English

मोटोपना घटाउन के खाने के नखाने ?



मोटोपना पनि एउटा रोग हो । मोटोपनाको सबैभन्दा प्रमुख कारण आधुनिक जीवनशैली हो । आवश्यकता भन्दा धेरै मोटो हुनु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट बच्न हामीले आफ्नो खानपानमा परिवर्तन गर्न जरुरी छ । त्यसैले मोटोपनाबाट मुक्त कस्तो खाना खाने/नखाने भन्ने बारे चर्चा गरिएको छ :

फलफूल र तरकारी प्रसस्त खाने

मौसमी फलफूल र तरकारी प्रसस्त मात्रामा खानुपर्छ । यिनीहरुमा प्रशस्त मात्रामा पोषक तत्वहरू पाइन्छ र रोगहरूबाट बचाउन मद्दत गर्दछ । आहारमा अधिक प्राकृतिक चीजहरूलाई समावेस गर्नु पर्छ । फलफूल र तरकारीमा पोषक तत्वको साथसाथै एन्टिअक्सिडेन्ट, मिनरल्स, कार्बोहाइड्रेट, प्रोटिन, फाइबर प्रशस्त मात्रामा हुन्छ । यी चिज खाँदा कोलेस्ट्रोल, टाइप–२ मधुमेहको खतरा कम हुन्छ । मौसमी फलफूल र तरकारीमा केमिकल कम हुने सम्भावना हुन्छ ।

मासु कम खाने

केही अध्ययनले मासुको सेवन कम गर्नु स्वास्थ्यका लागि फाइदाजनक रहेको पाइएको छ । त्यसैले मासुको सेवन कम गर्नुपर्छ । आहारमा फाइबरयुक्त खानेकुरा खानुहोस्, जुन सबैभन्दा बढी आवश्यक छ । मासु बिना पनि शरीरको पोषणको आवश्यकता सजिलै पूरा गर्न सकिन्छ ।

धेरै अन्न खाने

जब स्वस्थ्कर खाना खानुहुन्छ, अन्नको छनोट पनि महत्वपूर्ण हुन्छ । जे खानु हुन्छ रासायनिकमुक्त हुनुपर्छ । त्यसैले स्वस्थ्य वस्तुमा अन्न सबैभन्दा पहिले आउँछ किनभने यसमा सबैभन्दा कम रसायनयुक्त चीजहरू प्रयोग गरिन्छ । यो पूर्णतया प्राकृतिक हुन्छ । खानामा ओट्स सहित सम्पूर्ण अन्न समावेश गर्न सकिन्छ । जसले पाचन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । यसका साथै यसले तौल घटाउन पनि मद्दत गर्छ ।

प्रशोधित र परिष्कृत कार्बोहाइड्रेट खाना कम खाने

परिष्कृत कार्बोहाइड्रेट र प्रशोधित चीजहरू आहारमा कम गर्नुपर्छ । आफ्नो आहारमा जंक फूड र प्याकेट गरिएको खानाको सेवन कम गर्नुपर्छ । धेरैजसो प्याकेटिङ गरिएको फलफूलको जुस र जंक फूडमा धेरै प्रकारका प्रिजर्भेटिभहरू थपिन्छन् । यी चीजहरूमा क्यालोरी धेरै हुन्छ र पोषक तत्वहरू धेरै कम हुन्छन् ।

सोडियम र चिनीयुक्त चीजहरू कम खाने

स्वस्थ जीवनशैलीका लागि आफ्नो आहारमा परिष्कृत चिनी, सोडियम र चिनीयुक्त चीजहरू सीमित गर्नुपर्छ । बिस्कुट, चिप्स, रोटीमा चिनी र सोडियम हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसको साथै पेय पदार्थ, सोडा, मिठाई जस्ता खानेकुराको सेवन कम गर्ने । यसको सट्टा, प्राकृतिक फलफूल खाने ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।