English

विश्वमा आजः रसियाको अक्टोबर क्रान्तिदेखि थाइलेन्डमा सेनाको ‘कू’



आज ७ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

ट्युनिसियामा कू

सन् १९८७ मा ट्युनिसियामा रक्तपातविहिन कू भएको थियो । तत्कालिन राष्ट्रपति हबिब बर्गयुबालाई सत्ताच्युत गरी जिने इल अबिदाइन बेन अली ट्युनिसियाका राष्ट्र«पति भएका थिए ।

रसियाको अक्टोबर क्रान्ति

सन् १९१७ मा भ्लादिमिर लेनिनले नेतृत्व गरेको क्रान्तिकारी माक्र्सबादी समूह बोसेभिक्सले तत्कालिन रसियाली शासकहरुको दरबार विन्टर प्यालेसलाई नियन्त्रणमा लिएर सम्पूर्ण शक्ति कम्युनिष्टलाई सुम्पिएको घोषणा गरेको थियो ।

अमेरिकी संसदमा निर्वाचित प्रथम महिला

सन् १९१६ मा मोन्टानाकी महिला जिन्नेटी रानकिन अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् । उनी अमेरिकी सदनमा निर्वाचित हुने पहिलो महिला हुन् ।

थाइलेन्डमा सेनाको कू

सन् १९४७ मा थाइलेन्डमा सेनाले कू गरेको थियो । तत्कालिन प्रधानमन्त्री थवान थामरोंग नवासवतलाई अपदस्त गरी सेनाले खुङ अफाईवोङलाई प्रधानमन्त्री चयन गरेको थियो ।

अन्तर सहर दौड

सन् १८६९ मा पहिलो अन्तर सहर साइकल दौड सम्पन्न भएको थियो । फ्रान्सको पेरिस र रोउन सहरमा प्रतियोगिता आयोजना भएको थियो ।

यो पनि पढ्नुहोस् :
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
विश्वमा आजः विश्व व्यापार केन्द्रको स्थापनादेखि चीनको ग्रेट वालको अर्को खन्ड फेला



सम्बन्धित खबरहरु

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको “बेग्लै खुशी” बोलको म्युजिक भिडियो ओएसआर  डिजिटल युट्युब च्यानलमा सार्वजनिक भएको छ। प्रेमिल शैलीको

‘सेलिब्रेसन इन स्प्लेन्डर’ थिम अन्र्तगत हङकङमा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालले समेत आफ्नो प्रस्तुति दिएको छ । २० भन्दा बढी एसियाली