English

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?



अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन् । उनले निर्वाह गरेको लुटको गोफ्लेदेखि कबड्डीको काजीसम्मको भूमिका दर्शकमाझ लोकप्रिय छ । फिल्म लुटबाट आफ्नो परिचिय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम ’काजी’ दिन सफल भएको थियो । 

दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुईमत नहोला । थियटर हुँदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेतामध्येका एक हुन् । तर, उनी प्रचारप्रसारमा त्यति धेरै देखिँदैनन् । साथै, उनलाई प्रचारप्रसारमा समय नदिने कलाकार भनेर केही निर्माताले आरोप पनि नलगाएका होइनन् । 

आखिर किन दया प्रचारप्रसारमा टाढिन्छन् त ? दया भन्छन्, ‘आफ्नो कामको आफैँले बयान गर्ने कुरा मलाई निकै गाह्रो लाग्छ ।’ उनी थप्छन्, ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ । तर, आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’ 

उनले आफूले गरेको भूमिकालाई दर्शकले मुल्यांकन गर्नुपर्ने बताए । ‘हामीले दर्शकको महत्वकांक्षा बढाउने गरि प्रचारप्रसार गर्नु हुँदैन’, दया भन्छन्, ‘त्यसैले म एकोहोरो प्रचारप्रसारमा धेरै सक्रिय छैन ।’

तर, उनी दर्शकसमक्ष भने पुग्नेमा दुईमत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्कवितर्क गर्न पाइयोस्’, दया भन्छन्, ‘अब दर्शकलाई कन्टेन चाहिएको छ न कि बखान ।’ कलाकारले काममै विश्वास राख्नुपर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् । 

नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय छ । यसका साथै उनी ‘कबड्डी ४’ को छायांकनको तयारीमा छन् । उनलाई ’काजी’ उपनाम दिएको कबड्डीको चौथो भागलाई ’फाइनल म्याच’ भनिएको छ । मौसमले साथ दिए छायांकन टिमसहित उनी यसैसाता मुस्ताङ पुग्नेछन् । 
 



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०