English

योग गर्ने कि जिम जाने ?



मानिसको मांसपेशी–प्रणाली असाधारण छ । हाम्रा मांसपेशीहरूले अद्भुत काम गर्न सक्छन् । मांसपेशीहरूले काम गर्ने क्षमतालाई बढाउन तिनलाई बलियो एवं एकदमै लचिलो राख्नुपर्ने हुन्छ । यदि तपाईंले भारी तौल उचाल्ने व्यायाम गर्नुभयो भने, तपाईंका मांसपेशीहरू ठूला देखिन्छन्, तर तिनमा लचिलोपन हुँदैन । तपाईंले ठूला–ठूला मांसपेशीका गाँठागुँठी भएका मानिसहरूलाई ध्यान दिन सक्नुहुन्छ, उनीहरू राम्रोसँग नमस्कार गर्न सक्दैनन् ! उनीहरू निहुरिन समेत सक्दैनन् ।

यदि तपाईं राम्रो देखिनको लागि ठूला मांसपेशीहरू चाहनुहुन्छ भने, अचेल त्यसको लागि सजिलो तरिकाहरू छन् । तपाईं पाखुरा (बाइसेप्स) प्रत्यारोपण गराउन सक्नुहुन्छ । सिलिकन स्तन बढाउन मात्रै प्रयोग हुँदैन— यसलाई पाखुरा वा पिँडौलाको मासुमा वा अन्यत्र पनि प्रयोग गर्न सकिन्छ । त्यो व्यर्थको भएपनि त्यसले केही फरक पार्दैन । कम्तीमा तपाईंले कडा परिश्रम गर्नुपर्दैन, कर्टिसोन्स र हर्मोन जस्ता औषधिहरू लिनुपर्दैन अनि गह्रौँ फलाम उचाल्न समेत पर्दैन । यदि तपाईंको चाहना राम्रो देखिनु मात्रै हो भने, धेरै सरल तरिकाहरू छन् ।

अवश्य पनि, मांसपेशीलाई ठूलो र बलियो बनाउने प्रक्रियामा तपाईंले भरपूर बल प्राप्त गर्नुहुन्छ । तर, तपाईं पूर्णतया फरक तरिकाले आफूलाई बलवान् बनाउन सक्नुहुन्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शरीरलाई लचिलो राख्नु अपरिहार्य छ । स्वास्थ्य, ऊर्जा र मनको स्तरमा साथै आध्यात्मिक आयामको सन्दर्भमा खुसियालीका विभिन्न पक्षहरू हुन्छन् ।

अवश्य पनि, मांसपेशीलाई ठूलो र बलियो बनाउने प्रक्रियामा तपाईंले भरपूर बल प्राप्त गर्नुहुन्छ । तर, तपाईं पूर्णतया फरक तरिकाले आफूलाई बलवान् बनाउन सक्नुहुन्छ, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शरीरलाई लचिलो राख्नु अपरिहार्य छ । स्वास्थ्य, ऊर्जा र मनको स्तरमा साथै आध्यात्मिक आयामको सन्दर्भमा खुसियालीका विभिन्न पक्षहरू हुन्छन् । जब हामी बिहान आधा घण्टादेखि एक घण्टा समय आफ्नो लागि खर्चिन्छौँ, हामी यो सुनिश्चित गर्न चाहन्छौँ कि यसबाट हाम्रो पूरै शरीरमा चौतर्फी लाभ होस्, न कि केही मांसपेशीहरूमा मात्र ।

यदि तपाईं मांसपेशी बढाउन चाहनुहुन्छ भने, के तपाईंले फलाम उठाउनु हुँदैन ? तपाईं त्यसो गर्न सक्नुहुन्छ, किनकि आधुनिक प्रविधिको विकासले हाम्रो जीवनबाट व्यायाम र शारीरिक गतिविधिलाई खोसिदिएको छ । सबैथोक मेसिनले गर्दछन् । अचेल तपाईंले आइफोन बाहेक खासै अरू केही पनि बोक्नु नपर्ने भएको छ । पूरै दिनभरि तपाईं शरीरका अङ्गहरूलाई प्रयोग नै गर्नुहुन्न, त्यसैले हलुका शारीरिक परिश्रम गर्नु ठीक हो ।

योग– यो व्यायाम होइन !

योग भनेको व्यायाम होइन । यसका अन्य धेरै आयामहरू छन् । योगलाई कुनै व्यायाम वा कसरतको रूपमा सीमित गर्नु गम्भीर अपराध हुनेछ । तर, हामी सरल अभ्यास गर्न सक्छौँ, जसलाई उप-योग भनिन्छ । यिनमा कुनै आध्यात्मिक आयाम जोडिएको हुँदैन । यदि तपाईंले उप-योग वा अङ्गमर्दन अभ्यास गर्नुभयो भने, निश्चय पनि तपाईं शारीरिक रूपमा तन्दुरुस्त रहनुहुन्छ । साथै, तपाईंलाई कुनै उपकरण पनि चाहिँदैन- भुइँमा ६ x ६ फूटको खाली स्थान भए पुग्छ ।

तपाईं पूर्ण रूपमा तन्दुरुस्त रहनुहुनेछ, अनि तपाईं आफ्नो मांसपेशी र अरू कुराहरूलाई सुदृढ बनाउन सक्नुहुन्छ । अङ्गमर्दन र उप-योगका सम्पूर्ण अभ्यासहरूमा तपाईंको आफ्नै शरीरको तौल प्रयोग गरिन्छ । तब, तपाईंले आफ्नो वरपर जिम छैन भनेर बहाना गर्न पाउनुहुन्न । तपाईं जहाँसुकै भएपनि यो अभ्यास गर्न सक्नुहुन्छ, किनकि तपाईंसँग आफ्नो शरीर छ ! शरीरलाई सुदृढ बनाउनको लागि जिममा तौल उठाउने अभ्यासहरूको तुलनामा यी अभ्यासहरू त्यति नै प्रभावकारी छन् ।

योगमा, हामी मांसपेशीहरूको शक्तिलाई मात्र महत्त्व दिँदैनौँ । शरीरका प्रत्येक अङ्गहरू स्वस्थ हुनु पनि असाध्यै महत्त्वपूर्ण छ । योग पद्धतिमा शरीरका अङ्गहरूलाई स्वस्थ राख्नको लागि विशेष ध्यान दिइन्छ । भलै, तपाईले ठूल्ठूला मांसपेशी बनाउनुभयो भनेपनि, यदि तपाईंको कलेजोले राम्रोसँग काम गरीरहेको छैन भने, त्यो मांसपेशीको के काम ? शरीर लचिलो र प्रयोग गर्न सकिने हुनु असाध्यै महत्त्वपूर्ण छ । शरीरका अङ्गहरू आरामदायी स्थितिमा हुनु अपरिहार्य छ ।

यसले तपाईंलाई समझदार व्यक्तिको रूपमा प्रस्तुत त गर्छ नै, साथै तपाईंको शारीरिक प्रणालीमा कुनै अनावश्यक तनाव सृजना नगरिकन तपाईंलाई धेरै बलियो पनि बनाउँछ । अनि, यो चाहिँ पक्का छ कि तपाईं थुपारिएको मासुको डल्लो जस्तो देखिनुहुन्न । थुप्रै मानिसहरू थुपारिएको त्यस्तै बनेका छन् । उनीहरू आफूलाई तन्दुरुस्त ठान्छन्, तर मलाई लाग्छ कि उनीहरू अरट्ठ परेका छन् ! तपाईंको शारीरिक प्रणालीले उचित रूपमा काम गर्नको लागि मांसपेशीको थुप्रो र तागत भन्दा पनि तपाईंको शरीरमा लचिलोपन हुनु बढी महत्त्वपूर्ण हुन्छ ।

योगमा, हामी मांसपेशीहरूको शक्तिलाई मात्र महत्त्व दिँदैनौँ । शरीरका प्रत्येक अङ्गहरू स्वस्थ हुनु पनि असाध्यै महत्त्वपूर्ण छ । योग पद्धतिमा शरीरका अङ्गहरूलाई स्वस्थ राख्नको लागि विशेष ध्यान दिइन्छ । भलै, तपाईले ठूल्ठूला मांसपेशी बनाउनुभयो भनेपनि, यदि तपाईंको कलेजोले राम्रोसँग काम गरीरहेको छैन भने, त्यो मांसपेशीको के काम ? शरीर लचिलो र प्रयोग गर्न सकिने हुनु असाध्यै महत्त्वपूर्ण छ । शरीरका अङ्गहरू आरामदायी स्थितिमा हुनु अपरिहार्य छ ।

एउटा पक्ष के हो भने, शरीरका अधिकांश महत्वपूर्ण अङ्गहरू छाती र पेटको भागमा हुन्छन् । यी अङ्गहरू न त कडा छन्, न त नट–बोल्ट द्वारा कसिएका । तिनीहरू कुनै जालोमा झुण्डिए जसरी खुकुलो रूपमा रहेका हुन्छन् । यदि तपाईंले आफ्नो मेरुद्दण्ड सिधा राखेर बस्नुभयो भनेमात्र, यी अङ्गहरू सबैभन्दा आरामदायी अवस्थामा रहने छन् । तर, अहिलेको समयमा आराम गर्नु भनेको पछाडि ढल्किने वा गुटमुटिएर बस्नु भनेर बुझिएको छ । यदि तपाईं त्यसरी बस्नुभयो भने, तपाईंका अङ्गहरू कहिल्यै पनि आरामदायी अवस्थामा रहने छैनन् । साथै, तिनले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम गर्न सक्दैनन् ।

शरीरलाई सिधा राख्नुको आशय हामीलाई आराम पर्दैन भन्ने होइन । हामी यसकारण शरीरलाई सिधा राख्छौँ, किनकि हामीले आरामपूर्ण अवस्थालाई पूर्णतया फरक रूपमा बुझेका छौँ अनि अनुभव गरेका छौँ । तपाईं आफ्नो मेरुद्दण्डलाई सिधा राखेर मांसपेशीहरूलाई आरामपूर्ण स्थितिमा रहने बनाउन सक्नुहुन्छ । तर, तपाईं ढल्किएर वा कुप्रो परेर आफ्ना अङ्गहरूलाई आरामपूर्ण अवस्थामा रहने बनाउन सक्नुहुन्न । यो कदापि सम्भव छैन । अत: हामी आफ्नो शरीरलाई सिधा बस्ने बनाएका छौँ, ताकि हाम्रा अस्थिपञ्जर र मांसपेशीहरूको प्रणाली आरामदायी अवस्थामा रहून् ।

योग–अस्तित्व खोल्ने प्रक्रिया

योग, पातलो हुन वा आफ्नो ढाड र टाउको दुखाइबाट छुटकारा पाउन गरिने अभ्यास होइन । योगको अभ्यासले तपाईं यसैपनि स्वस्थ र शान्त बन्नुहुन्छ, तर यी योगका राम्रा असरहरू मात्र हुन्, योगको मुख्य लक्ष्य भने होइनन् । तौल घटाउन वा स्वस्थ रहनको निम्ति तपाईंले योग गर्नुपर्दैन, बरु तपाईंले समझदार भएर खानुपर्छ, अनि टेनिस वा पौडी खेल्नुपर्छ । योगको ध्येय तपाईंभित्र यस्तो आयामलाई जीवन्त बनाउनु हो, जुन भौतिकभन्दा पर छ ।

तपाईंभित्र भौतिकभन्दा परको आयाम उजागर भयो भनेमात्र, अस्तित्व बिस्तारै तपाईंसामु लाखौँ रूपहरूमा प्रकट हुन्छ । जुन चिजहरू अस्तित्वमा छन् भनेर तपाईंले कहिल्यै कल्पना समेत गर्नुभएको छैन, ती तपाईंको निम्ति वास्तविक बन्दछन्, किनकि भौतिकभन्दा परको आयाम जीवन्त बनेको हुन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?
नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?
आकस्मिक गर्भ निरोधक औषधि सेवनले महिलाको स्वास्थ्यमा गर्छ यस्तो असर
यी हुन् नियमित अनार खानुको १० फाइदा
शारीरिक तथा मानसिक रुपमा स्वस्थ राख्ने योगका प्रकार



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ