English

निरुता सिंह भन्छिन् – नेपाली फिल्म र दर्शकको माया मार्न सक्दिनँ



एक समयकी चर्चित, व्यस्त र सफल हिरोइन निरुता सिंह केही समयको अन्तरालपछि काठमाडौ आएकी छन् । पछिल्लो एक दशकदेखि मुम्बईमा बस्दै आएकी निरुता रियालिटी शो डान्स च्याम्पियनको निर्णायकको अभिभारा बहन गर्न काठमाडौं आएकी हुन् । 

वरिष्ठ निर्देशक तुलसी घिमीरेको खोजको रूपमा ‘दक्षिणा’ फिल्मबाट डेब्यू गरेकी निरुताले त्यसपछि ‘दर्पण छायाँ’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’ लगायतका थुप्रै हिट फिल्म दिइन् । विशेषगरी सेन्टिमेन्टल दृश्यका लागि चर्चित रहेकी निरुताले ‘माइली’ फिल्ममा भने आधुनिक युवतीको भूमिका निर्वाह गरिन् । 

त्यसपछिका दिनमा उनका फिल्म चल्न छाडे । फिल्म हात पर्ने क्रम घट्दै गएपछि उनी बलिउडमा ‘ट्राई’ गर्न मुम्बई गएकी थिइन् । मुम्बईमा खासै उल्लेख्य कलाकारिता गर्न नपाए पनि उनी बेलाबेलामा काठमाडांै भने आइरहन्छिन् । 

पछिल्लो समय निरुता भुवन केसीको ‘क्याप्टेन’ फिल्मको ‘तिमी अर्कैको चिया बगान…’ बोलको गीतमा देखापरेकी थिइन् । सोही वर्ष उनी प्रमुख भूमिकामा अभिनित ‘दाल भात तरकारी’ फिल्म प्रदर्शन भएको थियो । मह जोडीको सो फिल्मले दर्शकको साथ भने पाएन । 

आफू जहाँ रहे पनि नेपाली फिल्म र दर्शकको माया मार्न नसक्ने निरुता बताउँछिन् । आफूलाई सुहाउने चरित्र र भूमिका भएमा जुनसुकै बेला पनि नेपाली फिल्ममा अभिनय गर्न आफू तयार रहेको उनको भनाइ छ । 

‘डान्स च्याम्पियन’ को एक निर्णायकको रूपमा रहन पाउँदा आफूलाई निकै गर्व लागेको उनले बताइन् । अभिनेता गजित विष्टको निर्देशनमा रहेको सो रियालिटी शो २५ कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदैछ । 

यो पनि पढ्नुहोस्

१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested