English

कुम्भकर्ण हिमाल आरोहण असफल, आधार शिविरमा एक महिना बिताएर फर्किए आरोही



खराब मौसमका कारण ताप्लेजुङस्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहण असफल भएको छ । हिमाल आरोहणका लागि यो सिजनमा अनुमति लिएका टीम असफल भएपछि फर्किएका छन् ।  

कुम्भकर्ण हिमाल विश्वको ३२औं तथा नेपालको १४औं अग्लो हिमाल हो । फक्ताङ्लुङ गाउँपालिकामा रहेको कुम्भकर्णको उचाइ सात हजार सात सय १० मिटर छ । हिमाल आरोहणका लािग दुई जना अमेरिकी नागरिकसहितको टोली एक महिनाअघि कुम्भकर्ण हिमाल  आधार शिविर पुगेको थियो । तर बेमौसमी वर्षा र अत्याधिक हिमपातका कारण आरोहण असफल भएपछि टोली फर्किएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयले जनाएको छ । कार्यालयका पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार ९ असोजमा कुम्भकर्ण हिमालको आधारशिविरमा आरोहण टोली पुगेको थियो ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् ।

अनुकुल समय पर्खेर आरोहण गर्ने योजना भए पनि मौसममा सुधार नभएपछि टोली फर्केको शेर्पाले बताए । टोली बिहीबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङ फर्केको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टले जनाएको छ ।

पर्यटन विभागका अनुसार यो सिजनमा दुई जना अमेरिकीसहित पाँच जना विदेशी नागरिकले कुम्भकर्ण हिमाल आरोहणका लागि अनुमति लिएका थिए । पर्यटन विभाग पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार पाँच जनालाई कुम्भकर्ण आरोहणका लागि अनुमति दिएको थियो । कोरोना महामारी सुरू भएपछि कुम्भकर्ण हिमाल आरोहणमा कसैले पनि अनुमति लिएका थिएनन् । वि.स. २०१९ मा फ्रान्सका एक नागरिकले पहिलो पटक कुम्भकर्ण हिमालको सफल आरोहण गरेका थिए । पछिल्लो पटक ०७६ सालमा दुई जना विदेशी नागरिकले कुम्भकर्णको सफल आरोहरण गरेको विभागले जनाएको छ ।

ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए । 

यस्तै, ताप्लेजुङमै कञ्चनजङ्घा हिमाल अरोहणमा यो सिजन तीन जना विदेशीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा (८५८६) आरोहण भने सफल भएको छ । एक ताइवानी र चार नेपाली आरोहीको टोली ३० असोज दिउँसो १ बजे अरोहण गरेका हुन् । ताइवानका सेङ को अथ, दोलखाका निमा ग्याल्जेन शेर्पा र पाशाङरिन्जे शेर्पा तथा सोलुखुम्बुका ग्याल्जे शेर्पा र दाकीपा शेर्पाले आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिका म्यानेजर थानेश्वर गुरागाईंले जनकारी दिए । 

दाकीपा शरद् ऋतुमा कञ्चनजंघा आरोहण गर्ने पहिलो महिला बनेकी छिन् । यो हिमाल आरोहणको ६६ वर्षे इतिहासमा शरद्मा यसअघि महिलाले आरोहण नगरेको सेभेन समिटले दाबी गरेको छ । 

यो पनि पढ्नुहोस् ।
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।