English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही समाचार बन्छन् त केही तस्वीरमा मात्र सीमित हुन्छन् । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौं ।

२१. भारतको बंगालमा दुर्गाको मूर्ति विर्सजन गर्दै भक्तजनहरू ।
२०. इन्डोनेसियाको ‘जाकता एकोरियम’ मा भ्रमण गर्दै ।
१९. यमनको पश्चिमी प्रान्तको एक उपचार केन्द्रमा कुपोषित बच्चाको स्याहार गर्दै एक नर्स ।
१८. पाकिस्तानमा ईद मनाउन र्यालीमा सहभागी बच्चाहरु ।
१७. भारतको अहमदाबादमा एक कारखानमा तिहारको लागि पटक बनाउँदै एम श्रमिक ।
१६ . भारतको ‘बरोट’ समुदायका पुरुषले नवरात्रीको आठौं रात मनाउन महिलाको भेष धारण गरेका पुरुषहरु ।
१५ .बोस्नियामा अफगानिस्तानबाट आएका शरणार्थीहरूको अस्थाई शिविरमा एक बालक पोज दिदै ।
१४ . चाइनामा भएको ‘वुमन फ्रि स्केटिङ’ मा ताइवानी युवती सहभागी ।
१३ .चिलीको एक सुपरमार्केटबाट चोरी गरेको आरोपमा एक व्यक्तिलाई समातिँदै ।
१२. लेबनानको बेरुयत समुद्रबाट देखिएको सुर्यअस्टको एक दृश्य ।
११ . इथियोपियाको एक सहरमा बालबालिकाहरू माटोबाट चित्र कोर्दै ।
१०. पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङ गर्दै आन्तरिक पर्यटक ।
९. नेपालमा अविरल वर्षका कारण कर्णाली नदीमा आएको बाढी ।
८. नेपालमा अविरल वर्षका कारण डुबन भएको विराटनगर एयरपोर्ट ।
७. ताप्लेजुङ र दार्चुला जिल्ला जोड्ने क्रेड हिमालयन ट्रेल (पदमार्ग) अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलास्थित तमोर नदी माथि निर्माण गरिएको काठे पुल ।
६.पोखरा महानगरपालिका–१८ मेथलाङ डाँडामा हालै सञ्चालनमा आएको एक रिसोर्टमा रहेको हातको आकृतिमा बसेर तस्वीर खिचाउँदै आन्तरिक पर्यटक । पोखरा बजारको दृश्यावलोकनसहित तस्वीर खिचाउन सो स्थानमा आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ ।
५. महाकालीको बाढीले क्षति पु¥याएको सडक लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति ।
४. बर्दियाको राजापुर नगरपालिकाको दौलतपुरघाटमा कर्णाली नदीको बाढीले बगाएर ल्याएको दाउरा संकलन गदै स्थानीय ।
३.तनहुँको व्यास नगरपालिका–५ स्थित ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका जगतबहादुर अधिकारीको शुक्रबार बिहान मृत्यु भएपछि शव बोकेर घाटतर्फ जाँदै आश्रमका सञ्चालक महिलाहरु । आश्रममा मृत्यु भएका ज्येष्ठ नागरिक शव महिलाहरुले नै बोकेर घाटसम्म लैजाने गरेका छन् ।
२. कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीमा बाढीले ढालेर भिजेपछि धानबालीमा उम्रिएको टुसा ।
१.सुन्दरी खोलामा आएको बाढीले सप्तरीको तिरुहत गाउँपालिका र कन्चनरुप नगरपालिकास्थित खेतमा पसेर धानबालीमा क्षति पु¥याएपछि चिन्तित हुँदै किसान ।

तस्वीरहरु: रासस /एपि /एएफपि/ सिन्हुआ

यो पनि पढ्नुहोस् ।
१७ वर्षपछि शरद ऋतुमा कञ्चनजङ्घा आरोहण (फोटो/भिडियोसहित)
फोटोपत्रकार विकास रौनियारले देखेको दसैं
लाखे ब्युताउँदै नयाँ पुस्ता (तस्बिर कथा)
यसरी थन्काइयो अमेरिकी खोप (फोटो फिचर)
गुलाबी रङले सजिएको वालिङ (फोटो फिचर)
कोरोनाले थला परेको लुम्बिनी (ड्रोन तस्बिर)
विश्व चिनाउने साताका २५ तस्वीर
विश्व चिनाउने साताका २० तस्वीर



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०