English

महोत्तरीका किसान भन्छन्– ‘धान डुब्यो, गहुँ लाउने आश मर्यो’



दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि अबलगत्तै गहुँ र अन्य हिउँदेबाली लगाउन पाइने आश मरेको यहाँका किसान बताउँछन् ।

“बूढापाकाले दसैँ कहिले त दशा लिएर आउँछ भन्थे, यसपालि त्यस्तै भयो”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरको टोकीटोलका किसान रामचन्द्र थापामगरले खेतमा डुबेको धान देखाउँदै भने, “जीवन गुजाराको मुख्यबाली थन्क्याउने बेलामा हातबाट गयो ।” धान डुबेर नोक्सान भएको र खेतबारीमा वर्षाको पानीको अत्यधिक चिस्यानले लगत्तै अब गहुँ र अन्य हिउँदेबाली लगाउन नपाउने भएपछि यसपालि जहान परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको मगरको भनाइ छ ।

मङ्गलबार कोजाग्रत पूर्णिमा पर्वमा धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना र मोहम्मद पैगेम्वरको जन्मदिन मनाउने उत्सवको तयारीमा थिए । त्यसै दिन परेको पानीले ‘मुखको माड’ खोसिएको यहाँका आम किसानको गुनासो छ ।

खेतमा पाकी सकेको धान कतिले काटेर पसी (धान काटेर खेतमै सुकाउन फैलाएर राखिने काम) सुकाएका थिए । कति अब एक÷दुई दिनभित्रै धान काट्ने तयारी गर्दै थिए । अचानक परेको पानीले पसी डुबाएको र बोटकै धान पनि सोत्तर बनाएर लडाएको भङ्गाहा नगरपालिका–४ रामनगरका ७५ वर्षीय किसान इस्लाम राइनले गहँभरि आँशु काढ्दै बताए । “हामी पर्व मनाउने तयारीमा थियौँ”, राइनले भने। धर्तीमा पाप बढेसँगै प्राकृतिक विपद् बढेको राइनको विश्वास छ ।

पछिल्लो बेमौसमी वर्षाले मुखमा आएको धानबालीमा गरेको नोक्सानीले यसपालि अन्नको सङ्कट बढ्ने किसान बताउँछन् । “थन्क्याउने बेलाको धान अब खेतमै उम्रने भयो, तरकारीबालीका बोट र लहरा पानीले डुबेर पहेँलिए”, भङ्गाहा–५ भुचक्रपुरका किसान दीपनारायण चौधरी थारुले भने, “पानीले गर्दा खेतबारी खनजोत गर्ने अवस्था नहुँदा अर्को बाली लगाइहाल्ने अनुकूलता पनि रहेन, खै के गरी गुजारा चलाउने ? रनभुल्लमा परियो ।”

यसपालि करिब ३५ हजार हेक्टरमा धानबाली रहेको कृषि ज्ञानकेन्द्र महोत्तरी कार्यालयको आँकडा छ । पछिल्लो वर्षाले १०० हेक्टरभन्दा केही बढी क्षेत्रफलको काटेर पसी सुकाइएको धान डुबाएको अहिलेसम्मको अनुमानित तथ्याङ्क छ । यसबाहेक एक/दुई दिनमै काट्ने तयारी रहेको धानका बोट पानीले लडाएर नोक्सान गरेको छ । यद्यपि लडेका धानका बोट उठाएर नोक्सानी कम गर्न सकिने र वर्षा थामिएको हुँदा केही दिनपछि अत्यधिक चिस्यान भएको जग्गा रुखिँदै गएर खनजोत गर्ने र नयाँबाली लगाउन सकिने कार्यालयका कृषिविज्ञ बताउँछन् ।

पछिल्लो वर्षाले जिल्लाको खेतीपाती लथालिङ्ग बनाएको किसान बताउँछन् । तयार बाली खेतमा डुबेको र लगत्तै अर्को बाली लगाउन पाइने आश मरेको बलवा नगरपालिका–१० का किसान हासिम राइनको भनाइ छ । जिल्लाको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये अनुकूल वर्षा हुँदा ४०/४५ हजार हेक्टरसम्म धान खेती गरिन्छ । स्थायी सिँचाइको समुचित प्रवन्ध नहुँदा आकासे पानीकै भरमा गरिने खेतीमा कहिले पानी नहुँदा धान रोप्न नपाइएको चिन्ता र कहिले कुसमयको अतिवृष्टिले लगाको बाली नोक्सान गर्ने आफूहरुको नियति नै बनेको गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतो बताउँछन् ।

यसपालि करिब ३५ हजार हेक्टरमा धानबाली रहेको कृषि ज्ञानकेन्द्र महोत्तरी कार्यालयको आँकडा छ । पछिल्लो वर्षाले १०० हेक्टरभन्दा केही बढी क्षेत्रफलको काटेर पसी सुकाइएको धान डुबाएको अहिलेसम्मको अनुमानित तथ्याङ्क छ । यसबाहेक एक/दुई दिनमै काट्ने तयारी रहेको धानका बोट पानीले लडाएर नोक्सान गरेको छ । यद्यपि लडेका धानका बोट उठाएर नोक्सानी कम गर्न सकिने र वर्षा थामिएको हुँदा केही दिनपछि अत्यधिक चिस्यान भएको जग्गा रुखिँदै गएर खनजोत गर्ने र नयाँबाली लगाउन सकिने कार्यालयका कृषिविज्ञ बताउँछन् ।

पछिल्लो वर्षाले महोत्तरीसहित प्रदेश–२ का आठवटै जिल्लामा व्यापक क्षति गरेको हुँदा सङ्घीय सरकारले तत्काल किसानलाई राहत दिने प्याकेज (योजना) दिनुपर्ने प्रदेश सरकारले माग गरेको छ । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले खेतीपातीमा भएको क्षतिबारे सङ्घीय सरकारको ध्यानाकर्षण गराउँदै राहत प्याकेजको माग गरे ।

यो पनि पढ्नुहोस् :
सेतीको बाढीले पुल छुन थाल्यो, उर्लियो महाकाली
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?
कृषिमा रमाउँदै कपिल सर– काँक्रो र गोलभेंडाबाटै ४ लाख आम्दानी
पौरखी शिक्षक: जसले भित्र्याए कृषिमा जापानी प्रविधि
नेपालमा भित्रिए यस्ता कृषि प्रविधि




सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको  अनुभव तथा

Latest










Popular
Suggested