English

युवा नेतृ रञ्जु दर्शनाको नजरमा पढ्नै पर्ने ३ पुस्तक



विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शना फूर्सदको समय पुस्तक पढेर बिताउँछिन् । त्यसो त उनले थुप्रै पुस्तक पढिसकेकी छिन् । उनको सिफारिसमा पढ्नै पर्ने ३ पुस्तक यस प्रकार छन् :

योगमाया

मलाई मन पर्ने पुस्तकहरूमध्ये पहिलो नम्बरमा नीलम कार्की निहारिकाको योगमाया पर्छ । अन्धकारबाट उज्यालोतर्फ मोडिएको कथा हो योगमाया । १०० वर्ष अगाडी पनि जातभातको कुरालाई नमान्ने, राणाहरुको अगाडि एकदमै बलियो भएर उभिने योगमायाको कथा मलाई एकदमै प्रेरणादायी लाग्छ । योगमायाले कुनै पनि सुविधा बिनै समाजसँग लडेको चित्रण गरिएको छ । त्यसैले यो पुस्तक मलाई एकदमै मन पर्छ र मैले धेरै जनालाई यो पुस्तक उपहार पनि दिएको छु ।

पर्खाल भित्र र बाहिर

पारिजातद्वारा लिखित पुस्तक पर्खाल भित्र र बाहिर पनि मलाई एकदमै मन परेको पुस्तक हो । साहस र समाजले निर्माण गरेको नदेखिने पर्खाल भत्काएको कुराहरु परिजातको किताबमा पाइन्छ । परिजात आफैँ पनि कम्युनिष्ट विचारधारा अपनाउने मान्छे भएकाले मलाई उहाँको पुस्तक मनपर्छ । राजनीतिक पृष्ठभूमिको निम्न वर्गिय र मध्यम वर्गियहरुको धेरै कुराहरु छर्लङ्ग हुने भएर पनि मलाई पर्खाल भित्र र बाहिर मन पर्छ ।

द अल्केमिस्ट

पाउलो कोएल्होको द अल्केमिस्ट मात्र हैन प्राय सबै पुस्तकहरु मलाई मनपर्छ । जीवनलाई एकदम सहज तरिकाले लिन र सपनालाई पुरा गर्न यो पुस्तकले सिकाउँछ । कोएल्होको पुस्तकमा मायालाई एकदमै फराकिलो तरिकाले व्याख्या गरिन्छ ।

यो पनि पढ्नुहोस् ।
ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक
साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक
अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested