English

बढ्दै पुराना मुद्राको महत्व



मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका छन् । त्यस्तै रुचि भएका एक हुन् काठमाडौं, वसन्तपुरका मदन कर्माचार्य ।

कर्माचार्यले पुरानो नोट, पैसाहरूको संकलन गर्न थालेको धेरै भइसक्यो । विगत पाँच दशकदेखि पुरानो पैसा संकलन गर्दे आएका उनीसँग लिच्छिविकालीन राजा मानदेवको पालादेखिको सिक्का रहेका छन् ।

अरुले बेवास्ता गरेका पुराना नोट तथा सिक्का संकलन गरेर राख्ने र बेच्ने पनि गर्दछन् कर्माचार्य । मल्लकाल र शाहकालको फुक्का दाम भनिने सिक्काहरू कर्माचार्यसँग छ । यसका साथै, राजा वीरेन्द्रको पालामा निक्लेको चुनादाम भनिने ०.३०० मिलिग्रामको सुनको पैसा पनि उनीसँग छ । उनी भन्छन्, ‘राजा जयप्रकाश मल्लको पालामा निक्लिएको सुनको असर्फी मैले देखेको छु, मसँग भने छैन । तर, सुन, चाँदी, तामा र पित्तलको प्रायः सबै पैसाहरू मसँग छन् ।’

आफूूले पुरानो पैसाको संकलन बच्चा बेलादेखि गर्न थालेकाले यसबारे धेरथोर ज्ञान भएको कर्माचार्य बताउँछन् । उनले भने, ‘पुराना पैसा बेच्ने काममा भने म उति सक्रिय छैन । आफूसँग बढी भएका पैसा मात्र म बेच्छु ।’ अहिले पुरानो पैसाको महत्व बढिरहेको र नेपालीहरू पनि पुरानो पैसा संकलन गर्न आउने गरेको उनले बताए । सिक्का र नोटको मूल्य त्यसको अवस्थामा भर पर्ने पनि उनी बताउँछन् ।

पैसा जति नै पुरानो भए पनि त्यसमा लेखिएको अक्षरहरू मेटिएको छ भने त्यसको महत्व घट्छ, र बेच्दा पनि कम मूल्य आउँछ । एक रुपैयाँ सिक्का, नोटको २ देखि ४० हजारसम्म तिरेर किन्ने मानिसहरू तयार हुन्छन् ।

संकलकहरूका अनुसार पुरानो नोटको सुरक्षा जति गर्न सक्यो, त्यो त्यति नै मूल्यवान हुन्छ । पुराना पैसामा अंकित लेखोटले पैसाको इतिहासको बारेमा जानकारी दिन्छ । मदन कर्माचार्यसँग पैसा संकलन गर्न आउने प्रायः नेपाली हुन्छन् । उनीहरू इतिहासमा रुचि भएको उनले पाएका छन् । भन्छन्, ‘पुरानो नोटको ऐतिहासिक महत्व धेरै हुन्छ । तर, यति नै पैसा पर्छ भनेर तोक्न मिल्दैन ।’

त्यस्तै, ललितपुर, कुपण्डोलका गम्भीरमान जोशीले पनि विगत ६ दशकदेखि पुरानो पैसाको संकलन तथा बिक्री गर्दै आएका छन् । उनका बुबा पनि सोही पेशामा संलग्न थिए । बाबुको बिंडो उनले पच्छ्याए ।

‘मेरोमा पैसा संकलन गर्न आउने पहिले विदेशी हुन्थे, अहिले नेपाली नै बढी छन्’, जोशीले भने, ‘पुरानो पैसाले इतिहास झल्काउने भएकोले इतिहासको विषयमा रुचि भएका मानिसहरू पैसाको संकलन गर्न बढी आउँछन् ।’

पुरानो सिक्काहरूको मूल्य कसरी निर्धारण गर्ने भन्ने जिज्ञासामा जोशी भन्छन्, ‘त्यो कति वर्ष पुरानो हो, त्यसको अवस्था कस्तो छ ? यही कुराले निर्धारण गर्छ ।’ उनका अनुसार पैसा जति नै पुरानो भए पनि त्यसमा लेखिएको अक्षरहरू मेटिएको छ भने त्यसको महत्व घट्छ । र, बेच्दा पनि कम मूल्य आउँछ । लेखिएको अक्षरहरू स्पस्ट छ र केरमेट भएको छैन भने त्यसको महत्व बढ्छ । र, बेच्दा धेरै मूल्यमा बेच्न सकिन्छ । एक रुपैयाँ सिक्का, नोटको २ देखि ४० हजारसम्म तिरेर किन्ने मानिसहरू तयार हुन्छन् । जोशीले पुरानो पैसा बेचेरै मासिक ३० देखि ४० हजारसम्म कमाउँछन् ।

पुरानो नोटहरू संकलन गर्ने जनक खड्गी यो क्षेत्रमा लागेको तीन दशक भयो । नेपालमा भएको सबै पुराना नोटहरूको संकलन उनले गरेका छन् । आफूले संकलन गरेको पैसालाई उनी बेच्दैनन् तर कुनै युवाले पुरानो नोटहरूको संकलन गर्न चाहेमा सहयोग गर्न भने उनी पछि पर्दैनन् ।

‘अब यो पुरानो नोटहरूको संकलन गर्ने काम युवाहरूले गर्नुपर्छ, पुरानो नोट संकलन गर्ने काममा म जयहरी मल्लबाट प्रभावित भएको हुँ,’ खड्गीले भने, ‘हाल आएर धेरै मूल्यमा पुराना पैसा बिक्री हुने आशमा त्यसको अर्थ नबुझी पुरानो पैसाको संकलन गर्नेहरू बढेका छन् । फेसबुकहरूमा पनि पुरानो पैसाको दाम यति उति भनेर तोकिएको कुरा एउटा भ्रम मात्र भएको पनि खड्गी बताउँछन् ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।