English

ऐश्वर्या रायले छोडेका फिल्म, जो ब्लकबस्टर भए



बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन सोमबार ४८ वर्ष पूरा भएकी छन् । १ नोभेम्बर १९७३ मा कर्णाटकमा जन्मिएकी ऐश्वर्या पछिल्लो समय फिल्म अभिनयमा त्यति सक्रिय भने छैनन् ।

मोडलिङबाट करिअर सुरु गरेकी उनलाई त्यतिबेलादेखि नै फिल्म खेल्ने अफर आएको हो । सन् १९९४ मा मिस वल्र्डको शीर्ष उपाधि जितेपछि त उनलाई फिल्मको ओइरो नै लाग्न थाल्यो । थुप्रै टिभी एडमा अभिनय गरेकी उनले सन् १९९७ मा मणिरत्नम्को तमिल फिल्म ‘इरुवर’ बाट डेब्यु गरिन् । सोही वर्ष उनले पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ मा अभिनय गरिन् । त्यसपछि धेरै बर्ष उनले पछाडि फर्केर हेर्नुपरेन । उनले थुप्रै हिट फिल्म दिइन् । बिहेपछि भने उनको अभिनय यात्रा अलि धिमा हुन गएको हो ।

ऐश्वर्याले केही यस्ता फिल्म अस्वीकार गरेकी छिन्, जुन सुपरहिट भएका थिए । बलिउडका साथै हलिउड फिल्ममा समेत अभिनय गरेकी ऐश्वर्या एक समय निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्थिन् । सुरुमा उनलाई अफर गरिएको तर उनले ‘रिजेक्ट’ गरेका कतिपय फिल्म सुपरहिट भएका छन् । ऐश्वर्याले छोडेका, तर सुपरहिट भएका केही फिल्म यस्ता छन् :

राजा हिन्दुस्तानी

आमिर खान र करिश्मा कपुर अभिनित ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर फिल्म हो । धर्मेश दर्शन निर्देशित यो फिल्म मिस वल्र्ड हुनुअघि नै ऐश्वर्यालाई अफर गरिएको थियो । तर उनले ‘रिजेक्ट’ गरिन् । त्यसपछि मात्रै यो फिल्ममा करिश्मालाई लिइएको थियो । आमिर र करिश्माको करिअरमा यो फिल्मले उथलपुथल नै ल्याइदिएको थियो । केही वर्षअघि फेमिनालाई दिएको एउटा अन्तर्वार्तामा ऐश्वर्याले आफू मोडलिङमा सक्रिय हुँदा नै निर्देशक धर्मेशले ‘राजा हिन्दुस्तानी’ बाट अफर गरेको, तर आफूले ‘रिजेक्ट’ गरेको बताएकी थिइन् । उनले आफूलाई निर्देशक मणिरत्नमका फिल्म मन पर्ने भएकाले उनकै निर्देशनको ‘इरुवर’ बाट डेब्यु गरेको खुलासा गरेकी थिइन् । ऐश्वर्याको डेब्यु ‘इरुवर’ ले औसत व्यापार गरेको थियो भने उनले छाडेको ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर भएको थियो । यो कुरामा चाहिँ आफूलाई पछुतो लागेको उनले बताउने गरेकी छन् ।

कुछ कुछ होता है

अर्को ब्लकबस्टर फिल्म हो, कुछ कुछ होता है । यो फिल्मको अभिनेत्रीका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर यो फिल्म पनि उनले अस्वीकार गरिन् । सन् १९९९ मा ऐश्वर्याले फिल्म फेयरलाई दिएको अन्तर्वार्तामा आफूलाई ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीले निर्वाह गरेको भूमिकाका लागि अफर गरिएको बताएकी थिइन् । त्यतिबेला आफू जुनियर भए पनि सबैले सिनियर कलाकारसँग तुलना गर्ने गरेकाले आफूमा धेरै चुनौती रहेको उनले बताएकी थिइन् । ‘यदि मैले यो फिल्ममा अभिनय गरेको भए मान्छेहरुले ऐश्वर्याले मोडलिङमा जे गरि, अर्थात् मिनीस्कर्ट लगाएर ग्ल्यामर पस्की, फिल्ममा पनि त्यही गरिराछे भनेर मजाक उडाउने थिए’, उनले भनेकी छन् ।

दिल तो पागल है

यो पनि ऐश्वर्याले छाडेको फिल्म हो । यो फिल्म पनि ब्लकबस्टर भएको थियो । निर्देशक यश चोपडाले ऐश्वर्यालाई ‘मैने तो मोहब्बत कर ली’ बाट डेब्यु गराउन चाहन्थे । तर ऐश्वर्याले अफर अस्वीकार गरिन् । पछि नाम परिवर्तन गरेर ‘दिल तो पागल है’ राखियो । ऐश्वर्याले नमानेपछि फिल्ममा शाहरुख खान र अक्षय कुमारका साथमा माधुरी दीक्षित र करिश्मा कपुरले अभिनय गरे । फिल्म ब्लकबस्टर भयो । ऐश्वर्याले त्यतिबेला यो फिल्म बिना कुनै खास कारण अस्वीकार गरेको बताएकी थिइन् ।

मुन्ना भाइ एमबिबिएस

सञ्जय दत्तलाई मुन्ना भाइ बनाउने ‘मुन्ना भाइ एमबिबिएस’ को अभिनेत्रीमा पहिला ऐश्वर्यालाई अफर गरिएको थियो । राजकुमार हिरानी निर्देशित यो ब्लकबस्टर फिल्म पनि ऐश्वर्याले खेल्न मानिनन् । त्यसपछि यो फिल्म ग्रेसी सिंहको भागमा पर्यो । फिल्म ब्लकबस्टर भयो । ग्रेसीले पनि निकै तारिफ पाइन् । यो फिल्म छोड्नाले फेरि ऐश्वर्या पछुताउनु प¥यो ।

वीर–जारा

ऐश्वर्याले अनुबन्धित भएर पनि छाडेको अर्को ब्लकबस्टर फिल्म हो, ‘वीर–जारा’ । फिल्ममा शाहरुख खानले वीरको भूमिका निर्वाह गरेका छन् भने ऐश्वर्यालाई जाराको भूमिकाका लागि अफर गरिएको थियो । पछि, उनले रानी मुखर्जीले निर्वाह गरेको वकिलको भूमिकामा साइन गरेकोसमेत चर्चा थियो । तर, विविध कारण देखाउँदै यो फिल्म पनि ऐश्वर्याले छाडेकी थिइन् ।

दोस्ताना

करण जोहरको ‘दोस्ताना’ को अभिनेत्रीमा सुरुमा ऐश्वर्यालाई प्रस्ताव गरिएको थियो । त्यतिबेला उनी निकै व्यस्त थिइन् । त्यसकारण उनले यो फिल्म खेल्न सकिनन् । ऐश्वर्याले नभ्याएपछि करणले सो भूमिकामा प्रियंका चोपडालाई लिएका थिए । ‘दोस्ताना’ पनि हिट फिल्ममा पर्छ । पछि, करणले ‘ए दिल है मुस्किल’ फिल्ममा ऐश्वर्यालाई अभिनय गराएका थिए ।

बाजीराव मस्तानी

सञ्जयलीला भन्सालीको सुपरहिट फिल्म ‘बाजीराव मस्तानी’ सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । सञ्जयलीला यो फिल्म सलमान खान र ऐश्वर्यालाई लिएर बनाउन चाहन्थे । सलमान र ऐश्वर्याको ‘हम दिल दे चुके सनम’ सुपरहिट भएकाले सञ्जयलीला यो जोडीलाई ‘बाजीराज मस्तानी’ मा दोहोर्याउन चाहन्थे । तर, ऐश्वर्या र सलमानको ब्रेकअप भएकाले लामो समयसम्म फिल्म बन्न सकेन । पछि, रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म बन्यो ।

भुलभुलैया

प्रियदर्शन निर्देशित हिट फिल्म ‘भुलभुलैया’ मा मंजुलीकाको भूमिकाका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर, ऐश्वर्याले सो भूमिका निर्वाह गर्न अस्वीकार गरिन् । त्यसपछि विद्या बालनलाई अफर गएको थियो । अक्षय कुमार, विद्या बालन र राजपाल यादव अभिनित यो फिल्म पनि सुपरहिट भएको थियो ।

यो पनि पढ्नुहोस्
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
१० अभिनेत्री कसको फेसन डिजाइनर को ?
प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।