English

स्ट्रोकबारे सचेतना फैलाउन चिकित्सकहरुको सम्मेलन सम्पन्न



मस्तिष्कघात (स्ट्रोक) बारे चिकित्सक, नर्स तथा सर्वसाधारणलाई सचेतना फैलाउन आयोजना गरिएको एकदिने सम्मेलन सम्पन्न भएको छ । नेपाल स्ट्रोक एशोसिएसन, नेशनल न्युरो सेन्टर, रिभाइभ फिजियोथेरापी एण्ड रिहाबिलिटेसन सेन्टर र न्युरो एण्ड एलाइड क्लिनिक भैरहवाको संयुक्त आयोजनामा शनिबार उक्त सम्मेलन समापन भएको हो ।

सम्मेलनमा स्नायु रोग विशेषज्ञ, मेडिकल अफिसर, नर्स, फिजियोथेरापिस्ट लगायतको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका स्वास्थ्य प्रमुख हरी कुँवरले मस्तिष्कघात बारे नागरिकस्तरमा सचेतना फैलाउन अपरिहार्य रहेको बताए । ‘पछिल्लो समय मस्तिष्कघातका बारे धेरै मानिस अनविज्ञ छन्, साथै तल्लो तहका स्वास्थ्यकर्मीलाई पनि यसको बारेमा राम्रो ज्ञान छैन,’ उनले भने, ‘काठमाडौं महानगरभित्रका स्वास्थ्य कर्मचारीलाई यसबारे सचेतना फैलाउन र यसको रोकथामका लागि सहकार्य गर्न तयार छौं ।’

साथै, वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम्सेविकालाई पनि यसबारे तालिम दिनुपर्नेमा उनले जोड दिए । ‘स्वास्थ्यका तल्लो निकायमा रहेर काम गर्ने महिला स्वास्थ्य स्वयम्सेविकाहरु हुन्,’ उनले भने, ‘हाल महानगरभित्र ५ सय ५८ जना स्वास्थ्य स्वयम्सेविका छन् उनीहरुलाई स्ट्रोकको बारेमा ज्ञान दिन नेपाल स्ट्रोक एसोसिएसनसँग मिलेर अघि बढ्छौं ।’

यसैगरी, कार्यक्रममा नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्ष तथा नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले यो कार्यक्रमले मेडिकल अफिसर, नर्स, फिजियोथेरापिस्ट लगायतका स्वास्थ्यकर्मी र स्ट्रोकबारे आमनागरिकमा रहेको भ्रम चिर्न मद्धत पुर्याउने विश्वास व्यक्त गरे । ‘अहिले पनि स्ट्रोकका बारेमा भ्रम र अन्योलता कायमै छ,’ उनले भने, ‘यसलाई चिर्न यस्ता सम्मेलनले सहयोग गर्छ भन्ने विश्वास लिएको छु ।’ साथै, एशोसिएसनका अध्यक्ष डा. राजु पौडेलले पनि स्ट्रोकबारे आम नागरिकलाई प्रष्ट पार्न यस्तो सम्मेलन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा डा. अविनाश चन्द्र, न्युरो सर्जन विशेषज्ञ डा. सुबास लोहनी, मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पा, डा. अस्मिता आचार्य, डा. सुबास फुयाँल, फिजियोथेरापिस्ट डा. मञ्जु ज्ञवाली, फिजियोथेरापिस्ट बिनिता लामा, अकुपेस्नल थेरापिस्ट दीपा लामिछाने, स्पिच थेरापिस्ट शान्ता ढकाल, अमृता लामा, सुरज साह, मेजिना श्रेष्ठ लगायतले स्ट्रोकबारे प्रस्तुति दिएका थिए ।

प्रस्तुतिमा स्ट्रोक भनेको के हो ? यसका प्रकार र उपचार विधि के–के हुन् ? स्ट्रोक भइसकेपछि दोहोरिनबाट कसरी बचाउन सकिन्छ ? फिजियोथेरापीले यसलाई कसरी रोक्न सक्छ भन्नेबारे सम्मेलनमा छलफल भएको थियो । सम्मेलनमा १ सयभन्दा बढी स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । हरेक वर्ष अक्टुबर २९ मा विश्व पक्षघात दिवस मनाइन्छ । त्यसैको छेको पारेर । नागपोखरीस्थित अरण्य बुटिक होटलमा उक्त सम्मेलनको आयोजना गरिएको थियो ।



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।