English

कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?



कतिपय मानिस १०–१२ घण्टा सुत्छन् भने कोही दुई–तीन घण्टामै निद्रा पूरा गर्छन् । यस्तो अवस्थामा सबैको मनमा प्रश्न उब्जिन्छ आखिर कति घन्टा सुत्नु स्वास्थ्यका लागि राम्रो हो ? निद्राको मात्राले स्वास्थ्यमा कुनै नराम्रो असर नपरोस् भन्ने डर पनि हुन्छ ।

यूएस नेशनल स्लिप फाउन्डेसनले कसलाई कति निद्रा आवश्यक छ भनेर सिफारिस गरेको छ । अनुसन्धानकर्ताहरुको सुझावअनुसार तीन महिनासम्मका नवजात शिशुलाई प्रतिदिन १४–१७ घण्टा सुत्न आवश्यक हुन्छ । त्यस्तै शिशुहरू चार देखि एघार महिनाका छन् भने उनीहरु कम्तीमा १२–१५ घण्टा सुत्न आवश्यक हुन्छ ।

फाउण्डेशनले १४ देखि १७ वर्ष उमेरका किशोरकिशोरीहरु कम्तीमा ८ देखि १० घण्टा सुत्ने र वयस्कले दिनमा ७ घण्टाभन्दा कम र ९ घण्टाभन्दा बढी सुत्न नहुने बताइएको छ ।

विज्ञहरूका अनुसार अभिभावकहरूले आफ्ना विद्यालय जाने(६ देखि १३ वर्षका बालबालिकालाई ९ घण्टाभन्दा कम सुत्न नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । उनीहरुका लागि ११ घण्टासम्मको निद्रा उत्तम हुन्छ । एकदेखि दुई वर्षसम्मका बालबालिकाका लागि ११–१४ घण्टा र तीन–पाँच वर्षका बालबालिकाका लागि ११–१३ घण्टा सुत्नु पर्छ ।



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०