English

साहित्यकार अमर न्यौपानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक



नेपालका प्रख्यात सहित्यकार अमर न्यौपानेको पुस्तक सेतो धर्ती नपढ्ने सायद कमै होलान् । उनको लेखनशैली सबै उमेरसमुहलाई मनपर्छ । सेतो धर्तीले वि.सं. २०६८ सालको मदन पुरस्कार प्राप्त गरेपछि उनको चर्चा एकाएक चुलियो । धेरै जनाले उनको पुस्तक पढ्नका लागि सिफारिस गर्ने गर्छन् । तर, उनको सिफरिसको पुस्तक सायद थोरैले मात्र पढेका होलान् । त्यसैले न्यौपानेको सिफारिसमा पढ्नै पर्ने ३ पुस्तक :

सुम्निमा

सुम्निमा विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास हो । यो उपन्यासमा सुम्निमा तथा सोमदत्त दुई बीचको प्रेम प्रसंगको सेरोफेरोमा दुवैको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । हाम्रो शरीर नाशवान छ । त्यसैले आत्माको पछि लाग्नु हुँदैन शरीरलाई माया गर्नु पर्छ भन्ने दर्शन यस पुस्तककी पात्र सुम्निमाको छ । भने, शरीर भनेको पाप हो हामी काम वासनामा लाग्नु हुँदैन संसारीकतामा लाग्नु हुँदैन, हामी आत्माको पछि लाग्नु पर्छ । आत्मा सधैँ जिवित रहन्छ भन्ने सोमदत्तको दर्शन छ । प्रेमले मानिसलाई शारीरिक रूपले टाढा भए तापनि मानसिक रूपले नजिक अनुभूत गराउँछ भन्ने यो उपन्यासको सार हो ।

दर्शन दिग्दर्शन

राहुल सांकृत्यानको दर्शन दिग्दर्शन मैले हिन्दी भाषामा पढेको पुस्तक हो । मैले पढेका पुस्तकहरु मध्ये यो पुस्तक पनि मलाई एकदमै मन पर्छ । यो पुस्तक एकदमै बृहत छ । संसारभरका सम्पूर्ण कुराहरुको व्याख्या यो पुस्तकमा गरिएको छ । यो एउटा दर्शनको किताब हो । त्यसैले यो पुस्तक पनि पढ्नै पर्ने पुस्तक भित्र पर्छ ।

गुरु (द प्रोफिट)

खलिल जिब्रानकोद्वारा लिखित पुस्तक ‘गुरु’ द प्रोफिटको नेपाली अनुबाद हो । यो पुस्तक अन्य पनि धेरै भाषामा अनुबाद भएका छन् । यो पुस्तकमा मानिसको सम्पूर्ण जीवनको बारेमा व्याख्या गरिएको छ । सन्तान भनेको के हो ? कानून भनेको के हो ? वस्त्र भनेको के हो ? लगायतका सबै कुराहरू यस पुस्तकमा समेटिएको छ । यो पुस्तकको मलाई एकदमै मन परेको एउटा लाईन छ वस्त्रको बारेमा ‘वस्त्रले तिम्रो सौन्दर्य छोप्छ तर असौन्दर्य छोप्न सक्दैन’ । मलाई यो पुस्तकको हरेक लाइनहरु एकदमै मन पर्छ र सबैलाई यो पुस्तक पढ्न सिफारिस गर्छु ।

यो पनि पढ्नुहोस् ।
गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक
सुबिन भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक
गायिका इन्दिरा जोशीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री सरिता लामिछानेको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री केकी अधिकारीको नजरमा पढ्नै पर्ने ३ पुस्तक
अभिनेत्री वर्षा शिवाकोटीको नजरमा बढ्नै पढ्ने ३ पुस्तक

अभिनेत्री कृति भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक





सम्बन्धित खबरहरु

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

Latest










Popular
Suggested