English

कर्मा भन्छन्- ‘थियटरमा पैसा छैन, तर मेरा लागि स्कुल हो’



कर्मा शाक्य राम्रो अभिनेतामा पर्छन् । हेर्दा चकलेटी देखिने उनमा अभिनय क्षमता पनि उत्तिकै छ । उनी थियटर हुँदै फिल्ममा आएका हुन् । फिल्म ‘सानो संसार’ मार्फत डेब्यु गरेका कर्मा तत्कालीन समयमा लुक्सका कारण निकै चर्चामा आए । त्यसपछि उनलाई फिल्मकाे धेरै प्रस्ताव आयो, जसमध्ये लूटले उनलाई सफलता दिलायो ।

फिल्मले जति सफलता दिए पनि उनले थियटर छाडेनन् । फिल्मको समयलाई घटाएर उनले हरेक वर्ष कम्तीमा तीन महिना थियटरलाई दिए । किनकि उनी यसलाई स्कुल मान्छन् । ‘अभिनयको स्कुल नै हो थियटर, जब कहीँ कुनै बेला केही भुले जस्तो लाग्छ आइहाल्छु,’ कर्मा भन्छन्, ‘फिल्ममा ब्याक टु ब्याक प्रस्ताव आउँदा पनि मैले थियटर छाडिनँ, यसैले गर्दा त्यो समयमा फिल्म कम गरें ।’ उनले नाटकको समय र फिल्मको समय उस्तै उस्तै हुँदा आफूले नाटक नै रोज्ने गरेको बताए ।

‘थियटरमा पैसा छैन तर मेरो लागि स्कुल हो,’ उनी भन्छन्, ‘यहाँ मैले मलाई चिन्ने र सिक्ने अवसर पाउँछु ।’ त्यसो त उनमा आफू कम फ्रेन्ड्ली भएको कारण पनि मिडियामा कम आउने बुझाइ छ ।

‘सायद म धेरैजनासँग फ्रेन्डली हुन सक्दिनँ, यसैले गर्दा पनि मिडियामा कम आउँछु,’ उनले भने । उनी आफूले आफ्नो क्यारेक्टरका लागि चाहिने समय दिन सक्ने बताउँछन । ‘हामीले एकै नाटकलाई तीन महिना दिन सक्छौ भने फिल्मलाई किन सक्दैनौ र ?, तर हतारो मेकरलाई हुन्छ,’ उनले भने ।

कर्माको बुझाइमा पर्याप्त गृहकार्य नभई फिल्म फ्लोरमा जाँदा काम राम्रो हुन नसक्ने र छायाँकनको दिन पनि लम्बिने बताउँछन् । उनको बुझाइमा यी यस्तै कारणले गर्दा थियटर र फिल्ममा अभिनय गर्ने अभिनेता पनि फरक देखिन्छन् । उनी फुर्सदिलो समयमा घुम्न रुचाउँछन् । 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।