English

यी हुन् खाली पेटमा लसुन खानुको फाइदा



लसुन खानामा स्वाद थप्न व्यापक रूपमा प्रयोग गरिन्छ । तर, लसुनको प्रयोग खाना पकाउनमा मात्र सीमित छैन । यसलाई प्राचीन र आधुनिक इतिहासमार्फत औषधिको रूपमा पनि प्रयोग गरिएको छ । चिसो, खोकी, उच्च रक्तचाप, दाँत दुख्ने, कब्जियत र संक्रमण, ग्यास्ट्रिक जस्ता स्वास्थ्य समस्याहरू विरुद्ध लड्न लसुनको विभिन्न तरिकामा सेवन गरिन्छ । त्यसैले यहाँ खाली पेटमा लसुनको सेवन गर्दा हुने फाइदाका विषयमा चर्चा गरिएको छ ः

काँचो लसुनको सेवनले सास गन्हाउने र जलन हुने गर्छ । तर, यसबाट रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । यसमा क्यालोरी कम हुन्छ र भिटामिन सी, भिटामिन बी ६ र म्याङ्गनिज प्रशस्त हुन्छ । लसुनलाई चपाएर खाँदा त्यसका अधिकांश स्वास्थ्य लाभहरू पाउन सकिन्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

बिहान ४–५ पोटी लसुन खाँदा रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ र रोग निम्त्याउने किटाणुहरुसँग लड्न सहयोग गर्दछ । लसुनमा एलिसिन हुन्छ, लसुनमा रहेको मुख्य सक्रिय तत्व जसले आन्तरिक प्रतिरक्षा प्रणालीलाई बढाउँछ ।

पेटलाई स्वस्थ राख्छ

पेटमा राम्रो ब्याक्टेरियाको संख्या सुधार गर्न लसुन भन्दा राम्रो केहि छैन । स्वस्थ पेटले तौल घटाउने प्रक्रियालाई गति दिन्छ र पेटसँग सम्बन्धित समस्याहरू जस्तै पखाला र कब्जियतलाई रोक्छ ।

छालसम्बन्धि रोगबाट बचाउँछ


जाडोमा छाला सुख्खा र चिलाउने समस्या सामान्य हुन्छ । छालासम्बन्धी रोगबाट बच्ने प्रभावकारी उपाय भनेको बिहान खाली पेटमा लसुन खानु हो । सफा र नरम छालाको लागि हरेक बिहान लसुन खानुहोस् ।


उच्च रक्तचाप नियन्त्रण गर्छ


काँचो लसुनले उच्च रक्तचापका लक्षणहरूसँग लड्न पनि सहयोग गर्न सक्छ । यसमा एलिसिन, डायलिल डाइसल्फाइड, डायलिल ट्राइसल्फाइड जस्ता गुणहरु र सल्फरको उपस्थितिले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ ।


शरीरलाई डिटक्सिफाई गर्छ


काँचो लसुन सेवन गर्नुे डिटक्स जुस भन्दा राम्रो हुन्छ । यसमा पाइने सल्फहाइड्रिल कम्पाउण्डले शरीरबाट विषाक्त पदार्थलाई बाहिर निकाल्न र टाइफस, मधुमेह, डिप्रेसन र केही प्रकारका क्यान्सरजस्ता रोगहरू आउनुअघि नै रोक्न सक्छ ।


लसुन खाने सबैभन्दा राम्रो तरिका


दुईवटा लसुन लिनुहोस्, तिनीहरूको बोक्रा निकालेर सिलौटामा राखेर किच्नुहोस् । यसलाई दैनिक बिहान खाली पेटमा खानुहोस् र त्यसपछि एक गिलास पानी पिउनुहोस् । खाली पेटमा २ भन्दा बढी लसुन नखाने र बान्ता हुने, वाकवाकी लाग्ने र कब्जियत महसुस भएमा बिहान लसुन खानु हँुदैन । गर्भवती महिला, बालबालिका, रगत बग्ने समस्या, मधुमेह, कम रक्तचाप र स्तनपान गराउने महिलाहरुले पनि यो घरेलु उपाय प्रयोग गर्नुहुँदैन ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।