English

कसरी बन्ने शाकाहारी ?

जस्ताे खाना खानुहुन्छ, त्यस्तै बन्नुहुन्छ


तपाईंले कस्तो किसिमको खाना खानुपर्छ भन्ने कुरा, भोजनबारे तपाईंको सोचाइ कस्तो छ ? अनि तपाईंका मूल्य र मान्यताहरूमा के–कस्ता छन् ? भन्ने विषयमा निर्भर रहनुहुँदैन— बरु, शरीरले के चाहन्छ भन्ने कुरामा निहित रहनुपर्छ । किनकि, भोजन शरीरसँग सम्बन्धित हुन्छ । जब के खाने र के नखाने भन्ने कुरा आउँछ, तब आफ्नो डाक्टर वा पोषणविद्लाई नसोध्नुहोस्, किनकि उनीहरू हरेक ५ वर्षमा आफ्ना धारणाहरू फेरिरहेका हुन्छन् ।

जब खानाको कुरा आउँछ, तब कस्तो प्रकारको खानेकुरा खाँदा यो प्रसन्न महसुस गर्छ भनेर आफ्नै शरीरलाई सोध्नुहोस् । फरक–फरक खानेकुराहरू खानुहोस् अनि खाना खाइसकेपछि शरीरले कस्तो महसुस गर्दछ भन्ने कुरामा ध्यान दिनुहोस् । यदि तपाईंको शरीर एकदमै फूर्तिलो, ऊर्जावान् र आनन्दित महसुस गऱ्यो भने, शरीर प्रसन्न रहेको छ भनेर बुझ्न सकिन्छ । यदि शरीर सुस्त र अल्छी महसुस गर्दछ अनि जागा अवस्थामा रहनको लागि निरन्तर कफी, चिया, चुरोट लिइरहनु पर्ने भएको छ भने, शरीर प्रसन्न अवस्थामा छैन भनेर बुझ्न सकिन्छ, होइन र ?

अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन !

यदि तपाईंले आफ्नो शरीरलाई सुन्नुभयो भने, तपाईंको शरीर कस्तो प्रकारको खानाबाट प्रसन्न रहन्छ भनेर यसले प्रष्टै बताउनेछ । तर, अहिले, तपाईं आफ्नो मनको कुरा सुनिरहनु भएको छ । तपाईंको मनले जतिबेला पनि तपाईंलाई ढाँट्दछ । तपाईं आफैँ हेर्नुहोस्, के यसले तपाईंलाई ढाँटिरहेको छैन र ? आज यसले तपाईंलाई यही कुरा ठीक हो भन्छ । अनि, भोलि फेरि यसले तपाईंलाई हिजो कस्तो कुरामा विश्वास गरिएछ भनेर मुर्ख जस्तो महसुस गराउँछ । त्यसैले, मनको पछि नलाग्नुहोस् । तपाईंले आफ्नो शरीरलाई मात्र सुन्न सिक्नुपर्छ ।

अरू सबै जनावर, सबै प्राणीहरूलाई के खाने र के नखाने भनेर थाहा हुन्छ । मनुष्यलाई यस संसारको सबैभन्दा बुद्धिमानी मानिन्छ, तर उनीहरूलाई के खानुपर्छ भनेर नै थाहा छैन । कसरी रहने भन्ने त परैको कुरा, मानिसहरूलाई के खानुपर्छ भन्नेसम्म पनि थाहा छैन ! त्यसैले, आफ्नो शरीरलाई सुन्नको लागि तपाईंमा निश्चित ध्यान र समझदारी हुनुपर्छ । जब तपाईंमा त्यो रहन्छ, त्यसबेला तपाईंलाई के खाने र के नखाने भनेर थाहा हुन्छ ।

तपाईंभित्र जाने खानाको गुणको सन्दर्भमा हेर्ने हो भने, निश्चय पनि तपाईंको प्रणालीको लागि मांसाहारी खानाको तुलनामा शाकाहारी खाना निकै बढी उत्तम हो । हामीले यसलाई नैतिकताको दृष्टिकोणबाट हेरिरहेका छैनौँ । हामीले यो शारीरिक प्रणालीको लागि के उपयुक्त छ भनेर मात्र हेरिरहेका छौँ— हामी त्यस्तो खानेकुरा खान चाहन्छौँ, जसले हाम्रो शरीरलाई आरामपूर्ण स्थितिमा राख्छ ।

जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ । यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन ।

चाहे तपाईं आफ्नो व्यापार–व्यवसाय राम्ररी चलाउन चाहनुहोस् वा राम्रो अध्ययन गर्न चाहनुहोस् वा अरू जुनसुकै काम राम्रो ढङ्गले गर्न चाहनुहोस्, तपाईंको शरीर आरामपूर्ण स्थितिमा रहनु एकदमै अपरिहार्य हुन्छ । त्यसैकारण, हामीले त्यस्तो खानेकुरा खानुपर्छ, जसबाट यो शरीर सहज एवं आरामपूर्ण स्थितिमा रहन सकोस् अनि त्यो भोजनबाट पोषण लिनको लागि संघर्ष गर्नु नपरोस् ।

कसरी शाकाहारी बन्ने ?

तपाईं प्रयोग गरेर हेर्न सक्नुहुन्छ: शाकाहारी भोजनलाई नपकाएको स्थितिमा खानुहोस् अनि त्यसले शरीरमा कस्तो फरक पार्छ भनेर हेर्नुहोस् । यसको पछाडि रहेको सोच के हो भने, हामी सम्भव भएसम्म खानालाई जीवित रूपमा खान चाहन्छौँ— जे–जति सम्भव हुन्छ, हामी तिनलाई ताजा रूपमै खान चाहन्छौँ ।

जीवनलाई कायम राख्नको लागि जीवित कोषिकामा सबैथोक रहेको हुन्छ । यदि तपाईंले जीवित कोषिका उपभोग गर्नुभयो भने, तपाईंको प्रणालीको स्वास्थ अहिले सम्मको भन्दा निकै फरक हुनेछ । जब हामी खानेकुरा पकाउँछौँ, तब त्यसको जीवन नष्ट हुन्छ । खानेकुरालाई नष्ट गरिसकेपछि खाँदाखेरी, त्यही मात्रामा जीवन ऊर्जा प्राप्त हुँदैन । तर, यदि तपाईंले खानेकुरालाई काँचै अवस्थामा खानुभयो भने, यसले तपाईंमा छुट्टै स्तरको जीवन्तता ल्याउँछ ।

यदि तपाईंले प्रशस्त मात्रामा टुसाएका गेडागुडीहरू, फलफूल र अरू सागसब्जीहरूलाई जीवित रूपमा खानुभयो भने— आफ्नो आहारमा कम्तीमा पनि ३०–४० प्रतिशत काँचो खानेकुरा समावेश गर्न सक्नुभयो भने— तपाईंले यो स्पष्ट महसुस गर्न सक्नुहुन्छ कि यसले तपाईंभित्रको जीवनलाई पनि एकदमै राम्रोसँग राख्नेछ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईं जुन खानेकुरा खानुहुन्छ, त्यो आफैँमा जीवन हो । हाम्रो जीवनलाई थामेर राख्नको लागि अरू जीवनहरूले आफैँलाई बलिदान गरिरहेका छन् । यदि हामीले आफूलाई जीवित राख्नको लागि आफ्नै जीवन त्यागिरहेका ती सम्पूर्ण जीवनहरूप्रति अत्यन्तै कृतज्ञताको भावले भोजन ग्रहण गऱ्यौँ भने, त्यही भोजनले तपाईंभित्र एकदमै छुट्टै तरिकाले व्यवहार गर्नेछ !



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।