English

किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी ? के–के हुन सक्छ साइड इफेक्ट ?



सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ।

अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा  युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप १६ वर्षमाथिका व्यक्तिहरुलाई लगाउनका लागि अनुमति दिएको थियो । एफडीएले १२ वर्षदेखि १५ वर्षसम्मका किशोरकिशोरीमा  यो खोप लगाउन अनुमति नदिए पनि अमेरिकामा यो समूहलाई खोप लगाइँदै आएको छ।

अमेरिकामा १२ वर्षमाथिका किशोरकिशोरीमा लगाउँदा प्रभावकारी देखिएको यो खोपको १ लाख डोज सरकारले कात्तिक ८ गते ल्याउँदैैछ। सुरुमा दम, मुटु, मधुमेहलगायत विभिन्न दीर्घरोग भएका किशोरकिशोरीलाई मुलुकभरका २४ सरकारी अस्पतालबाट यो खोप दिइने सरकारी योजना छ।

कम्पनीका अनुसार सामान्य अवस्थाका व्यक्तिलाई पहिलो डोज लगाएको तीन सातापछि दोस्रो डोज लगाइन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई दोस्रो डोज लगाएपछि कम्तीमा चार सातापछि बुस्टरका रुपमा तेस्रो डोज लगाउन मिल्छ। कतिपय विज्ञहरुले फाइजरको दोस्रो डोज लगाएको ६ महिनाभित्रमा तेस्रो बुस्टर डोज लगाउन मिल्ने धारणा राख्दै आएका छन्। 

किशोरकिशोरीलाई फाइजर कति प्रभावकारी?

फाइजर खोप अन्य उमेर समूहजस्तै किशोरकिशोरीका लागि प्रभावकारी रहेको सीडीसीले जनाएको छ। १२ देखि १५ वर्ष उमेर समूहका किशोरकिशोरीको समूहमाथि प्रयोगशालामा यो खोपको क्लिनिकल ट्रायल गर्दा कोभिड–१९ विरुद्ध जुध्न प्रभावकारी सावित भएको छ। यो खोप लगाएपछि १६ देखि २५ वर्ष उमेर समूहमा जस्तो प्रतिरोधात्मक क्षमता विकास भएको छ, १२ देखि १५ वर्ष उमेर समूहमा पनि उस्तै क्षमता देखिएको छ।   

‘क्लिनिकल ट्रायलबाट आएको प्रमाणका आधारमा के देखिन्छ भने पहिले संक्रमण नभएका १६ वर्ष वा त्यसभन्दा माथिका व्यक्तिमा यो खोप दुई डोज लगाउँदा इम्युन सिस्टम बढाउन ८४ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको छ। १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीमा पनि यो खोप उत्तिकै प्रभावकारी रहेको पाइएको छ,’ सीडीसीले भनेको छ,‘बुस्टर (तेस्रो) डोज लगाएपछि भने संक्रमण हुनबाट ९५ प्रतिशत सुरक्षित रहन सकिन्छ।’

नेपाल सरकार, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार कात्तिक तेस्रो सातादेखि देशभरका १२ वर्षमाथिका किशोरकिशोरीलाई यो खोप दिने तयारी गरेको छ। यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने कम्पनीले जनाएको छ।

के–के हुन सक्छ साइड इफेक्ट?

फाइजर खोप लगाइसकेपछि पाखुरामा दुख्ने, रातोपना देखिने र सुन्निने समस्या आउन सक्छ। यो साइड इफेक्ट एक वा दुई दिनसम्म रहनसक्ने कम्पनीले जनाएको छ। त्यसैगरी, शरीरमा थकान हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरो आउने आदि समस्या देखिन सक्छ। 

गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले फाइजर खोप लगाउँदा जटिलता आउनसक्ने भएकाले त्यस्तो अवस्था खोप नलगाउन सीडीसीले आग्रह गरेको छ। पहिलो डोज खोप लगाए जटिल एलर्जीको समस्या आएमा दोस्रो डोज लगाउनु हुँदैन। एलर्जीको समस्या बढ्दै गएमा बिरामीलाई उचित मेडिकल केयर उपलब्ध गराउनुपर्छ।        



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।