English

निगालो र बाँसका घरायसी सामग्री बनाउने नरबहादुर कैनी भन्छन्– सीपको सम्मान भएन



डडेल्धुराको अमरगढी नगरपालिकाको–७ का नरबहादुर कैनी दैनिकजसो निगालो र बाँसबाट विभिन्न सामग्री बनाउँछन् । एकाबिहानै सुरु हुने उनको यो पेसा अबेर साँझसम्म निरन्तर जारी रहन्छ ।

डडेल्धुरामा नपाइने भएपछि दुई दिन लगाएर नरबहादुर बझाङको बित्थडचिर गाउँपालिकाबाट निगालो ल्याएर आएका हुन् । ‘डडेल्धुरामा लोप भइसक्यो । पहिले त पाइन्थ्यो, अहिले पाइँदैन । निकै मेहनत गरेर ल्याएर आएँ’, उनले भने।

उनी भन्छन्, ‘बुबाबाजेको समयादेखि यही पेसा अँगालेको थियो । मैले पनि बाजेबाट यही सिकेँ । हामीहरूसँग सीप छ । तर, सीपको सम्मान भएन ।’

बजार भाउ नभएर अधिकाशं व्यक्ति विदेश प्लाएन भइसकेको डम्बर पार्की बताउँछन्। उनले पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा समेत यो पेशा संकटमा परेको बताए। ‘मलाई बनाउन आउँछ। बिक्रि गर्न समस्या हुन्छ भनेर दाजुभाई भारत गएका छन्। अब उनीहरूले त बनाउन पनि जान्दैनन्,’ उनले भने ।

निगालो र बाँसका घरायसी सामग्रीहरू बनाएर बिक्री गर्ने उनी जस्तै सिंगो गाउँका नागरिक अहिले चिन्तित छन् । पछिल्लो समयमा निगालो र बाँसको सहज आपूर्ति नहुँदा पेसा संकटमा पर्दै गएको उनीहरू बताउँछन् ।

कृषिजन्य निगालो र बाँसका घरायसी सामानहरू बनाएर आर्थिक उपार्जन गर्ने गरे पनि पछिल्लो समयमा बिक्री वितरण गर्न समस्या हुने गरेको कमल कैनी बताउँछन् । ‘अहिले बजारमा धान, गहुँ भण्डारण गर्न टिन र प्लाष्टिकका ड्रम तथा भाँडा आएर होला बिक्री गर्न निकै समस्या छ,’ उनले भने ।

बजार भाउ नभएर अधिकाशं व्यक्ति विदेश प्लाएन भइसकेको डम्बर पार्की बताउँछन्। उनले पछिल्लो समय सिप पुस्तान्तरण नहुँदा समेत यो पेशा संकटमा परेको बताए। ‘मलाई बनाउन आउँछ। बिक्रि गर्न समस्या हुन्छ भनेर दाजुभाई भारत गएका छन्। अब उनीहरूले त बनाउन पनि जान्दैनन्,’ उनले भने ।

करिब तीन सय परिवारको हातमुख जोडने पेसाको रूपमा रहेको बेतबाँस निगालोको लागि बझाङको बित्थडचिर, महाभारत पर्वत श्रृंखलामा गएर ल्याउनु पर्ने र सामान बनाएपछि बजारमा सस्तो र सहज रूपमा उपलब्ध हुने प्लाष्टिक वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोले पेसा संकटमा परेको सुनिल कैनी बताउँछन् ।

आफूहरूको पेसा संरक्षण गर्न र आफूहरूले बनाएको सामाग्री बिक्री वितरणका लागि स्थानीय सरकारले समेत सहयोग नगरेको उनको आरोप छ । सामग्री बनाएर गाउँगाउँ डुलाएर बिक्री गर्नुपर्ने बाध्यता राम कैनी सुनाउँछन्। उनी भन्छन्, ‘होम डेलिभरी गरे साँझ बिहान खान पाइन्छ । नत्र पाइँदैन् । होलसेलमा लैजान अहिलेसम्म व्यपारी आएका छैनन् ।’

यो पनि पढ्नुहोस्
पूर्व राजपरिवारप्रति सेलिब्रिटीको आकर्षण किन ?
हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव
‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।