English

कक्रोजका फ्यान: प्रेम प्रस्ताव राख्नेदेखि कपाल डेडलक गर्नेसम्म



हास्यकलाकार हरिश निरौलालाई धेरैले ‘कक्रोज’ उपनामले चिन्छन् । हास्य टेलिशृंखला भद्रगोलबाट छुट्टै पहिचान बनाएका निरौलालाई पछिल्लो समय ‘सक्किगोनी’मा देख्न सकिन्छ । उनको अभिनयलाई मन पराउने दर्शकहरु धेरै छन् । त्यसको साथै उनको कपालको पनि राम्रै चर्चा हुने गर्छ । फेसबुकमा उनलाई फलो गर्ने फ्यानहरु २ लाख भन्दा माथि छन् । तीनै फ्यानहरु मध्ये केही अनौठा फ्यानलाई उनी यसरी सम्झन्छन् :

प्रेम दिवसको दिन घरमा गिफ्ट छोडेर जाने फ्यान

२ वर्ष अघिको कुरा हो एक जना अपरिचित महिला मेरो घरमै आइपुग्नु भएको थियो । म गौशालामा बस्छु भन्न उहाँले एउटा गिफ्टको बक्स दिएर जानु भयो । बक्समा चक्लेट, एउटा सानो गिफ्ट र एउटा लेटर पनि राख्नु भएको रहेछ । लेटरमा म तपाईलाई मन पराउँछु, म तापईको फ्यान भनेर लेखिएको थियो । तर, त्यस पछाडी उहाँसँग मेरो भेट भएन उहाँ कहाँ बस्नु हुन्छ भन्ने पनि थाहा छैन ।

मेरो जस्तै कपाल बनाउने सानो भाई

केही महिना अघिमात्र एक जना सानो भाईसँग मेरो कपनमा भेट भएको थियो । लगभग ५ वर्ष जतिको हुनुहुन्थ्यो उहाँ । उहाँको बाबाले कपाल काट्नको लागि सैलुन लग्नु भएको थियो । तर, उहाँले म त कपाल काट्दिन कक्रोजको जस्तो डेडलक बनाउछु भनेर ढिपी गर्नु भएछ । उहाँले एकदमै धेरै ढिपी गरेको कारण उहाँको बाबाले कपालमा डेडलक बनाईदिनु भएको रहेछ । मसँगको भेटमा मैले उहाँको अभिभावकलाई यसरी कपाल बनाउँदा स्कुलमा गाली गर्लान् नि भनेर पनि सोधँे । तर, मेरो फ्यान भएको कारण यस्तो बनाएको भनेर स्कुलमा सम्झाएको छु भन्नुभयो । अनि मैले त्यो भाईको नाम नै सानो कक्रोज राखिदिएँ ।

प्रेम प्रस्ताव राख्न खोज्ने ती युवती

धेरै जनाले फेसबुकमा म्यासेज गरिरहनु हुन्छ म तपाईको फ्यान भनिरहनु हुन्छ । तर, एकजना युवती फ्यानले भने अलि अनौठो म्यासेज गर्नु भएको थियो । मलाई तपाई असाध्यै मन पर्छ तपाईको प्रेमिका छ कि छैन नत्र प्रेम प्रस्ताव राख्नु भनेर सोध्नु भयो । मैले छैन र मलाई प्रेमिका बनाउन मन पनि छैन भनेर म्यासेज गर्दिए । त्यसपछि उहाँको म्यासेज आएको छैन ।

मेरो जस्तै कपाल बनाउने महिला

आजभन्दा लगभग ५ वर्ष अघिको कुरा हो भद्रगोलबाट म चर्चामा आउँदै थिएँ । एकजना महिला फ्यानले मेरो कपाल मनपराएर मेरो जस्तै डेडलक बनाउनु भएको रहेछ । उहाँसँग मेरो भेट भएको थियो । आजभन्दा ५ वर्ष अघि कपालमा डेडलक गर्नेहरु कमै मात्र थिए । त्यस्तोमा एक महिलाले मेरो फ्यान भएर मेरो जस्तो कपाल बनाएको देखेर अनौठो लागेको थियो ।

यो पनि पढ्नुहोस् :
ज्योती भन्छिन्– ‘फ्यानले ओठमा किस गर्दा बान्ता आयो’
सोनिकाका फ्यान– सुनको सिक्री गिफ्ट दिनेदेखि झम्टेर रुनेसम्म
विराट भट्टका फ्यानः मोवाइल फुटाउनेदेखि घरका भित्ताभरि फोटो टाँस्नेसम्म
म्याकुरीका फ्यान : सेल्फी खिच्न ओभरटेक गर्नेदेखि प्रहरी चौकी पुर्याउनेसम्म
मोडल सरोज अधिकारीका फ्यान: ढोकामा कुर्ने देखि, प्रेमप्रस्ताव राख्नेसम्म
दुर्गेश थापाका ५ अनौठा फ्यान
खुइलीका फ्यान– बुहारी बनाउनेदेखि कोठा भाडा तिरिदिन्छु भन्नेसम्म
आश्माका फ्यान : प्रेमप्रस्ताव राख्नेदेखि आश्मा चाहियो भन्दै रुनेसम्म
अभिनेता विपिन कार्कीका ४ अनौठा फ्यान



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested