English

महिलाले शव बोकेर घाटसम्म पुर्याए



छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै तनहुँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म पु¥याएका छन् । व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले आश्रममा आश्रित ८६ वर्षीय जगतबहादुर अधिकारीको शुक्रबार मृत्यु भएपछि उनीहरुले शव बोकेर घाटसम्म पु¥याएका हुन् । महिलाले शव बोकेर दमौलीस्थित घाटमा पुगेर दागबत्ती र दाहसंस्कार गरेका थिए ।

छोरीले शव बोक्न हुँदैन भन्ने पहिलाको एकोहोरो मान्यता तोड्न आश्रममा आबद्ध महिलाले आश्रित आमा तथा बुबाको मृत्युपश्चात् पालोपालो शव बोकेर घाटसम्म पु¥याउँदै आएको आश्रमकी अध्यक्ष सवित्रा श्रेष्ठले बताइन् । सोही आश्रममा आबद्ध महिलाले जातीय परम्पराअनुसार अन्त्येष्टिमा सघाएको उनले बताइन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउँछिन् ।

महिलाले कतिपय मान्छेहरु अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नुपर्छ, काजक्रिया गर्नुपर्छ भन्ने मान्यताले छोरी मात्रै हुने घरले छोरा नखोजुन् भन्ने सकारात्मक सन्देश दिन शव बोकिएको आश्रमकी उपाध्यक्ष सकुन्तला आलेले बताइन् । सात वर्ष अघि ९० वर्षीया आइतुमाया थापाको मृत्यु भएपछि पहिलोपटक आश्रमकी अध्यक्ष श्रेष्ठलगायत आबद्ध महिलाले नै शव बोकेर घाटसम्म पु¥याएपछि त्यसैलाई निरन्तरता दिँदै आएका छन् ।

हालसम्म आश्रममा आश्रित पाँच जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन् । आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुबा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकोले उनीहरुलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ भन्ने सोचेर मृत्यु पछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउँछिन् । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावाना बोकी २०७० सालमा महिलाले आफू–आफूमा चन्दा सङ्कलन गरी सहाराविहीनका लागि ज्येष्ठ नागरिको आश्रम सञ्चालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस् :
यसो भन्छन् : जिल्ला हाँक्ने ५ महिला प्रजिअ
महिला ‘बरघर’ले चलाएको थारू समाज
यस्तो थियो महाकवि लक्ष्मीप्रसाद देवकोटाको लाइफस्टाइल
जुवामा जितेको १ लाखले बनेको केशर बगैंचा, यसरी बन्यो ‘गार्डेन अफ ड्रिम्स’
महिला पवित्र हुन तीजमा व्रत बस्नुपर्ने, पुरुष पवित्र हुनै नपर्ने !
साझा बसकी हर्मिता भन्छिन्– ‘नेपालमा महिला चालकको सम्मान छैन’ (भिडियोसहित)



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।