English

नवजात शिशुमा निमोनिया भएको कसरी थाहा पाउने ?



निमोनिया भनेको फोक्सोमा किटाणुले संक्रमण गर्नु हो । निमोनियाको संक्रमण भएपछि फोक्सोको हावा थैलीहरु सुन्निन्छ । विशेषगरी नवजात शिशुहरु निमोनियाको उच्च जोखिममा हुन्छन् । धेरैजसो अभिभावकहरु शिशुको राम्रो स्याहारसुसार गरेको थिएँ । न्यानो बनाएर राखेको थिएँ कसरी निमोनिया भयो ? भन्ने प्रश्न धेरै आउँछ । वास्तवमा निमोनियाको किटाणु हावामै हुन्छन् । मुख्यतयाः हावामा भएको किटाणुले नै यो समस्या निम्ताउने हो । शिशुहरुको रोगप्रतिरोधात्मक क्षमता एकदमै कमजोर हुन्छ । ती किटाणुसँग लड्न सक्दैनन् । जसले गर्दा बालबालिका तथा नवजात शिशुहरुमा यो समस्या धेरै देखिन्छ । त्यसैले नवजात शिशुहरुमा निमोनिया भएको कसरी थाहा पाउने ? भन्ने बारेमा बाल रोग विशेषज्ञ डा. अर्चना नेपालको सुझाव यस्तो छ :

लक्षण कसरी पहिचान गर्ने

– सास छिटोछिटो फेर्ने
– कोखा हान्ने
– आमाको दुध नचुस्ने
– ज्वरो आउने
– ठसठस कन्ने
– शरीर निलो हुने
– सास रोक्किने

ध्यान दिनुपर्ने कुराहरु


– ४५ तथा १ महिना कटिसकेको शिशुमा लक्षणको साथसाथै ज्वरो पनि आएको छ भने उनीहरुलाई प्यारासिटामोल दिन सकिन्छ ।
– बालबालिकाहरु बिरामी हुँदा उनीहरुले बान्ता गर्न सक्छन् त्यो सर्किन्छ कि भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।
– न्यानो बनाउने भनेर ३÷४ जोर कपडा लगाइदिनुुहुँदैन । एक जोर न्यानो कपडा लगाइदिनुपर्छ ।
– छिटो भन्दा छिटो अस्पताल पु¥याएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नु पर्छ ।

बच्ने उपाय


– नवजात शिशुको हकमा कुरा गर्दा आमाको दूधमा बालबालबालिकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने गुण हुन्छ । त्यसैले सबैभन्दा महत्वपूर्ण औषधि भनेको आमाको दूध नै हो ।
– ५ वर्ष मुनिका बालबालीकाहरुलाई निमोनियाको जोखिम एकदमै धेरै हुन्छ त्यसैले उनीहरुको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि पौष्टिक आहार खुवाउनुपर्छ ।
– शिशुहरुलाई विभिन्न खोपहरु लगाइन्छ । त्यसमा निमोनियाको किटाणुसँग लड्ने क्षमता भएको खोपहरु पनि पाइन्छ । त्यसैले कुनै पनि खोप छुटाउनु हुँदैन ।
– अहिलेको अवस्थामा धेरै अभिभावकहरुले कोरोना माहामारीको डरले गर्दा खोपहरु पर धकेल्ने तथा लगाउन छोड्ने पनि गर्नु भयो । त्यस्तो गर्न हुँदैन त्यसले बालबालिकालाई हानी गर्न सक्छ । त्यसैले सबै खोपहरु नियमित रुपमा लगाउनुपर्छ ।
– शिशुहरुलाई चिसो लाग्छ भनेर ३–४ जोर कपडा लगाइदिने चलन पनि छ । शिशुलाई न्यानो बनाएर राख्नु एकदमै जरुरी छ । तर, धेरै कपडा लगाई दिँदा पसिनाले निमोनिया हुने सम्भावना बढाई दिन्छ । त्यसैले कपडा कस्तो लगाइदिने भनेर पनि ध्यान दिनुपर्छ ।
– तेल लगाउँदा तथा शिशुलाई नुहाउँदा घाममा राख्ने चलन छ । तेल लगाइदिने चलन त एकदमै राम्रो हो । नुहाइदिने कुरा पनि नराम्रो होइन तर, बालबालीकालाई नाङ्गै बनाएर घाममा तेल लगाइदिदाँ तथा नुहाउँदा बाहिर हावा पनि चलिरहेको हुन्छ । त्यो हावा शिशुको शरीरमा पसेर असर गरिरहेको हुन्छ । त्यसैले हावाको सम्पर्कबाट टाढा राख्नु पर्छ ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested