English

भाईटीकामा दाजुभाईलाई के दिने उपहार ?



तिहार नेपालीहरुको दोस्रो महान चाड हो । यो चाडमा दाजुभाई र दिदीबहिनी भेटघाट हुने र सम्बन्ध प्रगाढ बनाउने अवसर पनि हो । दिदीबहिनीले आफ्नो दाजुभाईको सुख, समृद्धि एवं दिर्घायुको कामनाको साथ यो पर्व मनाईन्छ । तिहारमा दिदिबहिनीले दाजुभाईलाई पूजा गरि मिष्ठान भोजन खुवाएर उपहार दिने चलन पनि छ । दाजुभाईलाई के उपहार दिने त ? भन्ने दुविधामा हुनुहुन्छ ? यी हुन् तपाईंले तिहारमा आफ्ना दाजुभाईलाई दिन सक्ने उपहार :

घडी

दाजुभाईलाई गिफ्टको रुपमा विभिन्न प्रकारका घडीहरु दिन सकिन्छ । आजभोलि बजारमा स्मार्ट घडी पनि एकदमै प्रचलनमा छ । त्यसैले दाजुभाईलाई स्मार्ट घडी तथा अन्य घडी पनि उपहारको रुपमा दिन सकिन्छ ।

खेलकुदको सामाग्री

पुरुषहरुलाई खेलकुदमा एकदम धेरै रुचि हुन्छ । तपाईको दाजुभाई पनि फुटबल, क्रिकेट, भलिबल लगायतका खेलकुदहरुमा रुचि राख्छन् भने उनीहरुलाई खेलकुदको सामग्रीहरु जस्तै ः बल, ब्याट, जर्सि, जुत्ता आदि पनि उपहार स्वरुप दिन सकिन्छ ।

पर्स

उपहारको लागि अर्को राम्रो विकल्प पर्स अर्थात् वालेट पनि हुनसक्छ । आजभोलि बजारमा थुप्रै आकर्षक पर्सहरु किन्न पाइन्छ । उपहारको रुपमा दाजुभाईलाई पर्स दिँदा निकै उपयोगी हुन्छ ।

कपडा

बजारमा चलेको फेसनको कपडा पनि दाजुभाईलाई उपहार दिन सकिन्छ । विभिन्न किसिमको कपडा बजारमा उपलब्ध छ । जाडो सुरु भएकाले जाडोको कपडा ज्याकेट, स्वेटर, मफलर, मोजा आदि गिफ्ट दिनु पनि उपयुक्त हुन्छ ।

जुत्ता

तिहारमा दाजुभाईलाई जुत्ता पनि उपहार स्वरुप दिन सकिन्छ । यो एकदमै उपयोगी हुन सक्छ । बजारमा विभिन्न ब्रान्डका जुत्ताहरु उपलब्ध छन् । दाजुभाईको रुचि अनुसारको जुत्ता दिनुहोस् ।

सनग्लास

दाजुभाईलाई सनग्लास पनि राम्रो गिफ्ट हुन सक्छ । नेपाली बजारमा विभिन्न ब्रान्डको सनग्लासहरु उपलब्ध छ । अहिले फेसनमा भएको सनग्लास दिन सकिन्छ । यो पनि निकै उपयोगि गिफ्ट हुन सक्छ ।

फोन

दसैं,तिहार र छठको अवसर पारेर इलोक्टो«निक कम्पनीहरुले ग्याजेटहरु छुट तथा अफरमा बजारमा ल्याउने गछनर्् । त्यही अफरको फाइदा उठाएर दाजुभाईलाई स्मार्टफोन उपहारका रुपमा दिन सकिन्छ । त्यसैले स्मार्टफोन पनि राम्रो उपहार सामाग्री बन्न सक्छ ।

पुस्तक

तपाईको दाजुभाई पुस्तक प्रेमी हुनुहुन्छ भने तिहारमा पुस्तक पनि उपहारको रुपमा दिन सक्नुहुन्छ । बजारमा नयाँ आएका पुस्तकहरुलाई उपहार स्वरुप दिँदा पनि उपयोगी हुन्छ ।

परफ्युम

तपाईको दाजुभाई परफ्युमको सौखीन हुनुहुन्छ भने यो पनि दिन सकिन्छ । बजारमा विभिन्न ब्रान्डका परफियुमहरु उपलब्ध छन् । दाजुभाईको रुचि अनुसारको परफ्युम पनि एउटा राम्रो उपहार हुन सक्छ ।

फोटो प्रिन्ट गरेको सामाग्रीहरु

आजभोली कप, टिर्सट र कुसनहरुमा फोटो प्रिन्ट गरेर दिने चलन पनि छ । त्यसैले फोटो प्रिन्ट गरिएको विभिन्न सामाग्रीहरु पनि गिफ्टको रुपमा दिन सकिन्छ ।

यो पनि पढ्नुहोस् :
१७० कुकुरकी अन्नदाता : स्नेहा
कसरी गर्ने लक्ष्मी पूजा ? यस्तो छ विधि
सयपत्री सप्रिदा किसान मख्ख : चितवनमा ३५ बिघामा फूलखेती, तिहारलाई साढे दुई लाख माला
विश्वमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट एयरको विमान दुर्घटनामा २१७ को मृत्यु
विश्वमा आजः युरोपेली देशमा एकल मुद्रा कायम गर्ने म्यासट्रिच्ट सन्धिदेखि रसियाका अन्तिम शासक
भाइटीकाको साइत सार्वजनिक, टिकाको शुभ साइत ११ः०२ बजे
यमपञ्चकका ५ दिन, यस्तो छ महत्व
कलाकारको तिहार योजना, कसको के ?



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ