English

पूर्व राजपरिवारप्रति सेलिब्रिटीको आकर्षण किन ?

यसो भन्छन् सहभागिहरू ।


देशमा राजतन्त्र हटेको डेढ दशक कटिसक्यो । यद्यपि, राजपरिवारप्रतिको मोह भने अझै उस्तै देखिन्छ । शुक्रबार काठमाण्डौं ताहाचलस्थित सोल्टी होटलमा यस्तै दृश्य देखियो । हिमानी ट्रष्टले तिहार तथा छठको अवसरमा आयोजना गरेको चियापान समारोहमा नेपालका अधिकांश सेलिब्रिटीहरुको लर्को लागेको थियो । जहाँ कला, खेलकुद तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई निम्त्याइएको थियो ।

राजतन्त्रप्रति सबैमा विश्वास र सम्मान भएकाले निमन्त्रणा नकार्न नसकिएको अभिनेता दीपकराज गिरी बताउँछन् । ‘पछिल्ला परिस्थितिले राजतन्त्रप्रतिको विश्वास र सम्मान सबैले गर्ने भएकाले म पनि गएको हुँ,’ गिरीले भने, ‘राजतन्त्र गए पनि इतिहासलाई बिर्सन सकिँदैन ।

केही दिन अघि नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको यस्तै कार्यक्रममा कलाकारको खडेरी लागेको थियो । यद्यपि, तिनै कलाकार हिमानी ट्रष्टले आयोजना गरेको कार्यक्रममा भने लाम लागेर सहभागि भए । यसले पनि नेपालका सेलिब्रिटीमा पूर्व राजपरिवारप्रतिको मोह प्रष्ट पार्छ । आखिर किन ? के भन्छन् सहभागि सेलिब्रिटीहरु ?

कार्यक्रममा थुप्रै सेलिब्रिटीहरुको सहभागि हुनुमा हिमानी ट्रष्ट र राजाप्रतिको सम्मान रहेको तेक्वान्दो प्रशिक्षक तथा ओलम्पिएन खेलाडी दिपक विष्ट बताउँछन् । ‘अरु कार्यक्रममा सहभागि हुँदा अनेकौं भाषण र मन्तव्य सुनेरै हैरान भइन्थ्यो,’ उनले भने, ‘तर त्यहाँ आनन्दको कार्यक्रम थियो ट्रष्टले असल काम गर्दै आएको छ, त्यस्ता कार्यमा हामीले पनि सहयोग गर्नुपर्छ ।’

साथै, लामो समयसम्म भेटघाट नभएका कलाकार तथा खेलाडी साथीहरुसँग पनि भेट्ने, शुभकामना आदानप्रदान गर्ने मौका पाइएको उनले सुनाए । ‘कोरोना महामारीपछि धेरै जनासँग भेटघाट भएको थिएन, यो कार्यक्रमले सबैसँग पुनर्मिलन गरायो,’ उनले भने, ‘राजपरिवारसँग भेट्ने मौका पनि पाइयो, जनसम्पर्क बढाउन यस्ता कार्यक्रम आयोजन गर्नु राम्रो हो ।’

करिब २ हजार मानिसको भिडमा जब पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको आगमन भयो । योसँगै पुरै माहोल शान्त भएको सुनाउँदै खनालले भने, ‘राजा भनेको राजा नै हो, त्यो भिडमा त्यसरी मौनता छाएकोमा अचम्म परेँ ।’

राजतन्त्रप्रति सबैमा विश्वास र सम्मान भएकाले निमन्त्रणा नकार्न नसकिएको अभिनेता दीपकराज गिरी बताउँछन् । ‘पछिल्ला परिस्थितिले राजतन्त्रप्रतिको विश्वास र सम्मान सबैले गर्ने भएकाले म पनि गएको हुँ,’ गिरीले भने, ‘राजतन्त्र गए पनि इतिहासलाई बिर्सन सकिँदैन । किनभने राजाको पालामा कलाकार र खेलाडीलाई अत्यन्तै सम्मान हुन्थ्यो ।’ साथै, शुभकामना अदानप्रदान कार्यक्रममा गैरराजनीतिक व्यक्तिहरुलाई निमन्त्रणा गरिएकाले पनि आफू उपस्थित भएको उनले सुनाए । ‘तीन–चार वर्षमा हुने राजपरिवारको कार्यक्रमको नेचर नै फरक छ,’ गिरीले भने ।

फुटबलर सुजल श्रेष्ठ हिमानी ट्रष्टले कार्यक्रममा आफूलाई बोलाउँदा निकै खुशी लागेको बताउँछन् । खेलाडीहरुलाई त पहिलादेखि नै राजपरिवारले सम्मान गर्नुहुन्छ भन्ने थाहा थियो । ‘आफू नै उपस्थित हुँदा भने बेग्लै अनुभूति हुँदो रहेछ ।

कोरोना महामारीपछि राजपरिवारसहितको पहिलो शुभकामना तथा जलपान कार्यक्रम भएकाले सहभागी भएको हास्यकलाकार जितु नेपाल बताउँछन् । ‘खेलाडी र कलाकारलाई विशेष शुभकामना आदानप्रदान कार्यक्रम थियो,’ नेपालले थपे, ‘हिमानी ट्रष्टको कार्यक्रम र सोल्टी होटलमा हुने भएकाले पनि बाक्लो उपस्थिति भएको होला ।’ नेपाली कला, संस्कृतिको जगेर्नामा हिमानी ट्रष्ट लागिरहेको छ । यो निकै सकारात्मक कुरा रहेको लोक गायिका सुनिता दुलाल बताउँछिन् । ‘लोपोन्मुख हुँदै गइरहेको लोक बाजाको जगेर्ना सबैले गर्नुपर्ने पूर्वयुवराज्ञी हिमानी शाहले चिन्ता व्यक्त गर्नु भयो,’ उनले भनिन्, ‘त्यो उहाँले नेपाली कला, संस्कृति र कलाकारलाई दिनुभएको माया र सम्मान हो ।’

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य पूर्वराजपरिवारले खेलाडीलाई सम्मानजनक व्यवहार गर्ने भएकाले निमन्त्रणालाई स्विकारेको बताउँछन् । ‘पूर्व राजपरिवारले खेलाडीलाई निकै सम्मान गर्नुहुन्छ, राजपरिवारसँग भेट्न पाउनु नै ठुलो कुरा हो,’ उनले भने, ‘यसरी कार्यक्रममार्फत हामीलाई भेट्नु नै उहाँहरुको हामी प्रतिको सम्मान हो ।’ राजपरिवारले आयोजना गरेको धेरै कार्यक्रममा सहभागी भएका अभिनेता सरोज खनाल यसपालीको कार्यक्रम पृथक रहेको सुनाउँछन् । ‘पूर्वयुवराज्ञी हिमानी शाह आफैं गेटमा उपस्थित भएर स्वागत गर्दै शुभकामना दिनु भएको थियो,’ उनले भने, ‘हरेक टेबल–टेबलमा भेट्न आउनु भयो, जुन मैले सोचेको थिइनँ ।’

करिब २ हजार मानिसको भिडमा जब पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको आगमन भयो । योसँगै पुरै माहोल शान्त भएको सुनाउँदै खनालले भने, ‘राजा भनेको राजा नै हो, त्यो भिडमा त्यसरी मौनता छाएकोमा अचम्म परेँ ।’ राजसंस्था वा राजपरिवारको कार्यक्रममा भएपनि हिमानी ट्रष्टको लागि सहभागी भएको उनी सुनाउँछन् । ‘ट्रष्टले गरेको समाजसेवाको प्रशंसनीय छ,’ उनले भने ।

फुटबलर सुजल श्रेष्ठ हिमानी ट्रष्टले कार्यक्रममा आफूलाई बोलाउँदा निकै खुशी लागेको बताउँछन् । खेलाडीहरुलाई त पहिलादेखि नै राजपरिवारले सम्मान गर्नुहुन्छ भन्ने थाहा थियो । ‘आफू नै उपस्थित हुँदा भने बेग्लै अनुभूति हुँदो रहेछ,’ उनले भने, ‘ट्रष्टले आयोजना गरेको कार्यक्रम भएकाले पनि सेलिब्रिटीहरुको बाक्लो उपस्थिति थियो ।’

कार्यक्रममा अभिनेता भुवन केसी, अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ, कृष्ण मल्ल, सन्तोष पन्त, केदार घिमिरे, दीपेश्वर गौतम, रमेश बुढाथोकी, कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, सत्यराज आचार्य, स्वरुपराज आचार्य, पबित्रा आचार्य, याेगेश्वर अमात्य, शर्मिला मल्ल, सरिता लामिछाने, सुष्मा कार्की, लोकगायक कृष्ण कँडेल, एन्फाका पूर्व अध्यक्ष गणेश थापा, सुगम पोखरेल लगायत थुप्रैको सहभागिता थियो ।

यो पनि पढ्नुहोस्

हजारौँ हेक्टरको धानबालीमा क्षति, मौसम नखुल्दासम्म नकाट्न सुझाव
‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।