English

सैफ अलि खान पुत्री साराको ‘डेब्यु’ कथा



बलिउडमा सन् २०१८ को अन्तिम महिना डिसेम्बरमा उदाइन् सारा अलि खान । डिसेम्बरको पहिलो हप्ता उनले ‘केदारनाथ’मार्फत बलिउडमा पाइला टेकेकी थिइन् । सोही डिसेम्बरकै अन्तिम साता उनको दोस्रो फिल्म ‘सिम्बा’ पनि प्रदर्शनमा आयो । लगातार प्रदर्शनमा आएका दुई फिल्मले साराको अभिनय क्षमतालाई दर्शकमाझ प्रस्ट्यायो । 

अभिनेता सैफ अलि खान र अभिनेत्री अमृता सिंहको छोरीको रूपमा चिनिएकी साराले आफूलाई बलिउडमा स्थापित बनाउन सफल भइन् । आफ्नो छुटै नाम बनाएकी साराले बलिउडमा डेब्यु पनि आफ्नै दमबाट गरेकी हुन् । उनलाई बलिउडमा फिल्म कसरी प्राप्त भयो त ? यो भने धेरैलाई थाहा नहुन सक्छ ।

उनी सैफको छोरी भएकै कारण उनलाई डेब्यु गर्न अप्ठेरो भएन भन्ने अनुमान स्वाभाविक नै छ । तर, यसबारे एक अन्तर्वार्तामा निर्देशक रोहित शेट्टीले नै बताएका छन् । ‘एकदिन साराको फोन आयो र उनले मलाई भेट्ने आग्रह गरिन्, अनि मैले उनलाई अफिसमा बोलाएँ’, सारासँगको पहिलो भेट सम्झिँदै रोहितले भने, ‘उनले मलाई बलिउडमा चान्स दिन आग्रह गरिन्, उनको प्यासन देखेर मैले नाइँ भन्न सकिनँ ।’

रोहितले उनलाई फिल्म सैफ या अमृताको आग्रहमा फिल्म नदिएको प्रस्ट्याए । ‘साराको विषयलाई लिएर सैफ र अमृता दुवैैले केही भनेनन् । तर, सारामा प्रतिभा छ, स्थापित हुन्छिन्’ उनले साराको प्रशंसा गर्दै भने । 

सन् २०१८ को अन्त्यमा उदाएकी साराले बलिउडमा आफूलाई विस्तारै अगाडि बढाउँदैछिन् । उनले लभ आजकल, कुली नम्बर वान जस्ता फिल्ममा काम गरिसकेकी छिन् भने उनको अतरंगी रे नामक फिल्म रिलिजको पर्खाइमा छ । 

उनले रणवीर सिंह, सुशान्त सिंह राजपूत, कार्तिक आर्यन, वरुण धवन, अक्षय कुमार लगायतका बलिउड स्टारसँग काम गरिसकेकी छिन 



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।