‘बरिष्ठ’ को सम्झनामा शोकाकुल हङकङेली
‘हाउँ बरिष्ठ’, यो सम्मानित शब्द स्वर्गीय किसन राईलाई हङकङेली नेपालीले दिएको उपनाम हो । हङकङमा बसोबास गर्ने अधिकांश नेपाली उनलाई यही शब्दले बोलाउँथे, जिस्क्याउँथे, ठट्टा गर्थे, घन्टौं गफिन्थे, दुःख सुख साट्थे । तर, २ हप्तायता हङकङमा यो शब्द गुमनाम छ । अझ भनौं आँसुमा बगेको छ ।
यिनै बरिष्ठको गत कात्तिक ७ गते निधन भयो । त्यसयता हङकङको नेपाली समुदाय शोकमा डुबेको छ । नेपाली पत्रकारिता र समाजसेवामा उनले दिएको योगदानलाई हङकङबासीले सहजै बिर्सन सकिरहेका छैनन् ।
जोर्डनस्थित एमएसी हल, याउमातेईमा आयोजित कार्यक्रममा सहभागि सबैले स्वर्गीय राईका सत्कर्मलाई मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा बोल्दै नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले नेपाली समुदायले एउटा नेता अर्थात् अभिभावक गुमाएको बताए ।

स्वर्गीय राईकै सम्झनामा आइतबार हङकङमा श्रद्धाञ्जली सभा सम्पन्न भयो । गैर आवासीय नेपाली संघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाति महासंघ हङकङ, नेपाल चेम्बर अफ कमर्स हङकङ, नेपाल पत्रकार संघ हङकङ लगायतको संयुक्त आयोजनामा उक्त शोक सभा सम्पन्न भएको हो । सभालाई नेपाली आदिवासी जनजाति महासंघ हङकङले संयोजन गरेको थियो ।
जोर्डनस्थित एमएसी हल, याउमातेईमा आयोजित कार्यक्रममा सहभागि सबैले स्वर्गीय राईका सत्कर्मलाई मुक्तकण्ठले प्रशंसा गरे । कार्यक्रममा बोल्दै नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले नेपाली समुदायले एउटा नेता अर्थात् अभिभावक गुमाएको बताए । ‘किसन राईको जीवनमात्र गुमेको छैन हङकङको नेपाली समुदायले एउटा अभिभावक गुमाएको महसुस गरेको छु,’ उनले भने, ‘मैले चाहिँ एउटा सहयोद्धा गुमाएँ । धर्म र स्वर्गमा विश्वास नगर्ने मेरा परम् मित्र किसन राईको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु ।’

स्वर्गीय राईको निधनले हङकङको नेपाली समुदायले एउटा बहुआयामिक प्रतिभाका धनी, निडर र हक्की स्वभाव भएको व्यक्ति गुमाएको नेपाल पत्रकार संघ हङकङका कार्यवाहक अध्यक्ष इन्द्र लोक्साम बताउँछन् ।
स्वर्गीय राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक पत्रिकाका सम्पादक तथा प्रकाशकसमेत हुन् । यसमा राईको आत्मा जोडिएकाले यसलाई बन्द गर्न नहुनेमा वनेमले जोड दिए । ‘यो पत्रिकामा कतै न कतै किसनको आत्मा छ, त्यसैले एभरेष्ट पत्रिका बन्द भयो भने उसको आत्माले शान्ति पाउँदैन,’ उनले भने, ‘नेपाली समुदायले जसरी पनि यो पत्रिकालाई अघि बढाउनुपर्छ ।’
राईको निधनले हङकङको नेपाली समुदायले एउटा बहुआयामिक प्रतिभाका धनी, निडर र हक्की स्वभाव भएको व्यक्ति गुमाएको नेपाल पत्रकार संघ हङकङका कार्यवाहक अध्यक्ष इन्द्र लोक्साम बताउँछन् । साथै, हङकङको बेग्लै संस्कृति र भूगोलमा रहेर लामो समय एभरेष्ट पत्रिका चलाउनु नै गौरवको विषय रहेको उनले सुनाए । ‘उहाँले चलाएको कलमले हङकङली समाजको विकृति विसंगतीलाई रोक्न निकै सहयोग गर्यो,’ उनले भने, ‘जे देख्यो त्यो सम्प्रेषण गर्ने उहाँको बानी थियो त्यसले कतिपय साथीहरुबीचमा मतभेद भयो, उहाँमाथि सांघातिक हमला पनि भयो तैपनि, उहाँको कलम रोकिएन ।’

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुलीले हङकङले एउटा कुशल समाजसेवी र पत्रकार गुमाएको बताए । स्वर्गीय राई नेपाल चेम्बर अफ कमर्श हङकङका संस्थापक समेत हुन् । त्यसैले चेम्बरको स्थापनाकालदेखिका प्रसंगलाई कोट्याउँदै उनले भने, ‘मैले किसन राईलाई हङकङमै आएर चिनेको हुँ । सकारात्मक सोचका साथ हामी जोडिएका थियौं । चेम्बरको स्थापनामा उहाँको ठूलो योगदान छ । हरेक हप्ता अफिसमा आइरहनुहुन्थ्यो । अहिले पनि उहाँ नै आउनुभयो कि भन्ने झल्को आइरहन्छ । हामीले एभरेष्ट पत्रिकालाई चेम्बरको अफिसियल मिडिया बनाएका थियौं । २०११ मा उहाँ चेम्बरको सचिव हुनुभयो । हाल चेम्बरको सल्लाहकार हुनुहुन्थ्यो । त्यसैले हामीलाई उहाँको अभाव सधैं खट्किरहने छ ।’

समाजको उद्धारका लागि अनवरत रुपमा हरेक कोणबाट लागिपर्ने राईको निधनले हङकङका नेपालीमा अपूरणीय क्षति पुगेको हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना ले बताए । ‘किसन राई हङकङेली नेपाली समुदायको हितका लागि कहिले जनजाति, कहिले एनआरएन त कहिले पत्रकारको रुपबाट अनवरत रुपमा लागिरहनुभयो,’ उनले भने, ‘उहाँको स्मृति स्वरुप हङकङमा बस्ने नेपालीले कोष उठाएर कुनै पुस्तकालय अर्थात ऐतिहासिक काम गर्न सक्ने हो भने उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।’


यो लेख पढन् छुटाउनु भयो कि ?
किसन दाई : ‘जो न कहिल्यै लडखडाए न डगमगाए’
एनआरएनए हङकङका अध्यक्ष गोकर्णप्रसाद ढकालले स्वर्गीय राईको सम्झनामा पत्रकारिता पुरस्कार स्थापना गर्न आह्वान गरे । ‘किसन राई हङकङबासीको उज्जवल नक्षत्रको रुपमा अस्ताउनुभएको छ,’ उनले भने, ‘उहाँले दिएको सकारात्मक सोचलाई नेपाली समाजले कदर गर्नैपर्छ । साथै, उहाँले समाजसेवामा दिएको योगदानलाई आजीवन सम्झिरहनका लागि एउटा पत्रकारिता पुरस्कार स्थापनाका लागि आह्वान गर्दछु र यसका लागि म पूर्ण प्रतिवद्धसमेत छु ।’

हङकङको सरकारी निकायबाट एउटा नेपालीको मृत्युमा यसरी समवेदना पत्र लेख्नुले पनि राईको हङकङ समाजप्रतिको योगदान कति महत्वपूर्ण थियो भन्ने बुझ्न धेरै गाह्रो नपर्ला ।
नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङले होम अफेयर्स डिपार्टमेन्ट हङकङले स्वर्गीय राईको परिवारलाई पठाएको समवेदना पत्र पढेर सुनाएकी थिइन् । जसमा भनिएको थियो, ‘हङकङ र नेपाली समुदायका लागि योगदान दिने व्यक्ति गुमाएकोमा निकै दुःखी छौं । स्वर्गीय राईप्रति हार्दिक श्रद्धाञ्जली साथै, परिवारजनमा सहन सक्ने शक्ति प्रदान होस् ।’ हङकङको सरकारी निकायबाट एउटा नेपालीको मृत्युमा यसरी समवेदना पत्र लेख्नुले पनि राईको हङकङ समाजप्रतिको योगदान कति महत्वपूर्ण थियो भन्ने बुझ्न धेरै गाह्रो नपर्ला ।

हङकङ भारतीय समुदायको तर्फबाट स्व. राईलाई श्रद्धाञ्जली दिन उपस्थित भएकी नीडा पुष्करान पटक–पटक भक्कानिइन् । हङकङको नेपाली समुदायले एउटा इमान्दार, नम्र, मिलनसार, बौद्धिक र समाजका लागि बाँच्ने व्यक्ति गुमाएको सम्झँदै उनले भनिन्, ‘किसनलाई श्रद्धाञ्जली भन्ने मसँग शब्द छैन ।’

हङकङ नेपाली समाजको रुपान्तरण, भाषाको संरक्षण, कला संस्कृतिको प्रवर्द्धन र नेपालका विभिन्न संघसंस्थालाई परिचालन गर्ने लडाकू गुमाएको हङकङका महावाणिज्यदूत उदयबहादुर रानामगर बताउँछन् । ‘स्वर्गीय राईले प्रवासमा रहेर नेपाली समाजका लागि गर्नुभएको योगदानको जति प्रशंसा गरे पनि सकिँदैन,’ उनले भने, ‘त्यसैलाई कदर गर्दै नेपाल सरकारले उहाँलाई प्रबल जनसेवा श्रीबाट सम्मान गर्ने घोषणा गरेको थियो । यो न्योयोचित छ जस्तो लाग्छ ।’

नेपाल बाहिर बसेको नेपाली समाज अर्थात् नेपाली डायसपोरामा नेपाली भाषा साहित्यमा किसन राईको २ दशकको योगदानले हङकङको समाजमा बलियो जग बसालेको छ । समाज बन्न आवश्यक सबै तत्वहरुको समान विकास हुनुपर्छ भन्ने स्व.राईको मान्यता रहेको पत्रकार तथा लामो समयदेखि हङकङमा नेपाली भाषा अध्यापन गराउँदै आएका देवराज राई बताउँछन् । ‘म उनीसँग धेरै नजिक रहेर काम गरेको छु,’ उनले भने, ‘किसन चीनको यो भूमीमा एउटा सुन्दर नेपाली समाज भएको देख्न चाहन्थे । उनी भन्थे, म मर्न तयार छु तर, सत्य लुक्नु हुँदैन, विकृति फैलनु हुँदैन । त्यसो त राई जीवनभर आफ्नो स्वाभिमानमा अडिग भएर बाँचे ।’

पत्रकारितमा स्व. राईले जुन खालको नेतृत्व गरिरहेका थिए त्यसलाई खुकुलो पार्न नहुने उनले बताए । ‘नेपाली पत्रकारिता, समाजसेवा, जनजातिको हकहितका लागि किसनले जुन तहबाट काम गरेको थियो त्यसलाई हामी सबैले मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । अनि मात्र किसन (वरिष्ठ)को आत्माले शान्ती पाउँछ,’ उनले भने ।
कार्यक्रमको अन्तिम वक्ताका रुपमा थिए, नेपाली आदिवासी जनजाति महासंघको कार्यवाहक अध्यक्ष कृष्णराज लाओती । स्वर्गीय राईप्रति श्रद्धाञ्जली दिँदै गर्दा उनका कैयौंपटक गला अवरुद्ध बने । ‘मलाई कुनै समस्या पर्यो भने किसनलाई सम्झन्थेँ,’ उनले भने, ‘उसले दिएको सुझावका साथ अघि बढ्दा धेरै ठाउँमा सफल भइन्थ्यो आज म लगायत हङकङेली नेपालीहरुले एउटा निडर, निस्वार्थी समाजसेवाको भाव बोकेको मान्छे गुमाएको छ ।’

पत्रकारितामा स्व. राईले जुन खालको नेतृत्व गरिरहेका थिए त्यसलाई खुकुलो पार्न नहुने उनले बताए । ‘नेपाली पत्रकारिता, समाजसेवा, जनजातिको हकहितका लागि किसनले जुन तहबाट काम गरेको थियो त्यसलाई हामी सबैले मुक्तकण्ठले प्रशंसा गर्नुपर्छ । अनि मात्र किसन (वरिष्ठ)को आत्माले शान्ती पाउँछ,’ उनले भने ।
आजै किरात राई यायोख्खा हङकङले समेत सुप्तुलुङखीम (चुलाघर) मा दिवंगत किसन राईको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । उहाँ किरात राई यायोख्खाको पूर्व अध्धक्ष र वर्तमान संरक्षक हुनुहुन्थ्यो ।
स्व. किसन राईले मेरोलाइफस्टाइलका लागि लेख्नुभएको आलेख :
तस्बिरहरु : जगत अम्बु गुरुङ, बिक्रम गुरुङ, इन्द्र वनेम












