English

ब्लु डायरी – जीवन बुझ्न पढ्नैपर्ने पुस्तक



‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ । त्यो ब्लु फिल्मको मामिलामा होस् या ब्लु लेबलको । या अन्य कुनै । मलाई पनि पुस्तक हातमा लिएर यसका केही पानाहरु पल्ट्याउँदासम्म कतै यो पुस्तक पनि यौन कथामा आधारित त होइन भन्ने लागेको थियो । तर, जति पानाहरु पल्ट्याउँदै गएँ त्यति नै मेरो आशंका मथ्थर हुँदै गयो ।

पुस्तकको पानाहरु पल्ट्याउँदै जाँदा कहीँ पनि म नरोकिएपछि यसका लेखक कृष्ण आचार्यलाई यति सुन्दर पुस्तकका लागि धन्यवाद टक्राउन मन लाग्यो । त्यसैले पुस्तकको बारेमा केही लेख्ने जमर्को गरेको छु । मायावी (जो पाठक हुन्छिन्) र अविरल (जो लेखक हुन्छन्) मुख्य पात्र रहेको पुस्तक विशेष गरेर सम्बन्धहरुको संगालो हो । त्यो सम्बन्ध युवा–युवतीबीचको प्रेमको होस्, प्रकृति र मानवबीचको होस् या आफूसँग आफ्नै र पारिवारीक । लेखकले हाम्रो समाजमा रहेको यी र यस्ता विविध सम्बन्धलाई मिहिन ढंगले प्रस्तुत गर्दै हाम्रो समाजको ऐनाको रुपमा ब्लु डायरी पस्किएका छन् ।

निकै सहज र सरल भाषामा लेखिएको पुस्तकमा लेखक र पाठक देशका सुन्दर गन्तब्यहरुको भ्रमण गर्दाका पलहरु निकै सुन्दर र मिठा छन् । आफू स्वयंम पोखरा, राराताल, दार्जिलिङ, पाँचपोखरी पुगेको अनुभूति हुनु पुस्तकको सफलता मान्नुपर्छ ।

प्रेम सम्बन्ध किन असफल हुन्छ, मानिस किन डिप्रेशनमा पर्छ, असफलताको कारण के हो र यसलाई कसरी जित्ने, सफलता प्राप्तिको मार्ग के हो, युवाहरुको जीवनशैली कस्तो हुनुपर्ने हो र कस्तो भइरहेको छ, प्रेममा यौनभन्दा भावना ठूलो कसरी हुन्छ, पैसाको महत्व र प्रयोग आदिबारे पुस्तकमा लेखकले पात्रमार्फत हामीलाई ठूलो पाठ सिकाएका छन् । जसले गर्दा युवा पुस्ताको जीवनको गोरेटो नै परिवर्तन हुने सम्भावना देखिएको छ ।

निकै सहज र सरल भाषामा लेखिएको पुस्तकमा लेखक र पाठक देशका सुन्दर गन्तब्यहरुको भ्रमण गर्दाका पलहरु निकै सुन्दर र मिठा छन् । आफू स्वयंम पोखरा, राराताल, दार्जिलिङ, पाँचपोखरी पुगेको अनुभूति हुनु पुस्तकको सफलता मान्नुपर्छ । पात्रहरुको संवाद र सस्पेन्स कथाले पुस्तक पढ्न आनन्द आउँछ । लेखकले एउटा अन्तर्वार्तामा भनेझै पाठकले पुस्तक पढ्दा प्राप्त गर्ने सन्तुष्टिले उसको ३५० रुपैयाँ खेर जाँदैन ।

लेखकले केही स्थानमा मितिहरु लेखेर कथा आजभन्दा २० वर्षपछिको हो भन्ने जनाऊँ दिएका छन् । यहाँनिर भने मेरो विमति छ । के २० वर्षपछि पनि समाज र परिवेश उनले पुस्तकमा भनेझै हुन्छ त ? उनले रेलको कुरा गरेर आधुनिक नेपाल देखाउन त खोजेका छन् तर, २० वर्षपछिको नेपालको झल्को भने आएको अनुभव मलाई भएन । यो कमजोरीबाहेक पुस्तकमा खोट लगाउने ठाउँ अरु मैले भेटिन ।

मुख्य विशेषता प्रेम सम्बन्ध

मायावी र अविरल प्रेम सम्बन्धमा हारेका पात्र हुन् । अविरल लेखक हुन्छन् भने मायावी पाठक । अविरलकै पुस्तक झोलामा राखेर हिँडिरहेकी मायावीको भेट एक्कासी लेखकसँग भएपछि कथाले नयाँ मोड लिन्छ । त्यसपछि अविरलले आफूलाई बलात्कार गरेको भ्रम पालेकी मायावी हाई प्रोफाइलका छोराको बलात्कारकै घटनाले अविरलसँग नजिक हुन पुग्छन् । त्यसपछि बल्ल कथाले गति लिन्छ ।

लेखकले पाठकलाई धेरै स्थानमा भावुक बनाएका छन् । पशुपतिमा अविरलले लजतालाई कुरिरहेको अवस्थामा उसको मृत शरीर आँखा अगाडि पर्दा किताबकै पानामा मेरा आँसु चुहिएका थिए । यसरी अन्य कतिपय स्थानमा पनि आँसु खस्छ ।

कथा यसरी अघि बढ्छ कि सबै पढिनसक्दै छाड्नै मन लाग्दैन । अब के होला भन्ने प्रश्न पटक–पटक आउनुले नै पुस्तकलाई अन्त्यसम्म छाड्न मन नलाग्ने बनाएको छ । मायावी पात्र बिजनेशम्यान हुन्छे । यहाँनिर लेखकले आम युवालाई विजनेशमा युवाहरुलाई प्रोत्साहन गर्दै नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भनेर सिकाउन खोजेको आभास हुन्छ । किनकि उनले स्टाफहरुसँगको सम्बन्धदेखि बिजनेशलाई अघि बढाउन गरिएका प्रयत्नहरु मज्जाले देखाएका छन् ।
आकाशमा चम्किएका तारामा देखिएको आमा र बुबाको आकृतिले मन भक्कानिन्छ । यसरी लेखकले पाठकलाई धेरै स्थानमा भावुक बनाएका छन् । पशुपतिमा अविरलले लजतालाई कुरिरहेको अवस्थामा उसको मृत शरीर आँखा अगाडि पर्दा किताबकै पानामा मेरा आँसु चुहिएका थिए । यसरी अन्य कतिपय स्थानमा पनि आँसु खस्छ ।

कथाको सबैभन्दा सुन्दर पक्ष भनेको घटनाक्रम र सामाजिक परिवेश परवर्तन हुँदै गए तापनि पात्रहरुबीचको प्रेम गुमनाम भएको छैन । नभनेरै पनि कति मिठो हुँदोरहेछ प्रेम, यौन सम्बन्धबिना पनि कति दिगो यथार्थ हुँदोरहेछ प्रेम भन्ने कुरा पुस्तकमा पाइन्छ । साथै, यौन सम्बन्धको प्रेम र यौन सम्बन्धबिनाको प्रेमलाई प्रस्तुत गर्न लेखकले चलाखीपूर्ण मायावीको विगतलाई कोट्याइदिएका छन् ।

‘लाग्दैछ, उजाड मौसममा नाङ्गिएका रुखहरु जस्तै म पनि नाङ्गिएको छु । रुखहरुले पात गुमाएजस्तै मैले पनि मेरो हरियाली गुमाएको छु । पातहरु त मौसम फेरिनासाथ पलाउलान्, रूखहरुमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुबा कहिल्यै फकिएर आउनुहुने छैन ।’

योभन्दा पनि रोचक त पुस्तकको नामसँग जोडिएको सन्दर्भमा छ । पाठकले कुनै क्लू नै नपाई पुस्तकको नाम ब्लु डायरी किन राखिएको रहेछ भन्ने आभास गर्छ पाउनु कम रोमाञ्चक छैन । मायावी अविरलको गोप्य कोठामा पस्दाको दृश्यले फिल्ममा मध्यान्तर हुँदापछिको जस्तो कुतुहल जगाउँछ । उसको जन्मदिनमा आएको उसको जीवनकै सुन्दर उपहार अविरलले आफैं कोरेको चित्र हो भन्ने कुरा मायावीले धेरै पछि थाहा पाउँछे ।

ब्लु डायरी खासमा एउटा डायरीभित्रको कथा हो । जब मायावीले डायरी खोल्छिन् तब उनले त्यहाँ रहस्यको पोको भेट्छिन् । त्यो रहस्य जान्नका लागि तपाईंहरुले पनि पुस्तक पढ्नुहोला । फेरि पनि यति सुन्दर पुस्तकका लागि लेखकलाई धन्यवाद ।

ब्लु डायरीबाट एक अंश

‘लाग्दैछ, उजाड मौसममा नाङ्गिएका रुखहरु जस्तै म पनि नाङ्गिएको छु । रुखहरुले पात गुमाएजस्तै मैले पनि मेरो हरियाली गुमाएको छु ।
पातहरु त मौसम फेरिनासाथ पलाउलान्, रूखहरुमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुबा कहिल्यै फकिएर आउनुहुने छैन ।’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन