English

भाइरल भइन् अश्वेत आइरिस डान्सर



अमेरिकाको भर्जिनिया, रिचमण्डकी २१ वर्षिया अश्वेत किशोरी मोर्गन बुलोक हाल इन्टरनेटमा भाइरल भएकी छिन् ।

हिप–हप म्युजिकसँग फ्युजन गरेर उनले गरेको आइरिस डान्सको भिडियो धेरैले मन पराएका छन् । ३ वर्षको उमेर देखि नै नृत्य गर्न सुरु गरेकी मोर्गनले १० वर्षको उमेरमा नाच्न सुरु गरेकी थिइन् । बुलोकको टिकटक मा अपलोड भएको नृत्य दस लाख पटक भन्दा बढी हेरिएको छ भने उक्त भिडियोमा उनको नृत्य शैलीको धेरैले प्रशंसा गरेका छन् ।

फ्रान्सको नागरिक नहुँदैमा ब्याले डान्स गर्न पाइँदैन भन्नु जस्तै हो, कालो रङ भएको कारण आइरिस डान्स गर्न पाइन्न भन्नु ।

सन् २०१९ मा आयोजना भएको वल्र्ड आइरिस डान्स च्यापियनसिपमा भाग लिएर ४३औँ स्थानमा आएकी बुलोकलाई केही नश्लवादीहरूले अश्वेत भएर आइरिस डान्स गरेकोमा आलोचना गरेपछि उनको डान्स भाइरल भएको हो ।

नश्लवादीहरूको आलोचनाको जवाफ दिँदै बुलोकले भनेकी छन्, ‘आइरिस डान्स गर्दा मैले आफ्नो रङको बारेमा विचार गर्ने गरेको छैन ।’ सुरु सुरुमा आफूलाई डान्स गर्न आफ्ना बाबु आमाले पनि रोक लगाएको उल्लेख गरिन् । ‘काला जातिलाई रङ, देश र नश्लको सिमाले बाँध्नु उचित काम होइन,’ उनले अगाडि भनेकी छन्, ‘फ्रान्सको नागरिक नहुँदैमा ब्याले डान्स गर्न पाइँदैन भन्नु जस्तै हो, कालो रङ भएको कारण आइरिस डान्स गर्न पाइन्न भन्नु ।’

एजेन्सी



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको