा हुन्छ ।

– ठूलो कुकुर पाल्दा त्यसलाई समय र हेरचार पनि धेरै चाहिने भएकाले समय र पैसालाई पनि ध्यानमा राखेर कुकुरको छनोट गर्नु उपयुक्त हुन्छ ।

– घरपालुवा जनावर पाल्नु भन्दा अघि पशु चिकित्सकसँग सल्लाह लिनु पर्दछ । यसो गर्दा जनावर पाल्दा हुने विभिन्न समस्याहरू कम हुन्छ ।

– यदि तपाई घरमा सानो कुकुर ल्याउँदै हुनुहुन्छ भने त्यो कम्तिमा पनि ४० दिन कटेको हुनुपर्छ ।

– कुकुरलाई मानिसको खानाले पोषण नपुग्ने हुनाले तिनका लागि बनेको डगफुड नै दिनुपर्छ, जसमा तिनीहरूलाई चाहिने सम्पूर्ण पोषण समावेस हुन्छ ।

– डिएचपीपीआइल, रेबिज, कोरोनालगायत खोप कुकुरलाई ४५ दिनको उमेरबाट दिन सुरु गर्नुपर्छ । खोप लगाएको एक महिनापछि पुनः ती खोपको दोस्रो डोज दिनु पर्छ । यी खोप प्रत्येक वर्ष दिनुपर्छ ।

– कुकुरलाई प्रत्येक तीन महिनामा तौल अनुसार जुकाको औषधी दिनुपर्छ र ६ देखि ७ महिनाको उमेरमा बन्ध्याकरण गराउनु पर्छ ।

– घरपालुवा जनावरको खाने, सुत्ने, घुम्ने लगायतको प्रत्येक दिनको रुटिन निश्चित समयमा तोक्नु पर्छ ।

– कुकुरलाई दिनहुँ घरबाहिर डुलाउन लैजानुपर्छ र ऊसँग खेल्नुपर्छ । कुकुरलाई पनि व्यायमको आवश्यकता हुन्छ ।

– कुकुरलाई विभिन्न संक्रमणहरू बाट बचाउन उसलाई नुहाउने देखि नियमित सरसफाईमा ध्यान दिनुपर्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested