English

यी हुन् नियमित अनार खानुको १० फाइदा



अनार एउटा त्यस्तो फल हो, जुन स्वादिलो मात्र नभएर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनारमा धेरै औषधीय गुणहरू पाइन्छ जसले शरीरलाई धेरै रोगहरूबाट बचाउन मद्दत गर्दछ ।

अनारमा भिटामिन सी, फाइबर, भिटामिन के, र बी, आइरन, पोटासियम, जिंक र ओमेगा ६ जस्ता गुणहरु हुन्छ । जुन स्वास्थ्यको लागि धेरै लाभदायक मानिन्छन् । अनारको सेवनले पाचन शक्तिलाई बलियो बनाउँछ । यति मात्र होइन, यसले मुटु र आँखालाई स्वस्थ राख्न मद्दत गर्छ । अनारमा पाइने पोषक तत्व महिलाहरुको लागि धेरै लाभदायक मानिन्छ । त्यसैले अनार खानुको १० फाइदा यस्ता छन् :

– अनारको सेवन गर्ने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
– नियमित अनार खानाले हृदयघात र स्ट्रोकको जोखिम कम हुन्छ ।
– अनारमा प्रशस्त मात्रामा आइरन पाइने भएकाले रक्तअल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ ।
– अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ ।
– अनारको नियमित सेवन गर्ने व्यक्तिलाई दाँतसम्बन्धि समस्याबाट छुटकारा मिल्छ ।
– गर्भवती महिलाले अनार खानाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ ।
– बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले स्मरण शक्ति बढ्छ ।
– यौनशक्ति बढाउन मद्दत गर्छ ।
– अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।
– मृगौला सम्बन्धि समस्या कम गर्न पनि मद्धत गर्छ ।

यो पनि पढ्नुहोस् :
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा
यस्ता छन् अमला खानुको फाइदा
यी हुन् दैनिक अण्डा खानुको १० फाइदा
यी हुन् नियमित गाजर खानुको १० फाइदा



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested